३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा (भिडियो) १४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित जेलपरेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने भएको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी तोकेर वासिंटनको काउन्टी जेलमा राखिएको छ । ओरेगनको बेभर्टन स्थीत साउथर्न पार्क वेमा युएस वल्र्ड क्लास तेक्वान्दो संचालन गर्दै आएका रञ्जितमाथि १५ वटा फरक फरक यौन दुब्र्यबहारको अभियोग लगाइएको छ । जसमध्ये १२ पहिलो डिग्री र ३ दोश्रो डिग्री अभियोग रहेका छन् । ओरेगनको कानुन अनुशार १४ बर्षभन्दा कम उमेरकासँग यौन दुब्र्यबहार गरेमा पहिलो डिग्री अपराध मानिन्छ भने यसको काउन्ट ११ हुने गर्छ । यदि दोषी प्रमाणित भएमा हरेक अपराधको कम्तीमा ६ बर्षको दरले जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । http://youtu.be/xlzSNIt-QFQ सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् । उनको यौन दुब्र्यबहारमा परेकाहरु अरुसमेत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रञ्जितले तेक्वान्दो सिकाउने युएस वल्र्ड क्लास तेक्वान्दो पार्क वे स्टुडियोमा नै यौन दुब्र्यबहार गरेको अभियोग लगाइएको छ । सन् २०१२ जनवरीदेखि सन् २०१५ को फरबरीसम्म तीनजनामाथि यौन दुब्र्यबहार गरेको र उनीहरु सबैजना माइनरहरु रहेको तथा त्यमध्ये २ जना १४ बर्ष भन्दा पनि कम उमेरका रहेका थिए । http://www.khasokhas.com/25210 Last edited: 21-Nov-17 09:01 PM
ktmpost · Nov 21, 2017 9:00 PM · 26,858 views
taekwondo ko guru bhaneko ta baccha ko kando khojdai po hiddo rahecha bajiya ta..
gone12 · Nov 22, 2017 1:37 PM
or he can become republican and run for Senate so everybody will cover for you :)
gone12 · Nov 22, 2017 1:43 PM
What about this http://www.sexoffendersarchive...
Hussain_khan · Nov 22, 2017 3:24 PM
आफ्नो तुरी सम्हाल्न नसक्ने नेपाली बुढाहरुको चर्तिकला | थुइक्क बेइजति |
NepalPsycho · Nov 22, 2017 6:22 PM
Sex Offender Archive Record: Govinda Bahadur Basnet Govinda Bahadur Basnet View photos: 1 Last known address: 180 Spring Street Sw Atlanta GA 30303 Age: 47 Birthdate: 1965-01-01 Gender: M Height: 5 ft. 0 in. Weight: 145 Race/Ethnicity: Asian/Pacific Islander Hair Color: Black Eye Color: Brown Offense: COMPUTER PORNOGRAPHYCHILD EXPL Offense and Court DetailsConviction Date:2007-09-24 Supervision/Registration DetailsStart Date:2008-07-04
dhoti_prasad · Nov 22, 2017 6:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion