Facebook ma dekhiyeko status : काङ्रेस, माओवादी, एमाले, रा.प्र.पा लाई अझै भोट् हाल्नु हुन्छ भने तपाईं कायर हो, पाखन्डी हो, बेवकुफ हो, तपाईं चाकरिबाज् हो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

#copied from facebook भोट् किन तराजु मा? हेर्नुहोस्, मैले रविन्द्र मिश्र को तरफदारी गरेको हैन, म खास भन्ने हो भने नेपाली राजनिती मा अलिकती पनि चाख नराख्ने मान्छे परें, भोट् कहिले पनि हालिन अब त हाल्ने कुरै भएन.मैले काङ्रेस र एमाले को पाखन्ड ९०% जनता ले भन्दा निकै नजिकै ले देखेको छु, मेरो खान्दानै काङ्रेसी पर्‍यो, निकै मिल्ने साथी भाई अरु नाता गोता एमाले र रा.प्र.पा का थिए, एस् एल सी पास गर्न धौ धौ परेका कोइराला का नजिक का नातेदार हरु अहिले डाक्टर छन, सुर्ती मलेर बस्ने एमाले का कार्यकर्ता हरु आज एकाएक करोडौपती भैसके, काङ्रेसी गुण्डा अहिले पुलिस मा छन, वडा अध्यक्ष छन, चरी जस्ता डन ओली का हिमायती थिए, न्यु योर्क का फेसबुके काङ्रेसी हरु को बारे मा के भनम, परिवार सबै अमेरिका, चुनाव हुँदा नेपाल पुगेर राजनिती को नाम मा देश बिकास हैन तर रातो अबिर लाएर गला फाडेर चिच्याएर फेसबुक मा राखेको फोटो तपाईं आफ्नै आँखा ले देखिरहनुभएको छ, पारस शाह जस्तो गुण्डा लाई राजा बनाउने हरु को पनि कमी छैन. माओवादी को त कुरा गर्न पनि मलाई घिन लागेर आउँछ. रविन्द्र मिश्र पनि शायद त्यस्तै होलान्, तर यो कुरा मलाई थाहा छैन, मलाई के थाहा छ भने उनी राम्रो बोल्छन, उनका कार्यकर्ता हरु पढेलेखेका छन, melodramatic छैनन, देशलाई निस्वार्थ ढंग ले बनाउंला भन्ने हौसला दिएका छन, त त्यो नै ठुलो कुरो हो. अब आयो कुरो तपाईं हरु को, तपाईं का ससुरा काङ्रेसी छन, मामा एमाले हुन, काका माओवादी होलान्, र साढुदाइ राप्रपा, र तपाईं को खान्दान, टोल छिमेक, सबै ले बिशौं वर्ष देखी उनिहरु लाई भोट् हालिराख्या छन, अब देश को हालत यहाँहरु सित अवगतै छ. काङ्रेस को कुभलो भन्यो भने तपाईंका पिताजी लाई हृदयघात हुन बेर छैन, एमाले लाई हेला गर्‍यो भने माताजी ले आजीवन अन्शन, माओवादीलाई गाली गर्दा बहिनी भाग्ली भन्ने पीर, रा.प्र.पा लाई कोशे भने भाइ जुर्मुरिने, यो सबै मैले बुझेको छु, तर पनि तपाईं आफु लाई एउटा पढेलेखेको निस्ठावान, स्वाभिमान र इमान्दार मान्छे भन्न कहलाउनुहुन्छ र तैपनी काङ्रेस, माओवादी, एमाले, रा.प्र.पा लाई अझै भोट् हाल्नु हुन्छ भने तपाईं कायर हो, पाखन्डी हो, बेवकुफ हो, तपाईं चाकरिबाज् हो, तपाईं अहिले पनि सात साल मा बांचिरहेको हुनुहुन्छ, तपाईं को मगज ठीक ठेगान मा छैन, नेपाल बिगार्ने मानिस् अरु कोइ हैन तपाईं आफैं हो. रिसाए यत्रै सिद्धी! #copied from facebook

neurologist · Nov 28, 2017 4:33 PM · 16,012 views

2 Replies

Sahi ho!

atomic · Nov 29, 2017 9:12 AM

Truth

Sanjeevshrestha · Dec 1, 2017 8:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion