काठमाडौं : हस्तबहादुर नेपाली। उमेर ५३ वर्ष। घर दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनी कटोल। भदौ ६ गते काठमाडौंको माछापोखरीस्थित बाइपास जाने बाटोमा पर्ने सपिङ मल अगाडिको गेष्ट हाउसमा उनलाई २४ वर्षकी युवती आत्मियता बूढामगरले डाकिन्। पुरानो चिनजान थियो। त्यसमाथि पटक पटक फोन गरी आफु बिरामी परेको र बिरामी पर्दा आफ्नी फुपूसँग सापटी लिएको रकम तिर्नु पर्ने भएकोले सापटी स्वरुप सहयोग गर्नु पर्योक भनी बोलाएपछि उनी गेस्ट हाउस पुगे। तर गेष्ट हाउसको कोठा पुग्ने बित्तिकै उनलाई थुनियो। थप दुई जना कोठाभित्र छिरेर उनलाई कुटपिट गर्न थाले। हामी केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौँबाट आएका प्रहरी हौं भनी लछारपछार गरे। त्यहाँबाट नापतौल कार्यालयको गल्ली हुँदै केही पर रहेको गेष्ट हाउसमा लगी पुन: सोही गेष्ट हाउसको कोठामा लगी थुनी ५ लाख रुपैयाँ मागे। उनीसँग तत्काल त्यति रकम थिएन। ती नक्कली प्रहरीले कागज गराई छाडे। भदौ ८ गतेका दिन ७८ हजार रुपैयाँ लिई कागजमा भरपाई गराई छाडे। पुन: अरु पैसा समेत दिनु भनि धाकधम्कीसमेत दिए। हस्तबहादुरलाई शंका लाग्यो र ब्युरोमा जानकारी गराए। अनुसन्धानका क्रममा उनीहरु नक्कली प्रहरी भएको थाहा पाएपछि ब्युरोले काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल नजिकबाट पक्राउ गरी ठमाण्डौ जिल्ला अदालतबाट प्रथम पटक ५ दिनको म्याद थप गरी सो सम्बन्ध थप अनुसन्धान भइरहेको छ।पक्राउ पर्नेमा रोल्पा थबाङ गा.बि.स. वडा नं. ३ बस्ने वर्ष ३० को सुनिलकुमार कामी, सोही गाविस वडा नम्बर ५ की वर्ष २४ की आत्मियता बूढामगर र रुकुम भुमे गाऊँपालिका वडा नं. ६ बस्ने वर्ष २२ को जितेन्द्र सुनार रहेका छन्। http://www.pahilopost.com/cont... Last edited: 14-Sep-17 07:30 AM
ktmpost · Sep 14, 2017 7:29 AM · 2,756 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion