भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ संशोधन नभए यी नेताले चुनाव लड्न पाउँदैनन् १४ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन् । सांसदहरूले राखेको संशोधनअनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ । राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्द भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरू हुन् । संशोधन नभएमा खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, गोविन्दराज जोशी र जयप्रकाश गुप्ताले चुनाव लड्न पाउने छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । २०७४ भदौ १४ गते ७:१६ मा प्रकाशितhttps://www.onlinekhabar.com/2...
ktmpost · Aug 31, 2017 10:56 AM · 3,142 views
प्रधान मन्त्रि जस्तो गरिमामय पदमा बसेर यस्तो भ्रस्ताचारी अनुकुल कानुन बनाउन खोज्ने पनि कसरि प्रम भएछ | यस्तै ताल हो भने अब दस बर्षमा नेपालको भबिस्य अन्धकार छ
shahi baba · Aug 31, 2017 11:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion