हैन अचेल के भएको हो यो साझा ! महत्वपूर्ण जानकारी (important information) अनि केहि सहयोग को लागि पोस्ट आउनु पर्ने मा कता हो कता ! यो त बिज्ञापन गर्ने थलो भएको छ बा ! युटूब मा केहि कुरा upload गर्यो अनि त्यो साझा मा पोस्ट गर्यो ताकि धेरै जाना ले हेरुन अनि पैसा कमौउन सकियोस ! हैट् ! हुदा हुदा छोरा छोरी को गु सोरेको, अनि खेलेको पनि General Discussion मा राखेको हुन्छ बा ! त्यस्तै, एउटा ले केहि कुरा सोध्यो, बुझ्न खोज्यो, यहाँ का धेरै बिध्वान हरु (Mr. KnowAll) आफ्नो ग्यान दिन पछि पर्दैनन् बा ! टपिक एउटा हुन्छ, अनि उत्तर (answer) के हो के ! आफु ले नै १० दिन पछि पढ्यो भन्यो बुझ्दैन मैले के answer दिए भनेर ! समस्या को समाधान खोज्न आएको मान्छे लाइ, त्यसको solution दिन सकौ, सकिन्छ भने ! त्यो समस्या बुझ्न सकिएन भने सोधौ प्रस्न बुझिएन भनेर ! अनि समस्या को solution दिन सकिन्न भने चुप चाप बसौन हौ ! बेक्कार मा, नाना थरि का कुरा भन्यो, मान्छे को समस्या को खिल्ली उढायो अनि नेपाल मा बाढी भुकम्प मा नेपाल सरकार ले केहि गरेन अनि नेता ले केहि गरेनन भनेर यहाँ बसेर रास्ट्रीयता को कुरा गर्यो ! आफु बदलियौ साथि हरु ! हामि यहाँ बद्लियौ न अनि पो बिस्तारै सबै बदलिन्छ ! के भयो त एउटा नया मान्छे ले IT मा training लिन चाहन्छ अनि आफ्नो कर्म गर्न खोज्छ भने ! सक्छौ भने सहयोग गरौ, नेपाली त्यी सहयोग को लागि नै आफ्नो समुदाय मा चिनिन्छन ! सक्दैनौ भने, मजाक न गरौ कसैको दुख्ख मा ! सोचौ न आफ्नो इस्थिती हिजो का दिन मा ! आफु पनि त नया नै थियौ ! नौलो थियो यो देश अनि भेष ! एउटी चेली ले रूम चाहिएको छ भनेको छ या job पाउन गारो भयो भनेको छ, केटा हरु को लम्पसार, online love गर्न, अनि बोका जस्तै पछि लाग्न उसको ! बिचारी चेली लाइ अप्ठ्यारो पर्यो भन्ने छैन कसैको मन मा ! बिचार को बेधना अनि समस्या महसुस गर्नु त कहाँ हो कहाँ, मज्जा ले period भएको mattress को फोटो खोजेर पोस्ट गरिन्छ अनि कुरालाइ कता को कता बटारिन्छ ! थुक्क हामि नेपाली ! हाम्रो सिर को टोपी ! थुक्क ! मलाई गालि गर्न लाइ तम्किएका लम्पट गोरु हरु ! म यो देश मा आएको १२ वर्ष भयो, एउटा किशान को परिवार मा हुर्किएको थिए, आए, अध्ययन गरे, job पाइन आफ्नो education अनुसार ! IT को training लिए, मेहेनत गरे ! पहिला windows/linux admin काम गर्थिए, पछि virtualization, अनि अहिले cloud technology मा काम गर्छु,अहिले राम्रो नै position मा छु, full time काम गर्छु, अत्ति राम्रो पैसा कमाउछु ! अब मैले २ महिना training लिएर यहाँ सम्म पुगे भनेर आरिस गरेर भयो त ! महिले कत्ति मेहेनत पनि त् गरे होला नि ! मान्छे लाइ राम्रो बाटो देखाइ दिन सकिन्छ भने, गर्छ नि उसले अनि ! I know there are a lot of Mr. Know Alls, Mr. Arguments, Mr. Disputes, Mr. Egos, Mr. Diversions Mr. So called-critical and Mr. Teens.. you are welcome to criticize me please. You are Welcome. Last edited: 15-Aug-17 11:51 PM
tito-satya · Aug 15, 2017 11:45 PM · 8,366 views
Sahi ho.Yo ad ra phaltu gaff matra ko site jasto bane ko awastha cha
Hanuman1 · Aug 16, 2017 8:42 AM
jaibistashow lai ched haneko jasto cha ek line ma :P
teroobaau · Aug 16, 2017 11:47 AM
यो साझालाइ बलात्कार गर्ने बलात्कारी कतै यी महोदय त् पर्नु भएँन ? हेर्दै ...कत्टू फुकालेर बसेको जस्तो छ ...डाँका ! बटअँन अ सिरियेस नोट.... तितो सत्य ब्रोको जीवनको संघर्ष हामी सबैलाइ प्रेरणा दायक छ ! साँचीनै यो देशमा मेहनत र लगनशील भई खटेमा के मात्र सम्भव छैन भन्ने कुरो तितो सत्यब्रोको कुरोमा मिठो सत्य भइ लुकेको यथार्थ पाइन्छ ! यो महान कर्मभुमिमा पाइला टेकेपछि सबले नया अवसर र मौका पाउँछ ...र हरेक मेरा नेपाली मित्रजनहरुले यो अवसरको पूर्ण फाइदा, तितो सत्य ब्रोले झैँ, लिन सकुन भन्ने मेरो हार्दिक शुवकामना येही धागोमा व्यक्त गर्न पनि चाहान्छु !
Nas · Aug 16, 2017 7:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion