केहि साता अघि एयरपोर्टमा सर्लाही कि एक नेपाली दिदी संग भेट भयो । बिरामी हालतमा घर फर्किन लागेकी रैछिंन । श्रीमानको असामयीक निधन पछी दुई जना बच्चाको पालन पोषण गर्ने कर्तव्यको स्टेयरिङ आफ्नो हातमा आए पछी बाध्य भएर केहि बर्ष अघि फोहोर व्यस्थापन गर्ने एक कम्पनीमा किलनरको श्रम स्वीकृत लिएर उनलाई कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न ल्याइएको रहेछ । अनपेक्षित रुपमा बिमारी भए पछी केहि बर्ष काम गरेको घर मालिकले जहा बाट लागेको हो त्यहि फर्काउने अनि अलि सन्चो भए पछी यहाँबाट फेरी अर्कोतिर पठाइने र फेरी बिरामी भए पछी उही ठाउमा फर्काइने गरेर महिनौ पेट भरि खान समेत नपाएर , तलब बिहिन भएर आफुलाई लागेको रोगको समेत उपचार नपाएर बिताएको कठोर कालखण्ड उनले मन भरि संग्रह गर्दै फर्कँदै रैछिंन । साँझको फलाइट भए पनि कुबेतमा स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीले उनलाई एका बिहानै एयरपोर्टमा लगेर पासपोर्ट र बोर्डिंग दिएर भित्र छिराई दिएका रैछन । साथमा एक सुकों पनि नभएको यिनले दिनभरि भोकै बिताएको जानकारी आए पछि यिनलाई दया लागेर एयरलाइन्स कै एक स्टाफले खाना र पानी खुवाउने ब्यबस्था मिलाई दिएका रैछन । त्यहि भेट भएको उनलाइ यहा ल्याउने नेपाली चेलीले गरेको गालीगलौज , गरेको ब्यबहार र पिडा सुने देखि कहिलेकाहीँ मलाई अचाक्ली घोच्ने गर्छ । भित्रभित्रै चिमोट्ने गर्छ । मेरो मनमा एउटा महिलाले अर्को महिला माथि खुलेआम अपव्याख्या ,ज्यादती कसरि गर्न , हेर्न , सुन्न सकेको ? अपमान र तिरष्कारको नारकीय जीवन बिताउन विवश कसरि बनाएको होला भन्ने भन्ने लागिरहेको छ । मनमा भ्रम र सत्यबीच भयङ्कर वादविवाद समेत चल्ने गर्छ । अनि लाग्छ दुनियाँ यस्तै रैछ । आफु जस्तै अन्य १२ जना नेपाली चेलीहरु कोठामा थुनेर राखिएको बताएकी उनले आफुहरुलाई कहिले गाडीमा राखेर कता कता लाने त् कहिले त्यहि कोठामा कोहि हेर्न आउने र मोलमोलाई गर्ने गरेको बताइन । नया पुराना चेलीहरु जाने आउने भए पनि केहि अनुहार भने महिनौ देखि त्यहि थिए जसलाई कहिलेकाही अलच्छिनीहरुलाइ कसैले लादैन, त आए देखि त् ब्यापार नै डामाडोल भो भन्दै दुई चार झापु लगाउने पनि गरिएको रहेछ। बाकीं साथीहरुको आड भरोसामा बिरामी दिदिले पटक पटक केहि दिन काम गरे बापत साहुले दिएको आफु संग भएको केहि रकममा थपेर घर फर्काइ दिन आग्रह गरिछन । आफुले अहिले सम्म खर्च गरेको ३ लाख रुपियाँ दिएर जा हैन भने जेलमा हालदिन्छु भन्दै त्यो भएको केहि रकम समेत थुतेर नेपाली चेलीले मानसिक टर्चर दिन थालिछिन । एउटा उपाचार नपाएको बिरामी त्यसमाथि समयमा पेट भरि खाना पाउनुको साट्टो मानसिक टर्चर पाए पछी दिन दिनै बिक्षिप्त हुन् थालेकी रैछिन । भएका चेलीहरु मध्ये ति स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीलाइ खुसि पार्ने र मन पराउने केहि चेलीले भने फोन चलाउन समेत छुट दिएका रैछन । एक दिन स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानी नभएको अवस्थामा फोन चोरेर घरमा फोन गरेर आफु महिनौ देखि बिरामी भएको , कोठामा थुनेर राखेको र ३ लाख नदिए यतै जेलमा हालिदिने भनेको कुरा आफन्तलाइ बताउन अनन्त दिदि सफल भैछिन। साँझ नेपाल बाट दिदीका आफन्तले उनलाई फिर्ता नपठाए नेपाल बाट पठाउने लाई मानव बेचबिखनमा कारवाही गर्न निबेदन दिने भन्दै त्यहि नम्वरमा कल ब्याक गरेर स्पोन्सर गर्ने नेपाली चेली लाइ २ दिनको समय दिएछन ।स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीले नेपालको कानुनले आफुलाई केहि गर्न नसक्ने भन्दै फोन चोरेर नेपाल गरेकोमा दिदिलाइ २/४ झापु लगाएछन ।झापु लगाए पनि भोलि पल्ट नेपाल बाट धेरै नेपाली महिला पठाउने विस्वासिलो मान्छे भएकाले होला स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानी तलाई डरले होइन मायाले घर पठाई दिन हामि तयार भयौ तर टिकटको आफैले जोहो गर भनेछन ।फेरी नेपालमा फोन गरेर टिकट पठाए पछी बल्ल आज उनि नेपाल फर्किन सकेकी रैछिंन। आखा भरि आशु बनाएर दिदीले आफ्नै देशका चेलीहरुले बिदेशमा रोजगारको नाममा यस्तो भेडाबाख्रा जस्तै गर्ने गरेको आफुले भोगेकोले बाकि चेलीहरु लाइ विदेश नआउन आग्रह गर्दै आफुलाई पिडा दिनेलाइ त्यहि केहि गर्दैन भन्ने नेपालको कानुनले कठघरामा उभाएर पाठ सिकाउने मन रहेको बताईन । महिनौ पेट भरि खान नपाएको , तलब नपाएको र बिरामी हुदा औषधिको साटो गालीगलौज र याताना पाएको त्यो पिडालाइ कानुनको साहारा होला नहोला तर पनि यो दिदिको आशुको श्राप भन्ने अवश्य लाग्ने छ । घरको अभिभारा पुरा गर्न विदेशमा घरेलु कामदार भएर परिवारको टेको भरोशा हुन् जति गाह्रो र अप्ठ्यारो महसुस एउटा एकल महिलालाई हुन्छ सायदै त्यो गाह्रो एकल पुरुषलाई र पुरुष साथै भएको महिला लाइ नहोला । एकल महिला भएर नेपाली समाजमा बाल बच्चा हुर्काउने पढाउने अभिभारा बोकेर खाडी हिँडेको एकल महिलालाई त्यही बोझले किचेको बेला उनका टुहुरा बाल बच्चाले आमाको प्राण जोगाउन हार गुहार गर्नु पर्दा मनोविज्ञान कस्तो भयो होला? यस्तो विषम परिस्थितिमा एउटा महिलाका समस्या अर्को महिलाले नबुझेर महिनौ थुनेर राख्नन सक्ने कस्तो पापी मन हो त्यो ? देश होस् कि प्रदेश होस एउटा महिलाले अर्को महिलालाइ जबसम्म अपहेलित गर्न छोडदैनन तबसम्म महिलाहरुले पुर्ण अधिकार पाउन सक्दैनन् ।देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा छ। महिलाको स्थान यस्तो समानित बनेको नेपाली समाजका केहि दिदीबहिनी भने आफ्नै दिदीबहिनी लाइ बिदेशमा बोलाइ बोलाइनारकीय जीवन भोग्न बाध्य बनाउने कारक बनेको सुन्दा सारै दुख लागेको छ ।बिपत्तीमा परेका , समश्यामा परेका , बेरोजगारी र गरिबीले आक्रान्त बनेका एव विकराल समस्या भोग्न बाध्य बनाइएका आफ्नै दिदि बहिनीहरुलाइ ल्याएर भेडा बाखा जस्तै ब्यबहार गर्ने ति मन र सोचहरुले एक पल्ट भए पनि वास्तविक जीवनमा भावुक बनेर सोचून र जीवनलाई यी एकल महिलाको कोणबाट भोगेर समयमै हेरुन, अनुभूत गरुन । संसार गोलो छ आज २ /३ जना लाइ काम लगाएर दाम कमाएको छ भन्दैमा कसैले केहि गर्न सक्दैन भन्ने मानसिकता त्यागि दिऊ किनकि समयको चक्र धेरै फरक छ , धेरै फरक जसले घुम्दै फिर्दै जस्तै मै हु भन्ने लाइ पनि पाठ सिकाउछ ।
SIWAG · Sep 3, 2017 7:06 AM · 3,803 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion