काठमाडौं- तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा उनले पेमा टासी छुल्ठिम घोम्बो कासुगं नाम राखेर गुम्बा चलाउँदै आएका थिए । बालत्कार आरोपमा पक्राउ परेपछि प्रहरीले गुम्बाको नियमन गर्ने सरकारी निकाय गुम्बा व्यवस्थापन समितिमा बुझ्दा उनको गुम्बा दर्ता नरहेको खुलेको हो । कुनै समय ट्रेकिङ गाइडको रूपमा काम गर्ने उनले आपूmले आफैंलाई अवतारी लामा घोषणा गर्दै महिलालाई उपचार गर्ने गरेका थिए । बालुवाटार क्षेत्रमा डेरामा बस्ने उनले तान्त्रिक विधीबाट उपचार गर्ने भन्दै गुम्बामा २० देखि ७० वर्षसम्मको महिलालाई राख्ने गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले उनको गुम्बामा पुगेका अधिकांशलाई लामाले यौन दुव्र्यवहारमा परेको र केहीमाथि बलात्कारसमेत गरेको खुलेको दाबी गरेको छ । गुम्बाको आधिकारिक फेसबुक पेजमा एक महिलालाई चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेपछि लामा प्रहरीको नजरमा परेका थिए । अनुसन्धानमा धर्मको आवरणमा यौन प्यास मेट्ने गरेको खुलेपछि ब्युरोले मंसिर ५ मा उनलाई पक्राउ गरेको थियो । ब्युरोको टोली पुग्दा गुम्बामा ७ महिला थिए । ती सबै महिलाको उद्धार गरेर प्रहरीले लामालाई बलात्कार र विद्युतीय अपराध अन्र्तगत म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । ‘अहिलेसम्मको अनुसन्धानमा उनीबाट धेरै महिला पीडित भएको देखिन्छ,’ उनले भने, ‘केही सम्पर्कमा आएका छन्, केही सम्पर्कमा आउँदैछन् ।’ ब्युरोको सम्पर्कमा आएका अधिकांश महिलाले विभिन्न प्रलोभन दिएर आपूmलाई हरेक दिन जबर्जस्ती यौन सम्पर्क गर्ने गरेको बयान दिएका छन् । प्रहरीको सम्पर्कमा आएकाहरूले गुम्बामा गएर उपचार गरेर फर्किएकाहरूबाट राम्रो उपचार हुने गरेको सुनेर उनको सम्पर्कमा पुगेको बयान दिएका छन् । अनुसन्धानमा उपचारका लागि उनको सम्पर्कमा पुगेका युवती र महिलालाई उनले गुम्बामै राख्ने गरेको, उपचारको बहानामा नग्न बनाएर रोग निको हुन आफुसँग यौन सम्बन्ध राख्नुपर्छ भन्दै फकाएर यौन सम्बन्ध राख्ने गरेको देखिएको छ ।उनले यौन सम्बन्ध राखेपछि आपत्तिजनक तस्विरहरू खिच्ने र पुन प्रयास गर्दा अस्वीकार गरे रोग बल्झने त्राससँगै आपत्तिजनक तस्बिर सार्वजनिक गरेर बद्नाम गराइदिने भन्दै जबर्जस्ती शारीरिक सम्पर्क राख्ने गरेको खुलेको अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले जानकारी दिए । अनुसन्धानको क्रममा उनले एक बालिकालाई धर्मआमा रिम्पोछे भन्दै चिनाउने गरेको र गुम्बामा राख्ने गरेको खुलेको छ । उनको आधिकारिक वेभसाइट र फेसबुक पेजमा बालिकाको तस्बिरसहित आमा निमा स्याङबो डोल्मा योञ्जन उल्लेख गरेका छन् । उनले सो बालिकालाई आफ्नी छोरीका रूपमा परिचित गराए पनि प्रहरी बयानमा उनले बालिकाको आमा को हो खुलाएका छैनन् । लामाबारे जानकार स्रोतका अनुसार उनी बालुवाटारमा एक महिलासँग बस्ने गरेका थिए । अनुसन्धानका क्रममा गुम्बामा बस्ने ७० वर्षको वृद्धादेखि पल्स टु पास गरेकी युवतीसमेत फेला परेका छन् । विवाहित महिला उनको गुम्बामा उपचारका लागि आएपछि गुम्बामै बसेर घरबार छाडेको र आमा–छोरी नै गुम्बामा बस्ने गरेको समेत खुलेको छ । ‘उपचारका लागि आएका महिलालाई श्रीमान्सँग बस्यो भने फेरि रोग बल्झन्छ भनेर तर्साएर गुम्बाबाट निस्कन नदिँदा घरबार बिग्रिएका महिलासमेत फेला परेका छन्,’ अनुसन्धानमा संलग्न ब्युरोकी एसपी मिरा चौधरीले भनिन्, ‘गुम्बामा ७० वर्षसम्मका महिला बस्ने गरेको देखियो ।’ उनले आफ्नो वेबसाइटमा पृथ्वी ध्वस्त भएपछि आपूmले सुर्य र चन्द्रको उत्पत्ति गरेर पुन संसार बसाएको दाबीसमेत गरेका छन् । प्रहरी अनुसन्धानमा उनी १० वर्ष अगाडिसम्म ट्रेकिङ गाइडको काम गर्ने गरेको र आफूले आफैंलाई रिम्पोछे घोषणा गरेको खुलेको छ । धार्मिक शिक्षा कहाँबाट लिएका हुन् र के आधारमा रिम्पोछे घोषित भएका हुन् उनले खुलाउन सकेका छैनन् । उनी विवाहित रहेको खुले पनि उनको परिवारका सदस्य प्रहरीको सम्पर्कमा आएका छैनन् । http://www.nagariknews.com/new...
ktmpost · Nov 28, 2017 10:25 AM · 2,249 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion