४४ बर्षको उमेरमा पनि यसकारण छिन् जवान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाइका अरोरा खान, खासगरी आइटम डान्सबाट चिनिएकी छिन् । हुन त उनलाई चिनाउने केही साझा बिशेषण नभएको होइन । खासमा मलाइका सलमान खानकी पूर्व बुहारी हुन् । अर्थात भाई अरबाजकी पत्नी । अहिले उनीहरु छुटिसकेका छन् । बलिउडकै महंगो डिभोर्समा अरबाज मलाइकाको प्रसंग जोडिने गर्छ । मलाइका जसलाई धेरैले शाहरुख खानसँग रेलको डिब्बामाथि छमछमी नाचिरहेको हेर्दै आएका छन् । यसो भन्दै, ‘छैयां छैयां ।’ पछिल्लो समय उनले सलमान खानसँग ‘मुन्नी बदनाम’मा कम्मर मर्काइन् । यद्यपी मलाईका आफुलाई ‘आइटम गर्ल’ भनेको रुचाउँदिन् । साथै बलिउडमा उनलाई यतिमा मात्र सीमित पनि गरिएको छैन । खासमा मलाईका एउटी अभिनेत्रीकै रुपमा बढी चिनिन्छन् । उनको चिनारी के पनि छ भने, बलिउडकै राम्रो फिगर भएकी अभिनेत्रीमध्येमा उनको नाम लिइन्छ । जबकी मलाईका उमेरले ४४ बर्ष पुगिसकिन् । साथै उनी १५ बषिर्य छोरोको आमा समेत हुन् । ४४ बर्षमा कसरी फिट ? मलाईकाको इ्रन्स्टाग्रामबाट छनक पाउन सकिन्छ कि, उनी आफ्ना वर्कआउट्स र न्युटि्रशियनका लागि कति प्रतिवद्ध छिन् । उनी आफ्नो खानपानमा एकदमै सर्तक छिन् । व्यायामका लागि जागरुक छिन् । डाइटिङ गर्दिनन् उनी डाइटिङ गर्दैर्नन् । उनले आफ्नो मेनुबाट खानेकुरा कटौती गरेकी छैनन् । उनलाई लाग्दैन कि, खानेकुरा नखाएर स्लिम वा फिट भइन्छ । उनी निर्धक्क खान्छिन् । यद्यपी संयमित भएर । मलाईका अक्सर घरकै खानामा जोड दिने गर्छिन् । हेल्दी डाइट रुटिन अपनाउँछिन् । घरमै बनेको स्वस्थ्य खाना खाने, पर्याप्त पानी पिउने बानी छ, उनको । योगाभ्यास र डान्स डान्सिङ गर्ल भएपछि डान्स गर्नैपर्‍यो । भनिन्छ, नृत्य एकदमै राम्रो व्यायाम हो । यसले शरीरको सबै अंगको सन्तुलित व्यायाम हुन्छ । त्यसमा मात्र मलाइका चित्त बुझाउँदिनन् । बरु, त्यससँगै योगाभ्यास, वेट टे्रनिङ गर्छिन् । उनी बूट क्याम्पमा भाग लिने गर्छिन् । उनको दैनिकीमा पर्छ, वर्कआउट र योग । मलाईका भन्छिन्, ‘यदि फिट एन्ड फाइन रहने हो भने, खुब पानी पिउनुहोस् र प्रशस्तै व्यायाम गर्नुहोस् ।’ उनी यतिमै रोकिदैनन् । भन्छिन्, ‘सधै हाँस्नुहोस् ।’ २०७४ मंसिर १९ गते ८:०० मा प्रकाशित (२०७४ मंसिर १८ गते २३:३२मा अद्यावधिक गरिएको)https://www.onlinekhabar.com/2...

ktmpost · Dec 11, 2017 3:56 PM · 24,675 views

2 Replies

४४ वर्ष मात्र त हैनन् होला

tps2gc · Apr 18, 2023 1:16 PM

"४४ वर्ष मात्र त हैनन् होला" तेती मात्रै नभए कति कि हुन् त ? कति कि हुन् पनि थप्या भए मैले एति पनि कोर्नु पर्ने थिएन |

logan · Apr 18, 2023 3:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion