नेपाली समाजको सामाजिक जीवनका हरेक पाटाहरुमा दलितहरु माथिको शोषण र भेदभाव व्याप्त छ भन्ने कुरा यस अघि दलित समुदाय माथि भएका ज्यादती र अमानवीय घटनाहरुको इतिहास बाट नै घाम जस्तै छर्लंग भैसकेको छ । २४ प्रतिशत दलित जनसंख्या रहेको बाजुरामा यसै साता सार्वजनिक भएको दुइ घटनाले नेपाली समाजमा कथित ठूला जातिका भनिने व्यक्तिहरुले विभेदजन्य स्थितिकै आधारमा समाजमा आफ्नो आधिपत्य जमाउने गरेको र जहिले पनि दलित समुदायलाई शोषित अवस्थामा राखेको उजागर भएको छ ।पहिलो घटना अनुसार बाजुराको छेडेदह गाउँपालिका-१ बिराडी गाउँमा प्रेमबहादुर बिकले चुनाब प्रचारमा हिड्दा राजेन्द्र बहादुर सिंहको भैँसी गोठको छानो छायांले छोएको आरोपमा गाली बेइज्जती सहदै वडा अध्यक्षका उम्मेदवारकै सामुन्ने दुई हजार रुपैयाँ जरिबाना तिर्नु पर्यो। त्यस्तै बाजुरा स्वामीकार्तिक गाउँपालिका–३ जुकोटका ७० बर्षिय नन्दे लुवारले यसै साता बाजुराका दलित समुदायले आफूले पालेको कुखुरा बेच्न समेत मालिकलाई सोध्नुपर्ने र ठूला जातिका ‘साहेव’ हरूले जसलाइ भन्यो त्यसैलाई भोट दिन पर्ने एव मालिकहरूले नै आफै छाप लगाएर दलितको भोट खसालिदिने गरेको ” सार्वजनिक गरे । यी र यस्ता बिभिन्न घटनाहरुका आधारमा पनि दलितहरु माथि हुने गरेका सामाजिक विभेद र अत्याचार प्रस्ट हुन्छ र यी दुइ घटनाले मूलतः दुइ ओटा यथार्त झल्काउछ । एकातिर स्पस्ट नीति र योजना बिना हचुवाको भरमा हलिया मुक्त गरि सरकार आत्मसन्तुस्टी भए पनि हलिया बसेर परिवार पाल्ने सुदुरपश्चिमका ति हजारौ गरीब दलितहरू माथि बिहानदेखि साँझसम्म खुलै रुपमा दाश प्रथा जीवन्त राख्ने गरि अमानवीय ढंगले जातीय विभेदका घटनाहरु हुने गरेको अनुमान गर्न सकिन्छ ।भने अर्को तिर नेपाली समाजीक बिकासको बाधक बनेर भेदभावपूर्ण कुरीतिको पक्षपोषक भएर ठूला जातिका ‘साहेव’ हरू नै उभिएका छन् भन्दा अतियुक्ति हुन्न । समतामुलक समाज नै बिकासको आधारशिला हो भन्ने मान्यता लाइ राम्रो संग बुझेका अमेरिकामा काला जातिका तर्फबाट राष्ट्रपति निर्वाचित भई नयाँ इतिहास रचेका राष्ट्रपति बाराक ओबामाले विभेदको अन्त्य कानुनी व्यवस्थाले मात्र हुँदैन, हृदयहरू परिवर्तन हुन जरुरी छ भन्दै आफ्नो दुई कार्यकाल समाप्ति गर्दै बिदाइ भाषण दिए।नेपालमा कानुनले छुवाछुत र जातीय भेदभावलाई प्रस्ट बर्जित गरे पनि व्यावहारिक र मानसिक रूपमा राष्ट्रपति बाराक ओबामाले भने झैँ हृदयहरू परिवर्तन हुन नसक्दा हाम्रो समाज अझै यो रोगबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन ,छुवाछूतको समस्या न्यूनीकरण हुन सकेको छैन । थाहा छैन हाम्रो समाजमा हजारौ बर्षको जातीय भेदभाव र छुवाछुतको सस्कार बाट शोषित, पीडित र पछाडि पारिएका समुदायका ब्यक्तिलाइ सामाजिक क्रियाकलापमा गैर दलित सरह भाग लिन प्रतिबन्ध लगाउने ,ताला जाति भनेर डेरा नदिने , मठ मन्दिर र होटलमा प्रवेश गर्न नदिने -बाहिर बस्नु पर्ने , दास सरह ब्यबहार गर्ने , दलितको पिडा र अभावलाई बेवास्ता गर्ने , गाइ भैसीको गोठमा गाइ भैसी छोइन्छ भनेर छाया सम्म पर्न नदिने , दलित जाति कै भएका कारण बिभिन्न लाल्छना लगाई सामाजिक अपमान र शारीरिक याताना दिने जस्ता अमानविय ब्यबहार गर्दै आएका अन्याय, अत्याचार, शोषण, दमन, भेदभावले जरा गाडेको ठूला जातिका ‘साहेव’हरूको हृदयहरू परिवर्तन कहिले हूने हो ? कैयन सार्वजनिक विभेदका कारण नेपालका दलित समुदायहरु सदियौ देखि पिडित उत्पीडित हुदै आएका छन् तर सरकार , प्रशाशन र राज्नीतिक पार्टीहरुका बिस्टहरूको हृदयहरू परिवर्तन कहिले हुने हो ? अझै ढिलो भइसकेको छैन अत दलितहरुलाई सार्वजनिक क्षेत्रमा विभेद गर्ने र स्थानीय स्रोत साधनको पहुच बाट टाढा राख्ने , आर्थिक सामाजिक राजनीतिक , सास्कृतिक हिसाबले अझ पछाडी धकेली सर्वदा शोषण गर्ने ठूला जातिका ‘साहेव’हरूको हृदयहरू समयमै परिवर्तन होउन । अन्यथा हिजो सामाजिक बिभेद भत्काउन भनेर अरुको नेतृत्वमा बन्दुक बोकेर अघि लागेका समाजको पिँधमा रहेका र उत्पीडनमा परेका ती हजारौ दलितहरुले पुरातन र परम्परावादी एवं सामन्ती सोच र चिन्तन बोकेका ठूला जातिका ‘साहेव’ हरुलाई , बिस्टहरुलाई सच्याउन बन्दुक बोक्न बाध्य हुनेछन ।
SIWAG · Sep 3, 2017 5:11 PM · 4,704 views
मर्मस्पर्शी लेख, तर बुझ्नु पर्ने र सोचनीय बिषय यो हो कि तिनीहरुलाई 'साहेब ' कसले बनाए? 'साहेबज्यु ' लाई दोष त छ नै, साहेब बनाउने हरु ले पनि अलिकति जिम्मेवारी लिने कि...? जदौ.
Baneko chha paharale · Sep 3, 2017 9:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion