वाह उम्दा ...बेहद मन पर्यो। कवि निरज दाहाल - अंश बाडफाँड - याद छ भाइ तलाइ त्यो रात ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला आमाले रुदै तलाइ च्यापेर सुतेको दिन ? तर आज अंश माग्दा तैले आमाको काख माग्न सकिनस् तैले त त्यो दिन पनि बिर्सेछस नभए आज अंश माग्दै गर्दा बा को काँध कसरी छुटाउँथिस होला र ? जुन काँधमा चड्न तेरो र मेरो झगडा पर्ने गर्थ्यो भाइ , मैले चाहिँ कसरी भुल्न सके होला है तलाइ शहरमा राखेर पढाउँदा बेशीको तिन रोपनी जग्गा बेचेको ? अनि कसरी बिर्से होला तेरो बिहे खर्चको लागि पाखोबारी सस्तैमा बेचेको ? आमाले कुँडेमा दूध तताएर कुराउनी कोर्दै गर्दा बाहिरबाट मलाई चुकुल लगाइदिएर तँ नै भान्सामा छिटो पुग्थिस तर आज , बा लाई दमले गार्हो पार्यो भन्दा तँ तेरै घरको ढोकाको भित्रबाट चुकुल लगाएर बसेको छस अनि आइपुगेको छस् बा को सास गएपछि सबैभन्दा अन्तिममा ।। मलाई अझै याद छ मेरो बिहेमा माथ्लो घरको बस्नेत दाइको कोट र तल्लो घरकी थपिनी भाउजूको सुन पैचो मागेर मैले मेरो बिहे उतारेको दिन याद त मलाई त्यो पनि छ तेरो बिहेमा तीन तोलाको सुन दुईवटा खसी चारवटा गाडी तेरो बिहेमा तँ खुशी भइनस सायद , जति तेरो बिहेमा म खुशी भए आमालाई महिला समुहमा मिस्री बाँडेको दिन आमाले कान्छाले खाओस भन्नू हुन्थ्यो अनि तँ मुख चबाउँथिस तर गुलियो मलाई हुन्थ्यो आज तैले अंश माग्दा मेरो माया अलिकति दे किन भनिनस ? भाइ , तैले परालको कुन्युमा अन्जानमै आगो लगाइस बा लाई मैले हो भनेर बा को पिटाइ मैले सहे तर आज अंश माग्दै गर्दा त्यो दिनको पराल लान्छस दाइ भनेर किन सोधिनस ? तैले अंश खोजेर सम्पति लिएर गइस अनि मैले आमालाई पाल्ने होइन आमा सँगै बस्ने सौभाग्य पाए ए शहरमा बसेर वकिल पढेको मेरो भाइ अब त आफै भन त यो रगतको युद्धमा मैले जिते कि तैले जितिस ???
Kamal Kattel · Nov 30, 2017 9:36 AM · 12,178 views
Sarai man choyooo
sidaNepali · Nov 30, 2017 10:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion