न्युयोर्क कि २६ बर्षिय नेपाली मूलकी शेर्पाले ७० लाख डलरको लटरी जितीन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्युयोर्क कि २६ बर्षिय नेपाली मूलकी शेर्पाले ७० लाख डलर को जीवन काल चिट्ठा जितेकी छिन भगवानले दिए भने छत् फोडेर पनि दिनु हुन्छ भन्ने भारतीय उखान सोलुखुम्बु घर भै हाल न्युयोर्क बसोबास गर्ने २६ बर्षिय याङ्गजी शेर्पाले जीवन काल ७० लाख डलर को चिट्ठा जितेकी छिन् l न्युयोर्कको वुड साइड कि महिला ले क्यास फर लाइफ नामक चिट्ठा खेल्दा उक्त रकम जितेकी हुन् l प्रसाशनिक सहायक पदमा कार्यरत २६ बर्षिय शेर्पाले किनेको उक्त चिट्ठा मा ५ वटै अंक मिलेको र अन्तिम क्यास बल पनि मिल्न गएकोले त्यति ठुलो राशी उनले प्राप्त गरेकी हुन् l उनि काम बाट घर फर्के पछि हेर्ने बित्तिकै परेकोले विश्वास नलागेर पटक पटक हेरेको बताईन l उनले मेरो पिताश्री ले धेरै खेल्ने गरेकोले मलाई वहाले सुझाव दिएकोले आफुले खेलेको बताईन l उनको क्यास फर लाइफ 0८-१७- २७-२८-३९ र क्यास बल ०२ हो l उनले ७० लाख डलर मध्ये खुद ४३ लाख ६१ हजार २ सय ८० डलर पाउने छिन् l यति ठुलो रकम हात लागे पछि घर किन्ने योजना रहेको उनले बताईन l उनले खुशी हुदै भाग्य भनेको भाग्य नै रहेछ बिश्व मा धेरै भाग्यशाली हुन्छन तर आफु त्यस मध्ये कै एक हु भनिन l उनले जितेको चिट्ठा प्रत्येक दिन हजार डलर ले जीवनकाल भर पाउने चिट्ठा हो l तर उनि दिनहु पैसा ननिकाली एकै चोटी लिने निधो गरेकी छिन् l http://enepalese.com/2017/09/1...

ktmpost · Sep 2, 2017 12:47 PM · 3,707 views

1 Reply

#fakenews

pepsi · Sep 2, 2017 1:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all