ब्रेकिंग निउज भर्खरै प्राप्त समाचार अनुसार नेपालका बढे भन्दा बढे नाम चलेका नायिकाहरुलाई अत्याधिक अंग प्रदर्शन गरी देशका युबा युबतिहरुलाई अनैतिक दिशा तिर धकेलेको भन्ने अभियोग लागेको छ र सर्बोच्च अदालतको इजलासमा बहस हुने समाचार छ | उक्त अभियोगमा कानुनले दिएको भन्दा बढि बक्ष्य स्थल प्रदर्शन गरिएको भन्ने उल्लेख गरिएको छ | यसरी कानुन बिपरित अंग प्रदर्शन गर्ने नायिका र गायीका हरुका सुची छिट्टो भन्दा छिट्टो निकाल्ने प्रेस बिज्ञप्तिमा जनाइएकोछ | यस्तो समाचार सुनेपछि नायिका र गायिका वर्ग त्राही त्राही भएको सूचना आएकोछ | अभियुक्तहरु आ-आफ्ना सुचिकारकोमा गइ बक्ष्य स्थललाई छोप्ने गरि आफ्ना वस्त्रहरू मर्मत गर्न लाइन बसिराखेको सुलसुलेले जनाएको छ | नायिका र गायिकाहरुको सूची छिट्टै बजारमा सुपथ मोलमा उपलभ्द हुने छ | साभार - बैकल्पिक समाचार
Sajha Onion · Oct 30, 2017 8:33 AM · 11,318 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion