मोडलिङमा रमाईरहेकी दीपिका प्रसाईंलाई चलचित्रमा आफ्नो उपस्थिति देखाउने रहर त थियो तर उनले यति छिट्टै चलचित्रमा अभिनय गर्न पाउँछु भनेर सोचेकी थिइनन्। तर उनलाई चलचित्र ‘ऐश्वर्य’को अफर आयो। महिला केन्द्रित तथा बोल्ड चरित्रले उनलाई आकर्षित गर्यो। यतिबेला उनि अभिनित चलचित्र प्रदर्शन भईरहेको छ। दर्शकहरुले औधी मन पराईरहेका छन्। दीपिका अब अभिनय, पर्सनल ग्रुमिङ एवं नृत्यसम्बन्धी प्रशिक्षण लिएर मात्र चलचित्रमा आउने सोचमा छिन्। गौरी मल्ल तथा राजेश हमालको अभिनय मन पराउने दीपिकालाई आफ्ना कमी–कमजोरी औंल्याइदिने तथा नयाँ कुरा सिकाइरहने मानिसहरू मन पर्छन्। उनि क्याजुअल पहिरनमा हल्का न्युड मेकअपमा सजिन रुचाउँछिन्। https://np.glamournepal.net/en...
ktmpost · Nov 9, 2017 10:42 AM · 8,733 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion