सुशील नेपाल : मेरो कथा, मेरो ब्यथा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साँझ तिर नै फोन आको थियो ! "दाइ म त् बिहानै ल्याण्ड गर्दै छु ! फेरी कोइ नि लिन नआउने भयो ! म त् एक्लै पो हुने भो त् !" म एक छिन अक्मक्क परे .... किन येति बिहान बिहानको फ्लाइट राखेकी होलि भनेर ! "ये ल ठिक छ, तिमि सुर्ता नलिनुस ! म बन्दोबस्त गरिदिन्छु" ! "थ्यांक इउ दाइ ! म हजुर प्रति सार्है ग्रेटफुल छु ! हजुरले गर्दा नै मैले यो शोमा पर्फर्म गर्ने मौका पाए ! हजुरले मलाइ येति हेल्प गर्न भाको छ, न त् हजुरले मलाई चिन्ननै भाको छ पर्सनल्लि.... ये बाइ द वे, मैले हजुरको फेसबुकमा फोटो हेरेको थिए ..त्यो दौरा सुरुवाल लगाउन भाको ... " अनि उनि गाउँन थालिन .... "सिम्पल सिम्पल कान्छाको डिम्पल पर्ने गाला.....!" म पुन: अकमक्क परे ! "अहा ! कति मिठो स्वर छ हौ हजुरको ....ल निर्धक्क भएर उडेर आउनुस ...म भोलि सब बन्दो बस्त गरिदिन्छु ! ये बरु फ्लाइट दिटेल्सहरु एक चोटी मलाइ फेरी टेक्स्ट गरिदिनुस न ल" ! हुन्छ भन्दै उनले फोन राखिन !  केहि समय पश्च्यात टेक्स्ट आयो ....   कार्यक्रमको लागि धेरै दिन देखि भाग दौड गरेकोले म एक दम थाकेको थिए ! रातको २ बजिसकेको थियो ! फेरी भोलि बहिनि बिहान बिहान आउने भाकोले निन्द्रा राम्ररी नपुग्ने जस्तो लाग्यो ! फेरी आफुलाई राम्ररी ७-८ घण्टा नसुते जिउ नै बिग्रेर सारा दिन नस्ट हुने गर्दछ ! तेसैले दुइ तिन घण्टा भा-पनि सुतेर बहिनिलाइ लिन आफै जाने बिचार गरे ! येति राति फोन गरेर कसलाई जा भन्ने र ! फेरी बिचरी एक्लै नौलो ठाउमा आउंदै छिन .... येस्तै मनमा कुरा खेलाउदै भुस भए म ! भन्दै नभन्दै ...."ट्या ट्या ट्या" गरेर अलार्म बज्यो ! हतार हतार उठेर नुहाई धुआइ गरेर एरपोर्ट तिर जान तयारी भए ! फोन हेरेको मेसेज आको रहेछ !  मेसेज हेरेको दिमागले एक छिन केहि सोच्नै सकिन ! उसै त् निन्द्रा नपुगेर कस्तो भैराको ...एक छिन् फोटो नियालेर हेरे अनि आफ्नो बेड मिलाउन थाले ! सिरानी मिलाउदै थिए .... सोचे बहिनि नि सार्है थाकेर आकी हुनेछिन .... बेड पनि फुल एक्स्ट्रा लंग साइज ...३-४ जना मज्जाले अट्ने .. आधा साइडमा म सुत्छु ...बिचरी आर्की साइडमा सुतिन भने ठिक्कै छ ... नत्र काउचमा म सुत्ने छु ! आफुलाइ काउचमा सुत्यो भने झन् निन्द्रा बिग्रिने बानि छ ! भरै फेरी प्रोग्राममा निन्द्रा बिग्रेर हलचल गर्न सकिन भने म त् बर्बाद नै हुन्छु ! ल जे होस् देखा जाएगा ..भन्दै म एरपोर्ट तिर मेरो गाडी लिवरी लागे !   एरपोर्टमा बहिनि पनि आयेछिंन ! उनको अनुहार हेर्दै प्रस्ट देखिन्थ्यो ...उनि सार्है नै थाकेर आकी रहेछिन भनेर ! अनि गाडी भित्र हामि दुवै बसेयौ र होटेल तिर लागे ! "बहिनि सुन्नुस न, हजुरले अरुलाइ भन्दा नि उबर वा क्याब लि वरी एक्लै होटेलमा आको भन्नुस न ल प्लिज, मैले पिक अप गरेको भनेर कसैलाइ नभन्नुस ल ?" केहि जवाब आएँन ! मन मनै सोचे ...मेरी जाँठी बुडी, अरु केटि त्यो पनि बहिनि जस्ती तरुनीलाइ बिहान बिहान नसुती पिक अप गर्न गाको भन्ने कुरो थाहा पायो भने, जाँठीले मलाई महिनौ यो कुरा लिएर ताना कस्नेछिन ! अस्ति त्यो पार्टीमा एउटीसंग के गफ मात्र गरेको ...कुक्कुरनीलाइ हफ्ता दिन भात पचेन ! मेरो लाँडो जस्तो भाग्य देखेर नि दिक्कै लाग्छ ..."  भन्दै नभन्दै होटेलमा हामी दुवै आइपुग्यो ! "बहिनि हेर्नुस न ...तपाइँ येति बिहान आइपुग्नु भो ! अहिले त् चेक इन गर्न मिल्दैन ... हजुर एक छिन भा पनि मेरो रुममा फ्रेश भएर रेस्ट गर्नुस अनि पछि चेक इन गरुम्ला नि हुन्न" ? बहिनिले एक छिन सोच्दै हुन्छ भनिन र हामी दुवै मेरो कोठा तिर लागेउ ! कोठा भित्र छिरे पछि ...बहिनिले यता उता येसो हेरिन ... आफ्नो त् दिमाग झन्डै झन्डै रन्कि सकेको थियो र कहिले ड्याम्म लाएर खाटमा पल्टीउ जस्तो भैसकेको थियो ! "बहिनि म त् सार्है थाकेको छु, एक छिन धल्किन्छु ल म ! तिमि पनि रेस्ट गर न !" उनि अलिक कन्फ़िउज जस्तै देखिन्थिन ! मैले मन मनै सोचे ...हिजो फोनमा उनि कस्तो इन्ठुजियास्तिकल्ली बोलेकी थियिन ..म केटो पनि हेन्सम लाग्यो फोटोमा भनेर सार्है रोमान्टिक सुनिन थियिन ...फेरी बिहान बिहान उनले पठाको त्यो फोटो ...तर आफ्नो मुड नै बिग्रेको छ भने सुतनै नपाकोले....खोइ म त् उहालाई भेटेदेखिनै नुन खान नपाको कुखुरा जस्तो झोक्राएर बसेको छु ...बिचरीले पनि के सोचिन होलिन मलाइ ...के खालको मान्छे ...मलाइ एटेन्सन नै नदिएको होलिन भन्दि हो ...." "म काउचमा बिश्राम गर्छु !" उनले भनिन ! म येति थाकेर चुर भैसकेको थिए कि दिमागले केहि सोच्न सकेको थिएँन ... आफु काउचमा सुते झन् दिन बिग्रिने डरले मैले नि केहि नबोली खाटमा सुतिहाले!केहि घण्टाको "पावर न्याप" पच्छी, म पूर्ण रुपले जागरुक भए ! बाथरुम गइ वरी फ्रेश भएर आए ! बहिनि काउचमा छैन रहेछिन !  साँझ तिर प्रोग्राम पनि बेजोडका साथ् सम्पन्न भो ! मैले हफ्तौ लगाएर मेहनत गरेर सफलताको मिठो फल चाख्न पाकोले म एक दम गद गद थिए ! बहिनिलाइ एउटा ग्रुप्मा देखे ! म खुसि हुँदै उनि तिर नै लागे ! "प्रोग्राम निक्कै सफल भयो ! आज त् सेलिब्रेट गर्न पर्छ ! म त् ड्रिंक्स गर्न जान्छु .... आउ बहिनि तिमि नि केहि ड्रिंक्स गर !" "म जान्दिन दाइ".... "होइन आउ न आउ ! केहि ड्रिंक्स गर ... म त् आज मज्जाले पिउनेछु .. सब स्ट्रेस रिलिज गर्नु छ ...ओके ..सी उ है ..म बारमा नै हुनेछु" !  डी.जेको कार्यक्रम सक्के पछि ....म कोठा तिर लागे ! ड्रिंक्स ज्यादै गरेको र मज्जाले डान्स गरेकोले थाकी सकेको थिए...अब त् गएर मज्जाले सुत्छु ...राम्ररी सुत्न पर्छ भन्दै जाँदै गर्दा ...बहिनिलाइ देखे .."बहिनिलाइ दिन पर्ने चेक अहिले नै दिंदा ...फेरी पछि बेला न कुबेला उठेर निन्द्रा बिगार्न पर्दैन" भनेर सोचे ! "बहिनि एक छिन आउ न मेरो कोठामा तिम्रो त्यो चेक दिन पर्ने थियो" ! उनले केहि सोचिन र भनिन .."म एक छिनमा आउंछु" !  ढोकामा "नक" भाकोले ढोका खोले ..."आउँन भित्र .." ! उनि भित्र आइन ! "एक छिन ल ..." भन्दै म चेक लिन गए ! क्ल्जेट भित्रको सेफमा चेक राखेको जस्तो लागेको थियो ... चेक छैन रहेछ ! यता उता चेक खोज्दा अलिक टाइम लाग्यो ! अनि बल्ल होस् आयो ! त्यो चेक त् कोटको गोजीमा हालेको थिए भनेर ! चेक लिएर बहिनिको आगाडी पुग्दा बहिनिको मुख नै अँध्यारो जस्तो देखिन्थ्यो ! आफु अलिक ड्रिंक्स लागेकोले खासै केहि सोच्न सकिन ! बिचरीलाइ मैले बिहान देखि केहि अटेन्सन दिन पाएको थिएँन ! बिचरीले म बाट केहि एक्सपेक्ट गरिराको  जस्तो लाग्यो  ! मैले उसको पर्फर्मेन्सकोनि खासै तारिफ गर्न मौका पाएकै थिएँन ! अहिले आफु रक्शि धोकेर केहि लटर पटर नबोलोस भनेर म चुप बसे ! उनि चेक लिंदै केहि नबोली कोठाबाट बाहिर निस्किन अनि म दिन भरिको थकान बल्ल अब मेटाउन पाउने भो भनेर खुसि खुसि आफ्नो प्यारो खाट तिर पल्टिन गए !  "यौन दुराचारीको आरोप लागेको छ रे...... पुलिस आको छ रे ....?" होइन के भन्दै छौ हो ...बुडीलाइ मार हप्काए ! ल ल म आउंदै छु ! मेरो कन्चटबाट रगतको फोरा फुट्न मात्र बाँकी थियो ! डरले कट्टुमा मुत्न मात्र बाँकी थियो ! कोठामा हेरेको बहिनि, पुलिसको एक झुण्ड लगायत मेरा समितिका मान्छेहरुको घुइचो लागेको रहेछ ! तेस्पछिको केहि घण्टा मेरा जीवनको सबै भन्दा कालो घण्टा साबित भो ... अन्तत पुलिस अफिसरले "इउ आर फ्री टू गो" भने पछि मात्र मेरो शरीरमा प्राण फर्की आयो ! मलाई कोहि संग बोल्न मन लागेको थिएँन ! सिधै मेरो कोठामा आए र फेरी मेरो मोबाइल खोलेर हेरे ! अनि आफुले आफुलाइ प्रश्न सोध्न थाले ...  "बहिनिले त्येस बिहानी .....यो फोटो ....किन पठाकी होलिन" ? Last edited: 29-Sep-17 10:09 AM

Nas · Sep 29, 2017 9:39 AM · 53,336 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

Sushil जुइको ठिनिका भो Nikki जुइको बुबुको फोटो देखेर ...फेरी उवा भर्खर बाउ बनेर ठ्याक्क हान्न नपाएर भड्केर बस्नु भाको रैछ...येही मौका हो...मौका मा चौका हान्छु भनेर पिलान बनाउनु भो तर गेडा जस्तो पिलान बनाउनु भएछ ... tesari sirani bich ma rakhera sutna aau bhanepachi koi चिक्ने केटि सुत्न आउच त ...कि कसो केटा केटि हो ?

cool_like_a_bird · Oct 3, 2017 7:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all