नेपालमा पनि महिलालाई यौन शोषण गर्ने धर्मगुरु पक्राउ परे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा पनि महिलालाई यौन शोषण गर्ने धर्मगुरु पक्राउ परे By Salokya, on November 23rd, 2017 भारतमा धर्मको नाममा यौन शोषण गर्ने बाबाजीहरु बारम्बार पक्राउ परिरहन्छन्। पछिल्लो पटक रामरहिम पक्राउ परेका थिए। यिनलाई पक्रँदा यिनका समर्थकहरुले कम्ता बबाल गरेनन्। नेपालमा पनि प्रशस्तै धर्मगुरुहरु छन्। के उनीहरुमध्ये कसैले यस्तै यौन शोषण गरेका होलान् त? गाइँगुइँ सुनिए पनि पक्राउ नै भने कोही परेका थिएनन्। तर आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एउटा डरलाग्दो घटना सार्वजनिक गर्‍यो। झण्डै एक दशकदेखि धर्मगुरुको काम गर्दै आएका एक जना रिम्पोछे भनाउँदा पक्राउ परे महिलालाई यौन शोषण गरेको आरोपमा। गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा रहेछ यिनको नाम। आफूले आफैलाई भने His Holiness Guru Remborchhe Chulthim Dorje Yontan Tulku Lhama Remborchhe भन्दा रैछन्। दक्षिणकाली नगरपालिका १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरी बसेका रहेछन्। विभिन्न महिलाहरुलाई आफू अवतारी लामा हुँ, दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको भन्ने गर्दा रहेछन्। यी स्वघोषित गुरूको जन्म भने सिन्धुली कुशेश्वर दुम्जामा भएको रहेछ। जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भन्दा रहेछन् यिनी। उपचार चाहिँ महिलाको गर्दा रहेछन्। महिलालाई सुरुमा विश्वासमा पार्दा रहेछन्। अनि डर त्रास तथा अनुचित प्रभावमा पारी यौन शोषण गर्दा रहेछन्। यिनलाई विशेष सूचनाको आधारमा मंसिर ५ गते नै गुम्बाबाट पक्राउ गरे पनि आज बल्ल सार्वजनिक भएको रहेछ। काठमाडौँ जिल्ला अदालतबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको रहेछ। यौन शोषण गर्नेलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा किन भन्ने लाग्न सक्ला। यिनले महिलाको अश्लील फोटो फेसबुकमा पनि हालिदिँदा रहेछन्। त्यही भएर यिनलाई साइबर क्राइमको समेत मुद्दा चलाउन खोजेको छ। सिआइबीले अनुसन्धानबाट खुलेका कुरा भन्दै सार्वजनिक गरेको विवरण अन्दाजी १० बर्ष देखी का.जि. दक्षिणकाली न.पा. १ चाल्नाखेल वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा संञ्चालन गरी बसेको सो गुम्बामा महिलाहरूको संख्या धेरै रहेको,  उपचार गराउन आएका महिलाहरूलाई उपचारको क्रममा एक्लो कोठामा सबै लुगा खोल्न लगाई जवरजस्ती शारिरीक सम्बन्ध राखेको पीडित महिलाहरूलाई सो कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुनः रोग बल्झिन्छ, रोगको उपचारको निम्ती निज गुरूसंगै यौन सम्पर्क राख्नु पर्छ भन्ने गरेको गुरू तेतिस कोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ठ हूने भनी डर त्रास देखाई भ्रममा पारेको  पीडित महिलाहरूलाई परपुरूषसँग विवाह गरेमा तिम्रो मृत्यु समेत हुन्छ भनी त्रास देखाई पीडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेको अन्य महिलाहरूको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको । यिनको फेसबुक पेजमा हेर्दा महिलासित चुम्बन गरेको फोटोसमेत देखियो। फोटोलाई कसैले नकारात्मक दृष्टिले हेरेमा विभिन्न समस्या भोग्न सक्ने वा वज्र शक्तिको पीडित हुनसक्ने भनी समेत धम्क्याइएको छ। यी धर्मगुरुको वेबसाइटसमेत रहेको छ। http://www.mysansar.com/2017/1...

ktmpost · Nov 27, 2017 10:25 AM · 2,027 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion