कथा -ब्यथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथा   सोनी को नजर त्यो युबक को चेहरा मा घरि घरि जान्छ , हुन त उ १० घण्टा काम गरेर  आफ्नो कोठा तिर जादै छे  बस मा, निकै थक्लित भएर.  उसले आज भन्दा अघि त्यो युबक लै बस मा देखेको  जस्तो लाग्दैन, त्योकेटा  सोनी भन्दा दुइ सिट अघाडी छ , सोनी पट्टि नै फर्केर बसेको उ सोच्छे   किन मेरो आँखा त्यो केटा  पट्टि जान्छ  घरि घरि?  के कारण? उ त्यो केटा को चेहेरा मा केहि खोज्ने प्रयास  गर्छे,  पक्कै केहि न केहि समानता त हुनै पर्छ , नत्र मेरा आँखा किन तेता  जान्छ ? उसको नजर त्यो केटा को जुँगामा गएर अड्किन्छ, अलि अलि कैलो,  तल घुम्टो परेको छोटो जुँगा, उ हास्छे, मनमनै, तेही त हो आकर्षण   ******************* आज सोनी र राहुल को भेट भएको वर्ष दिन पुरा भयो, उनीहरु एक रेस्टुरेन्टमा डिनर  खादै छन् सोनी: तिम्रो जुँगा अलि  लामो भो छोट्याउ  राहुल: हस सोनी रानी , भोलि छोट्याउछु, कि पुरै फलिदेउ? सोनी: भो पर्दैन, तिम्रो त्यो जुँगा ले त म फसेको तिमि संग ***************************************** समय सधै एकै रहदैन, कसै ले चाहदैमा यो रोकिने होइन न यो कसैको चाहना अनुसार मोडिन्छ , सोनी र राहुल छुट्टेको पनि छ महिना भै सक्यो, सोनी आज काम सिध्यारा घर जानु अघी  समान किन्न मल मा छे,  उसलाई नया Ipod  किन्नु छ , त्यो इलेक्ट्रोनिक्स सेक्शन को केटा  उसलाई I-Pod को सत्ता I-phone राम्रो हुन्छ भनेर  सम्झाउदै छ. हुन त उसको फोन पनि चार वर्ष अघि को पुरानो मोडेल.  तर किन हो सोनी लाइ त्यो केटा ले भनेको कुरा भन्दा उसका अनुहार ले आकर्षित परि  राको छ, किन होला? सोनी उत्तर खोज्ने  प्रयाश गर्छे,  के छ समानता? उस्ले थाहा नपाउने  गरि सोनी तेस्को अनुहार नियाल्छे हो त नि, उस्लाई कस्तो सम्झना न आको, कपाल को स्टाईल, ठ्याक्कै मिल्छ, तेसो भयर पो उस्को आखा घरि घरि त्यो केटा को अनुहार मा जादो रहेछ ****************************** राजु सङ्ग सोनि को यो दोस्रो बर्स हो आज बेलुका संगै  घर् फर्कने है ?  सोनि ले राजु लाइ फोन् मा भन्छे, होइन मेरो कपाल् काट्न जानु जानु छ आज्, यसपाली छोटो परेर काट्छु, राजु ले भन्छ पर्दैन पर्दैन, सोनि अत्तिदै भन्छे तिम्रो कपाल को style  एक्दम् सुहाउछ, छोटो पार्यो भने त्यो style जान्छ मेम् साप् को जो मर्जि भनेर जबफ दिन्छ राजु, बेलुका दुबै संगै  फर्कन्छन् ********************************** अब त सोनि लाइ दिक्क लागि सक्यो, किन हो कुनै केटा संग पनि उस्को लामो समय सबन्ध रहन सकेन, उस्ले त हरेक कोसिस् गरेकै हो, उस्लाइ सोच्न मन लाग्न छाडि सक्यो। राजु संग छुट्टेको  एक बर्स भयेछ आज. ****************************** आज आइतबर् सोनि एक्लै StarBox मा Breakfast  खान जान्छे,  ओहो आइतबार्  पनि कस्तो भिड् , सोनि कफी र sandwich लियेर कुनाको टेबल् तिर जान्छे एक् छिन् मा टेलेफोन मा कुरा गर्दै एक जना मान्छे संगै  को टेबल् मा बस्न आउछ। उस्को स्वर् ले सोनि लाइ मुटु भित्र सम्म छोये जस्तो लाग्छ. सोनि संगै  को टेबल को मान्छे लाइ नहेरि बस्नै सक्दिन, सेतो कमिज, खैरो पैन्ट् अनि  गहिरो खस्रो स्वर, सोनि लाइ लाग्छ कस्तो ठ्याक्कै मिल्ने.   ब्यथा   सोनि भर्खर नेपाल्  बाट आकि, अमेरिका मा उस्को चिन्ने जान्ने कोइ छैन। पहिलो महिना त धेरै गारो भको थ्यो उस्लाइ, एक दिन लाइब्रेरि मा एक जना ले सेल फोन मा नेपलि मा कुरा गरेको उस्ले सुनि। तेस दिन बाट सुरु भयेको उस्को मोहन सङ्ग को परिचय झाङिदै गयो, सेतो कमिज्, कालो पैन्त्, घोप्टो परेको, आलि आलि कैलो जुङा, बिच् मा सिउदो पारेको कपाल् को स्टाइल अनि गहिरो खस्रो स्वर, मोहन दोस्रो बर्स मा रेछ, यो परिचय बाट उस्लै धेरै थोक पाइ। एक बर्स पछि मोहन र सोनि संगै बस्न थाले, नेपाल् मा दुबै को परिवार लाइ पनि थाह थ्यो मोहन सरल र मिहेनति मान्छे  थ्यो, पढाइ मा पनि कम थियेन, बेलुका gas station मा काम गर्थ्यो। एक दिन night shift मा gas station लुट्न आउने ले उस्को हत्त्या गरि दियेछन. अनि तेस्पछि सोनि को यो कथा सुरु भो 

timi_mero_sathi · Sep 9, 2017 7:41 PM · 15,370 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all