एड्स लागेको हाम्रो मानसिकता - गोपाल शिवा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज विश्व एड्स दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । २७ बर्ष अघि नेपाली समाजमा छिट फुट संक्रमण पत्ता लागेको एचआईभी एड्स बर्तमान अवस्था सम्म आइ पुग्दा ५० हजार नेपालीमा संक्रमण रहेको आँकलन गरिएको छ । यधपी नेपाल सरकार, ग्लोबल फण्ड, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुले अर्बौ रकम खर्च गरि एड्सको संक्रमण ५० प्रतिशत भन्दा बढी घटाईएको तथ्यांक सार्वजनिक गरिरहेका छन । बर्षेनी करोडौ लगानी भए पनि नेपालको मध्य तथा सुदुर पश्चिममा भने अझै संक्रमणको दर दिन दिनै उच्च रहदै आएको छ ।खास गरि मध्य तथा सुदुर पश्चिमका धेरै मानिसहरु कामका लागि भारत जाने र असुरक्षित यौन सम्पर्क गरी एचआईभी एड्स संक्रमित भै फर्किएर परिवारका सदस्यहरुमा सार्ने क्रम बढी रहेको छ । देशभित्र पर्याप्त रोजगारीका अवसरहरु नभएकोले दैनिक करिब १२ सय युवाहरु वैदेशिक रोजगारीमा जान थालेको बर्षौ भै सक्यो ।जसमा भारत तिर दैनिक गएका हजारौको कुनै आकडा नै छैन । समग्रमा भन्नु पर्दा नेपाली समाजमा वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ ।भारत सहित बैदेशिक रोजगारीबाट फर्किएका धेरै नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले रेमिट्यान्स , सीप, ज्ञान, श्रमता , ऊर्जा मात्र हैन जानीनज़ानी कयौले आफु संगै प्राण घातक रोग एडसको जीवाणु लिएर फर्किएका छन् ।आफु संगै परिवारलाइ पनि एड्स सार्ने काम गरि रहेका छन। आज यस्तै प्रवास बाट फर्किएका एउटा नेपालीको पिडा यहा राख्न जादैछु । जसलाई केहि महिना अघि भवानी ऐरले रिपोर्टिंग गरेका थिए । 309873_1845834795001_2579110_n रिपोर्टिंगमा सुदूरपश्चिम कैलालीको गोदावरी गाविसको ओलानी भन्ने गाउँको बेलुदेवी कामीले भोगेको पीडालाई उजागर गरिएको छ । चार दर्जन भन्दा बढी एचआइभी एड्स पिडित रहेको ओलानी गाउँमा बस्दै आएकी बेलुदेवी कामीको श्रीमान नृप कामी बम्बैमा काम गर्दागर्दै बिरामी परेर एक साझ घर आइ पुग्छन । गाउँ फर्केको ७ महिनासम्म ओछयान परेका उनि हरेक बेलुका आफूलाई टिवी भएको भन्दै औषधी खाने गरेका रैछन । जब नृप कामीको निधन भयो अनि गाउँलेले नृप कामी एड्सलागि मरेको भने पछि बेलुदेवी कामीले पनि थाहा पाईछन । नृप कामीलाइ बर्षौ अघि नै एचआइभी एड्स भएको रहेछ ।अन्जान बेलु र निर्दोष नावालक छोराछोरीमा पनि नृप कामीले एचआइभी थमाइदि सकेका रैछन । जब गाउँमा बेलु र बेलुका चार छोरा र तीन छोरीमा एचआइभी छ भन्ने हल्ला फैलियो तब गाउँलेले भन्नथाले –बेलुदेवीले पनि दुनियाँको रोग सारी …साथीहरुसंग खेल्न, गाउँमा यताउता साथीसंगीले पनि छोराछोरीलाई –‘एड्स आयो एड्स आयो’ भनेर बहिष्कार गर्न थाले। यसरि समाज बाट वहिस्कृत , अपहेलित र गाउँबाट विस्थापित हुन बाध्य भइछन । गाउँबाट विस्थापित भएसंगै बेलुको जिन्दगीका पाईला टेक्ने एक टुक्रा जमिन र टाउको लुकाउने झुप्रो घर पनि खोसिएछ । त्यस पछी बेलुले आफ्नो श्रीमान् बितेको बर्षौ सम्म गाउँ गाउँमा मागेर,थकित अनुहार लिएर सकी नसकी बनपाखा चहारेर पिठ्युँमा दाउराको भारी बोकी बजारमा बेचेर आफ्ना सात जना केटाकेटी पालेकि रैछिन । उनको दुख देखेर कैलालीमा एचआइभी एड्स संक्रमितका लागि सक्रिय गैरसरकारी संस्थाहरुले बेलुलाइ सहयोग स्वरुप ३ वटा बाख्रा दिएछन् । बेलुले पालेका बाख्रा बाट उत्पादन भएका खसी बोका बेच्ने बेलामा –एड्स सल्केला बेलुले पालेका खसी बोका नकिन्नु, मासु नखानू भनेर समाजमा एकथरी मनुवा सक्रिय भै दिएछन् । आखिरी के गल्ति थियो अन्जान बेलुदेवी कामीको ? आफु झैँ इमान्दार ठानेर मानेर बिस्वास गरेर आफ्नो पति संग शारीरिक सम्पर्क गर्दा एड्स लागेको संकिर्णता साँधेर हामीले किन पाखुरा सुर्किरहेका छौं छिछि र दुरदुर गर्दै ? कति गाह्रो भयो होला एकल दलित महिला त्यस माथि एचआइभी एड्स सक्रमित भएर बेलुलाइ बाँच्न यो समाजमा .. आफना सात जना लालाबाला पालन ! …. समाजका टाठाबाठाहरुले गौडा गौडामा, मोड र घुम्तीमा जम्काभेट हुदा बचन र ब्यबहारको करौँतीले कति रेटे होला ? समाजमा एड्स बोकेर नबस भन्दै गाउँका टाठाबाठाहरुले कति कोरश गर्दै एड्सको पिडा समेत भुल्ने गरि बचन लाए होला ? गाउँबाट विस्थापित हुन बाध्य बनाए होलान ? मृत्यु कुदै छिछि र दुरदुरको विभेद भोगेर एक पछी अर्को अग्नि परीक्षा भोगेकी ,शिथिल बनेकी र अथाह पीडा बोकेर हिडेकी बेलुदेवी कामीको बारेमा माथिको भोगाई सुन्ने देखि मनभरी यसरि नै प्रश्न चांग लागेर आफैलाई सोधिरहेको छ ।जवाफ त भेट्दिन तर म निश्चन्त छु एड्स बेलुदेवी कामीलाइ मात्र हैन नेपाली समाजको र तपाई हाम्रो मानसिकता पनि लागेको छ ।जुन समाजको यथार्थ पनि हो। तर सत्य के पनि हो भने संक्रमितलाई निराश र भयभीत बनाउदै बहिस्कार गर्ने एड्स लागेको हाम्रो मानसिकतामा जब सम्म माया गर्ने तथा प्रोत्साहन गर्ने समयानुकुल मानसिकता परिवर्तन र संस्कार बन्दैन तब सम्म नेपाली समाजमा एड्स रोग महामारीका रुपमा फैलिरहन्छ । त्यसैले अब हामी सवैले एचआइभीलाई नकरात्मक दृष्टिले हेर्ने मानसिकता परिवर्तन आफै बाट गरौ।बिदेसिनु र धेरैदिन सम्म छुट्टिएर बस्नु पर्ने बाध्यताले यौन जीवनलाई नकाराक्त्मक प्रभाब परिरहेको हुन्छ तर त्यसको मतलब बिदेसिएका पतिले एड्स बोकेर ल्याउदा नि केहि भन हिम्मत नगर्ने नेपाली समाजको इमान्दार र अन्जान महिलालाई हेर्ने दृष्टिकोण र विभेदपूर्ण नीति पनि सुध्रिनु पर्छ ।आफू लाई जित्नु नै संसार जित्नु सरह हो त्यसैले आफ्नो यौन भोकलाइ अभिमान बनाएर हिड्ने जो कोहिले बानी सुधार्नु पर्छ । हैन भने आफ्नो मात्र होइन परिवारको मनोदशा पनि नृप कामी र बेलुदेवी कामीको जस्तै ढिलो चाडो यो नेपाली समाजमा हुने पकका छ । त्यसो त् एकातिर नेपालमा अज्ञानता र शोषणका कारण एचआइभी एड्स लगायतका संक्रामक रोगहरुको चपेटामा सबैभन्दा बढी दलित महिलाहरु मारमा परेका छन् भने अर्को तिर नेपाली समाजमा भारत सहित बैदेशिक रोजगारमा काम गर्न जाने पुरुषहरुको क्षणिक जाेश र आनन्दले अनिष्ट ल्याएर र घरसंसार धमिल्याएको धेरै सत्य कथाहरु छन्, बेलुदेवी कामीको पिडाका कथाहरु जस्ता अरु कति छन् कति । त्यसैले एचआईभी एड्स जो सुकै लाई पनि लाग्न सक्छ । यस बाट आफु पनि बचौ आफ्नो परिवार लाई पनि बचाऊ । एड्स रोग परपुरुष वा परस्त्रीसँगको यौनसम्पर्कबाट मात्र सर्छ भन्नेर कण्डम लगाऔ एड्स भगाऔ मात्र भनेर एड्स रोग रोकथाम हुने होइन । असुरक्षित यौन संपर्क एउटा कारण हो र यो रोगका भाइरसहरू सकर्मित ब्यक्ति बाट सकर्मणविहीन मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , रयालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, सक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्ने अरु कारण पनि छन । आफ्नो जीवनसाथीप्रति समर्पित नहुने ,नैतिकता र इमान्दारिताको कमि हुने हो भने एड्स लाग्ने मार्गमा धकिलिन सकिन्छ है त्यसैले बेलैमा सचेत र सजग बनौ । #एड्सदिवस gopsiwa@gmail.com

siwag · Dec 12, 2017 8:36 AM · 3,061 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion