काठमाडौँमा चल्ने बसको सिटमा जुम्रा धपाउन तथा अन्य सरसफाईका लागि प्रहरी सकृय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२७ कात्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक सवारीको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा यतातायात व्यवसायी तथा मजदुरका लागि आयोजना गरिएको सवारी व्यवस्थापन समबन्धी विशेष कार्यक्रममा खनाललेअहिले सार्वजनिक सवारीहरुको सफाइको अवस्था दयनीय देखिएको बताए । ‘कतिपयमा सवारीको त सिट नै कहिल्यै नधुने गरेको अवस्था छ । हामी कतिमा त जुम्रा, उडुस र उपियाँ पनि भेट्छौं,’ खनालले यातायात मजदुर र ब्यवसायीलाई सम्बोधन गर्दै खनालले भने,’अब यो अवस्था रहिरहनुहुन्न ।’ उनले देशको सभ्यता कुन सत्रमा छ भन्ने कुरा सार्वजनिक सवारीबाट नै पत्ता लाग्क्ष्ने बताउँदै नेपालमा सार्वजनिक सवारीको स्थितिले अन्तर्राष्ट्रिय रुपमा पनि गलत किसिमको सन्देश प्रवाह गरिरहेको उल्लेख गरे । राजधानीमा चलि रहेका सार्वजनिक सवारी सफा नराख्ने प्रचलन ब्याप्त छ । डिआईजी खनालले त्यसरी सवारी फोहोर अवस्थामा रहेका सवारीलाई निर्धक्कसँग चल्न दिँदा यात्रुलाई पनि समस्या भएको बताए । उनले भित्र मात्रै नभए सवारीको बाहिरीभाग पनि सफा नराख्ने र समयमै गर्नुपर्ने मर्मतहरु नगर्ने प्रवृत्ति मौलाएको बताए । अब सफाइमा ध्यान नदिने सवारीलाई कारवाही गर्ने चेतवनी पनि खनालले दिए । ‘चिटिक्क परेर गन्तब्यमा हिँडेको मान्छेले बसभित्र पसेपछि मुख थुन्नुपर्ने अवस्था रहन हुँदैन,’ खानलले भने,’अब सवारीको सफाइमा तपाईंहरु ध्यान दिनुपर्छ ।’ व्यवसायी र मजदुरहरुले भने काठमाडौंको सडकमा धुलो अत्यधिक रहेकाले जति सफा गर्दा पनि नहुने अवस्था रहेको दावी गरे । उनीहरूले ट्राफिक प्रहरीले मजदुरका लागि छुट्टै पोशाक तोक्ने तयारी गरेकोमा स्वागत गरे । व्यवसायीले त्यसका लागि अावश्यक भूमिका निभाउने प्रतिवद्धता जनाए । २०७४ कार्तिक २७ गते २०:०८ मा प्रकाशित https://www.onlinekhabar.com/2...

ktmpost · Nov 14, 2017 9:52 AM · 2,446 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion