कथा आज यस कथा को मुख्य पात्र निकै खुसि छ , किन कि १५ वर्ष पछि उ भारत बाट आफ्नो गाउ फर्कदै छ . पन्ध्र वर्ष पछि उ आफ्नी स्वास्नी लाई भेट्छ अबको ५ दीनमा. उसले छोडेर जादा उसकी स्वास्नी सात महिना को गर्भवती थि, के भो होला छोरा कि छोरी त्यो पनि थाहा छैन उसलाई, न स्वास्नी नै पोइल गैसकी कि सौतेनी सासुको बुहार्तन सहन नसकेर? उसको बाबु र सौतेनी आमा पनि बुढो भए होलान अबत. उसले नेपाल छोड्दै उनीहरु चालिस का थिए. मद्रासमा १५ वर्ष बितेको उसलाई पत्तै भएन. सौतेनी आमाको रीसले जिन्दगिमा केहि गर्छु भनेर घर छोडेर हिडेको. उसको आँखामा बिगत सलल बग्न थाल्छ. +++++++++++++++++++++++++++++++++++++++++++++++ बिबाह गरेको सात महिना भाथ्यो , दसैँ आउन अझै एक महिना बाकी. रामे को बाबुले दसैँ खर्च चलाउन भनेर रामे लाई सिमलटारको हाटमा एउटा खसी बेचेर ल्याउन भने बिहान. उसकी स्वास्नी मंगली बिहानै खाना खाएर बेसीमा साग रोप्न गैसकेकी थि. सिमलटार बेसी भएर नै जानु पर्थ्यो. दसैँ को लागि सिमलटारमा हाट लाग्या थ्यो. वारि पारीका पांच गाउका मान्छे जम्मा हुन्थे त्यो हाटमा, चटक, सर्कस हुन्थ्यो, पाल टाँगेर भिडियो मा सिनेमा समेत देखाइन्थ्यो, पांच गाउ को लागि वर्षको एक पटक रमाइलो गर्ने ठाउँ थ्यो त्यो, फूलपातीको अघिल्लो दीन देखि चाहि हाट बन्द हुन्थ्यो. बेसी बाट झन्डै एक घण्टा लाग्थ्यो सिमलटार पुग्न. अल्लारे बैंसमा मजा गर्ने कसलाई रहर हुदैन र. मंगलीले पनि रामे लाइ एकपटक सिमलटारको हाटमा सिनेमा हेर्न लैजाऊ भनेर ६ महिना अघि देखि भनि रहेकी थिइ. रामे लाइ लाग्यो आज राम्रो मौका छ मंगली पनि बेसी मा छे, बा, आमा लाइ पनि थाहा नहुने. खसी बेचेको पैसा आइहाल्छ, मंगली लाइ लिएर खसी बेच्न जान्छु, फर्किदा सिनेमा हेरेर फर्किन पर्ला आइते बेसी पुग्दा मंगली बारीमा साग रोप्दै थि. "मंगली कति काम गर्छेस, जाउ हीन आज हाटमा , खसी बेच्न भन्नु भाको छ बा ले, तेस्को पैसा बाट सिनेमा पनि हेरुला." लोग्ने संग सिनेमा हेर्न जाने धोको आज पुरा हुने भयो भनेर मंगली खुसि भै तर उसलाई घरमा थाहा पाए भने सासु ससुराले कस्ती उत्तौली, बुहारी भएर घर गर्न छोडेर लोग्ने संग सिनेमा हेर्न जाने? भन्लान भन्ने पनि डर थ्यो. ससुरा त त्यति कडा थिएनन् तर सासु चाही अति मापाकी. जे त होला भनेर मंगली डोको, कोदालो र हसिया बारीमै छोडी, हात् खुट्टा धोएर रामे संग हाट तिर लागि.बैंसमा चाहना सबैको हुन्छ. खसी बेचेपछि रामे र मंगली ले सिनेमा हेरे, पछी मंगलीले दुवै जना संगै बसेर फोटो खिच्ने भनेपछि रामे र मंगली ले दुवै जना संगै बसेर फोटो खिचे र दुइवटा प्रिन्ट बनाए. बेलुका घर फर्किदा बारीमा छोडेको समान लिएर गए बाबु चाही आगनमा बसी रहेका रहेछन, ल बा, खसी बेचेको पैसा भनेर रामे ले २००० रुपिया बाबुको हात मा रखिद्यो "अनि खर्च कति गरिस नि" बाबु ले सोधे कति हुनु, खाजा त हो नि? आनि बुहारी को खर्च लागेन नि? “लौ मार्यो, कसरि थाहा पायेछान” हेर बाबु साग को बिउ आधा मरे, साग सारे पछि तुरुन्तै पानी लगाउने पर्ने मा तेसरी लिएर हाटमा जान हुन्छ? अब अर्को बिउ छैन, त्येहि साग बेचेर हिउद धान्न पर्ने हाम्ले. धन्न रामे कि आमा ले तिम्री बुहारी त लोग्ने संग हाट तिर घुम्न गइ है बारीमा काम गर्न छोडेर भनेपछि पो हामी लै थाहा भो, फेरी म गएर पानि लगाए नत्र बाकी पनि मर्ने थिए. मंगली ले बाबु छोरा को कुरा सुनी सकेकि थि, अब सासु ले के भन्ने हो भनेर डराई डराइ घर भित्र पसी, सासु अगेनामा रहेछीन , मंगली लाइ देख्ने बित्तिकै भनिन " ओहो आउनु भो महारानी" "घर र बारी भनेर हाम्रो जिन्दगि बित्यो, आज सम्म दसैँमा बाहेक अरुबेला एकजोर लुगा हाल्न सक्या छैन तिमिहरु लाइ चाही के के जाति हो हेर्न जान पर्ने, झन् बुहारी आइ घर गर्ली भनेको त घर बिगार्ने बुहारी पो भित्राए छौ कि क्या हो हाम्ले " सासु ले भनिन मंगली चुपचाप बसी रही "बिहान देखि को भाडा माझ्न पनि पाको छैन, तरुनी भैन्जेल सासु को सेबा गरियो अब बुढी भए, बुहारी ले सुक्ख देली भनेको त बुहारी कै सेबा गर्दै मा ठिक. जा, भाडा माझेर लेरैजा " सासु ले गुनासो पोखिन ++++++++++++++++++++++++++++++++++++++++++++++ भोलि पल्ट बिहान खाना खाने बेला मा रामे की आमा ले भनिन, " आफ्नो उमेर का गाउका सबै ठिटा हरु कोइ का त कोइ का गएर पैसा कमाका छन् हाम्रो भुसतिग्रे चाही पढ्न पनि सकेन, कमाई गर्नु त परै जावोस बाउ को पैसा ले मोज गर्न खोज्छ" "गरेर खादैन कि क्या हो एसले" भर्खर बिबाह गरेको स्वास्नी को अगाडी सौतेनी आमाको भनाइ ले रामे लाई च्वास्स बिझ्यो मनमा, त्यो बेला त केहि भनेन तर खाना सकेपछि लुगा लगाएर मंगली संग खिचेको फोटो एक प्रति लिएर उ बेसी झर्यो , मंगली मझेरी मा भाडा माझी रहेकी थि, रामे ले मंगली लाइ खुब माया गरेर हेर्यो, मंगलीले पत्तै पाइन. +++++++++++++++++++++++++++++++++++++++++++++++++++ र आज ठिक १५ वर्ष भो, लाहुरे वर्तमानमा आइपुग्छ, ट्रेन गोरखपुर आइपुगेछ. आफ्नो अतितमा चुर्लम्म डुबेको लाहुरे लाइ गोरखपुर बाट बुटबल र बुटबल बाट तनहु को भिमाद आइपुगेको पत्तै भएन. १५ वर्ष अगाडी सम्म भिमाद बाट उसको गाउँ पुग्न ३ दीन लाग्थ्यो हिडेर, अब त हुक्का गाउँ सम्म मोटर बाटो पुगेछ, भिमाद बाट हुक्का पुग्न जम्मा ३ घण्टा लाग्ने रहेछ , हुक्का बाट त उसको गाउँ जम्मा ५ घण्टा मा पुगिन्छ हिडेर. लाहुरे बस बाट हुक्का तिर लाग्छ ++++++++++++++++++++++++++++++++++++++++++++++++ हुक्का गाउँ, मोटर बाटो पुगे पनि खास फेरिएको छैन, १०, १२ बटा खुद्रा पसल र केहि चिया पसल थापियेछन तेत्ति हो, मान्छेको चहल पहल पनि केहि बढिनै थ्यो क्यारे. बस बाट ओर्लेर लाहुरे समान बोक्ने भरिया खोज्न थाल्छ. "ये ज्यामिरे सम्म एउटा सुटकेस बोकेको कति ह?" "५०० दिनुस न" एउटा बुडो भरिया भन्छ आमा, कस्तो महँगो हो, अब के महँगो भन्नु, मान्छ्या ज्यान बाहेक सबै महँगो छ हिजो आज, "४०० मा हुदैन" हुदैन, भारी बोकेर गाउँ सम्म पुग्न ६ घण्टा लाग्छ, फर्कदा वोरालो छ तैपनि 2 घण्टा त लागि हाल्छ, अब ८ घण्टा काम गरेको ५०० भन्दा कममा त के गर्नु "उ त्यो ठिटो तेतै गाउँ तिर को हो, तेस्ले लैजाला सस्तो मा, तल वोर्लिना पर्दैन तेस्लाई गाउँ मै घर छ” बुढो भरिया भन्छ “ये ठिटा, ४०० मा यो सुटकेस ज्यामिरे गाउँ सम्म बोकेर लगिदिने हो?” १५-१६ वर्ष को जस्तो देखिने भरिया लाहुरे लाइ हेर्दै भन्छ "तेस्मा बाटोमा खाजा खानी पैसा थप्ने हो भनी लैजाने हो " "ल हुन्छ हिड, बाटोमा संगै खाजा खाउला" लाहुरे र भरिया ठिटो ज्यामिरे जाने उकालो लाग्छन असोज को महिना, गर्मि तेती नभए पनि उकालो चढ्नु तेती सजिलो थिएन, दुइ जना बिस्तारै उकालो लाग्दै थिए, समय कटाउन , लाहुरेले कुरा सुरु गर्यो "नाम के नि तिम्रो"? "बुधे", "बुधबार जन्म्या रे, आमा ले भन्या" अनि घर ज्यामिरे मै हो ? "ज्यामिरे भन्दा अलिमाथि छोप्राकमा आधा घण्टा लाग्छ ज्यामिरे बाट " "ए तेसो भए आज तिमि पनि घर मै पुग्ने रहेछौ" "को को छन् घर मा?" "आमा छिन एक जना " बुधे लाइ लाहुरे संग कुरा गर्न खास रुची छैन उसलाई कुनै लाहुरे प्रति सहानुभूति छैन, उसको बाउ पनि उ नजन्मिदै इंडिया तिर गको रे, उसले आज सम्म बाउ देख्न पा छैन फोटोमा बाहेक, मरे बाचेको केहि ठेगान छैन, आमा एक्लै ले हुर्काको उसलाई. सुरु सुरुमा भारि बोक्न सुरु गर्दा कोइ लाहुरे आए भने उसलाई लाग्थ्यो कतै त्यो लाहुरे आफ्नो बाउ त होइन भनेर, धेरै सोधी खोजि गर्थ्यो उ, तर अब ३ वर्ष पछि तेस्तो केहि लाग्दैन, बरु लाहुरे देख्यो कि रिस उठ्छ उसलाई, कुन चाहि स्वास्नी र बच्चा छोडेर जान सक्ने कठोर व्यक्ति आइपुग्यो भनेर. ज्यामिरे गाउका उमेर पुगेका आधा लोग्ने मान्छे त लाहुर गा छन्, बुधे सोच्छ यो व्यक्ति ति मध्ये हुनु पर्छ, ज्यामिरेमा उसका धेरै साथी छन् जसका बाउ लाहुर गएका, आज हर्के, बिरे, आइते , रिठे मध्हे एक जना को घरमा खुसियाली हुने भो. तर कतिन्जेल? एक दुइ महिना पछि लाहुरे फर्की हाल्छ , फेरी उस्ता को उस्तै. बुधेको आमा ले भने अनुसार उनीहरुको घर पनि पहिला ज्यामिरे मै थियो रे, उसको बाउ लाहुर गएको दुइ वर्ष पछि पहिरो ले उनीहरुको घर गोठ पुरेछ, बुधे लाइ लिएर उसकी आमा माइत गएको हुनाले उनीहरु बाचेछन कति वर्ष मा फर्किनु भो दाइ ? बुधे सोध्छ "घर छोडेर हिडेपछि पहिलो पटक आउदै छु" बुधेको अनुहारमा एउटा घृणाको भाव आउछ होइन मान्छे हरु कति कठोर हुन सक्या, उसलाई लाग्छ उसको पनि बाउ फर्केको भए उसले भरि बोकेर खान पर्दैन थ्यो होला उसका साथी हरु जस्तै उ पनि स्कूल जान चाहन्थ्यो तीन घण्टा उकालो उक्ले पछि चौतारी आइएऔग्छ "खाजा त यही खान पर्छ, यहाँ बाट ज्यामिरे सम्म त खाजा खाने ठाउँ पाइदैन" "लौ त यही खाउँ तेसो भए", लाहुरे को जबाफ ज्यामिरे, छोप्राक र हुक्का आवत जावत गर्ने लाइ खाजा खुवाउने यही एउटी भट्टी छ यहाँ, माइली को दहि चिउरा, कुखुराको मासु, चौचौ, रक्सि र उसिनेको बोडी, माइली आफ्ना ग्राहक इनै खाजा ले स्वागत गर्छे सधै. बुधे ले आफ्नो लागि कुखुराको मासु, चिउरा, र बोडी माग्यो लाहुरेले चाहि दहि चिउरा र बोडी, १५ वर्ष मद्रासी खाना खाएर वाक्क भाको आइते आफ्नै गाउको दहि चिउरा खान पाएर खुसि देखिथ्यो "होइन लाहुरे भाइ, गाउको रक्सि नचाख्नी"? खाना सकिन लाग्दा समेत रक्सि नमागेको देखेर माइलि ले भनि, रक्सि मा उसलाई धेरै फाइदा हुन्थ्यो खाजामा भन्दा, ब्यापार न हो. लाहुरेले आफ्नो लागि एक गिलास रक्सि माग्यो र बुधेको लागि आधा गिलास खाजा खाइ वोरी दुवै जना फेरी उकालो लागे, अब लगभग तीन घण्टा जति बाकी थ्यो ज्यामिरे पुग्न "अनि कति पढ्या छौ त तिमीले?" "कति हुनु तीन क्लास सम्म तेस्पछी आमा बिरामी हुन थालिन, नुन, लुगा खर्च चलाउन भारी बोक्न सुरु गर्या" “बारी को उब्जनी ले ६ महिना मात्रै पुग्छ , भारि नबोके के गर्नु” "वोहो गर्मि भो, रक्सि खान नहुने रेछ, उकालो चड्दा त निकै पसिना आयो" ल मेरो यो कोट पनि सुटकेस माथि राखिदिन्छु" लाहुरे भन्छ मेरो पैसा कागजपत्र सबै तेस कोटमा छ नि, राम्रो संग बोक्नु" “हैन कति कराई रहन्छ यो लाहुरे" बुधे मनमनै भन्छ उसलाई पनि रक्सिले छोएको हुनु पर्छ "अनि तिम्रो बाउ छैनन्" लाहुरे को त्यो प्रस्न ले बुधे लाइ निकै रिस उठ्छ "कति खोजि नीति चाहीया यो मोरो लाइ" तर मुख ले केहि भन्दैन उसलाई लाइ हरेक लाहुरे प्रति घृणा जाग्छ एक मन त लाग्छ उसको सामान र पैसा भएको कोट उसैले नै बोकी राछ, फटाफट हिडेर छली दिउ यो लाहुरे लाइ तर होइन एकै गाउको जस्तो, खोजे फेला पारी हाल्छ नि बुधे आफ्नी बिरामी आमा सम्झन्छ र आफ्नो जिन्दगि भारी बोकेर नै बित्ने भो जस्तो लाग्छ, उसलाई आफ्नो बाउ फर्केर नआएकोमा रिस उठ्छ, संगै हिडिरहेको लाहुरे संग रिस उठ्छ उसलाई लाग्छ यो जन्जाल बाट मुक्त हुन केहि गर्ने पर्छ, वर्ष दीन लाई खान पुग्ने बारी त जोड्नै पर्छ चौतारी बाट ज्यामिरे सम्म को बाटो निकै डर लाग्दो छ, सेती को किनारै किनार , बाटो पनि सानु छ, दुइ जना भन्दा तीन जना संगै एक लहरमा हिड्न समेत नपुग्ने अझ ज्यामिरे पुग्नु भन्दा एक घण्टा अगाडी को गौडा त बद्नाम नै छ , पहिला पहिला साहु संग ऋण लिने ज्यामिरेका गाउले हरु साहु लाई "ज्यमिरेको गौडा ढुकुला तेरो ऋण तिरुला" भन्थे रे ज्यामिरे पारीका लाहुरेहरु घर फर्कदा सामान लुटेर लाहुरे लाई चाहि सेतीमा फालिदिन्थे भन्ने पनि हल्ला चलेको थ्यो एक जमानामा, कति भरियाले तेसै गरेर घर बारी जोरे पनि भन्थे मान्छे ले. बुधे लाइए अचम्म लाग्छ आज उस्लाइ के भाको छ कुन्नि खाली येस्तई कुरा मात्र दिमागमा खेली रहन्छ साझ को बखत बाटो सुनसान थ्यो, दुइ जना बाहेक कोइ थिएनन् हिड्ने, गौडा निर आइपुग्दा बुधे लाइ के भो कुन्नि उसले लाहुरे लै भन्यो, "लौ हेर्नुस तल सेती किनारमा कति बढेमा को हुचिल" खोइ त भनेर लाहुरे निहुरेर के सेती तिर हेर्न लाथ्यो बुधे ले पछाडी बाट उसको पीठमा एक लात्ता दियो. लाहुरे सिधै २०० फिट तल सेती मा खस्यो. बुधे सामान लिएर सरासर आफ्नो घर तिर लाग्यो, उसको अनुहारमा कुनै ग्लानि थिएन +++++++++++++++++++++++++++++++++++++++++++++++++ कलम आफ्नै हो, सिर्जना पनि आफ्नै, सब्द हरुको कमि पनि छैन. कहिले कहिँ लाग्छ कथाका पात्र हरुलाई स्वोतन्त्र नछोडी एउटा तानाशाह ले जस्तो आफ्नो इक्च्या अनुसार तिनीहरुको कथा को अन्त्य गरि दिउ. कथा नमिठो बन्न सक्छ तर पात्र हरुमाथि अन्याय त हुदैन , तेसैले मैले पनि अर्धसत्यतामा आधारित पात्र हरुलाई उनीहरुकै इक्च्या अनुसार छोडी दिएको छु. पुरै असत्य बनाएर पात्र हरु लै मेरो इक्छ्या अनुसार डोराएको भय कथा ले अर्कै रुप लिन्थ्यो +++++++++++++++++++++++++++++++++++++++++++++++++++ ब्यथा आमा, के गर्दै हुनुहुन्छ भन्दै बुधे घर भित्र पस्यो, भात बसाल्न मात्र ला त आइपुगीछस भन्दै बुधे कि आमा ले टुकी बालिन, "कसको हो बाबु त्यो, गाऊ तिरकै कोइ लाहुरेको आएछ कि के हो? " बुधेले सुटकेस र कोट बोकेको देखेर आमा ले सोधिन ज्यामिरे को रे आमा तर एकदम रक्स्या रेछ, खाजा खाने बेलामा माइली को भट्टी मा टन्न रक्सि खाथ्यो गौडामा ढुलमुलियेर, सेतीमा पो खस्यो "हरे राम राम बिचरा" आमा ले भनिन समान खोल त बाबु, कुन गाऊ को हो थाहा पाइन्छ कि, घर मा त खबर पुराइदिन पर्छ हेरौ न त भनेर बुधे समान खोल्न थाल्यो, समान संगै एउटा कापी पनि निक्ल्यो कापीमा लेखेको होला ठेगाना भनेर बुधे ले कापी पल्टायो, कापी भित्र एउटा फोटो निक्ल्यो जुन बुधे कि आमा ले १५ वर्ष देखि घर को भित्तामा झुन्ड़ाई रहेकी थि. फोटो हेरेर एकै छिनमा बुधे कि आमा बेहोस् भइ, बुधेका हात खुट्टा लगलग कामि रहेका थिए सारा सन्सार अन्धकार लागि राथ्यो उसलाई Last edited: 27-Aug-17 04:54 PM
timi_mero_sathi · Aug 27, 2017 4:45 PM · 14,261 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion