बाढीको फोटो राखेर सुरु भयो डलर उठाउने धन्दा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाढीको फोटो राखेर सुरु भयो डलर उठाउने धन्दा ! काठमाडौं - नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा संकलनको धन्दा सुरु भएको हो ।  केही दिन देखिको लगातारको बर्षका कारण नेपालको ताई लगायत पूर्व तथा पश्चिमका अधिकाशं क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रका पीडित व्यक्ति र बाढीले डुवानमा परेको स्थानको फोटो राखेर ‘समस्यामा परेका नेपालीलाई सहयोग’ भन्दै राहतका नाममा असुली सुरु भएको हो । विभिन्न व्यक्तिले इन्टरनेटमा सहयोग कोष खडा गरि देश तथा विदेशमा रहेका व्यक्तिवाट सहयोगका नाममा लाखौ रुपैयाँ रकम उठाउन थालेका हुन् ।  बाढी पहिरोले लाखौ मानिस प्रभावित भइरहेको समयमा ‘सेन्टिमेन्ट क्याच’ गर्दै हजारौं व्यक्ति तथा संघ संस्थाका नाममा राहत संकलन सुरु भएको हो । अधिकाशंले जलमग्न भएको तराई क्षेत्र तथा बाढी पहिरोले क्षतविक्षत भएको फोटो इन्टरनेटमा राख्दै सहयोग उठाइरहेका छन् । यसरी रकम उठाउने सबैको नियत खराब हुन्छन् भन्ने हुँदैन । तर, गोरखा भूकम्पको बेला देखिएको प्रवृतिले यसपटक पनि उठाइएको राहतको त्यही नियति त हुँदैन भन्ने प्रश्न उठाउने ठाउँ भने पक्कै छ । सोमबार पहन्नसम्म ‘गो फन्ड मि’ नामक क्राउड फन्डिङ साइटमा मात्र यस्ता राहत संकलनको नेतृत्व गर्ने व्यक्ति तथा संघसंस्थाको संख्या इन्टरनेटमा २ हजार ४ सय ८४ पुगेको छ । उनीहरुले स्वदेश तथा विदेशमा रहेका व्यक्तिबाट राहतका नाममा लाखौ रकम उठाइसकेका छन् । यसरी रकम उठाउनेमा प्रायः विदेशमा रहेका संस्था र व्यक्तिहरु रहेका छन् । सोमबार दिउँसोसम्म इन्टरनेटमा हेल्प फ्लोड भिक्टीम अफ नेपाल, फ्लोड भिक्टमि इन नेपाल फण्ड, नेपाल फ्लोड भिक्टीम रिलाइफ फण्ड लगायतका दर्जनौ नाममा हजारौ डलर सहयोग उठिसकेको छ ।  सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक इन्टरनेटमा डुवानमा परेका मानिस र विभिन्न स्थानको फोटो राखेर यी संस्थाका नाममा विभिन्न व्यक्तिले हजारौं डलर संकलन गरिसकेका हुन् । हेल्प फ्लोड भिक्टीम अफ नेपालका नाममा मात्र यो समाचार तयार पार्दासम्म ३ हजार ९ सय ८९ डलर संकलन भइसकको छ । यस्तै, नेपाल फ्लोड भिक्टीम रिलाइफ फण्डका नाममा ८ सय ९१ डलर संकलन भइसहेको छ । नेपाल फ्लोड भिक्टीम रिलाइफ फण्डकै नाममा एक हजार ४ सय ९९ डलर, नेपाल फ्लोड रिलाइफ फण्डका नाममा ३ हजार ५ सय २५ डलर रकम संकलन भइसकेको छ । यस्तै, अन्य विभिन्न नाममा पनि सयौ डलर रकम संकलन भइसकेको छ ।  बाढी पहिरोवाट क्षती पुगेका क्षेत्रका मानिसलाई सहयोग गर्ने भन्दै उठाइएको यो रकम ती क्षेत्रमा पुग्छ वा पुग्दैन भन्ने शंका नै रहेको छ । विभिन्न व्यक्तिले पिडीतका नाममा संकलन गरेको रकम सम्वन्धित व्यक्तिलाई पु¥याउने भरपर्दो आधार देखिएको छैन । मुलुकको भयाभय अवस्थालाई चित्रण गरेर यसरी खुुलेआम राहतका नाममा रकम संकलन भइरहेको भएपनि सम्वन्धित व्यक्ति तथा संस्थासँग यो रकम कसरी राहतका नाममा सम्वन्धित क्षेत्रमा पुग्छ भन्ने भरपर्दो आधार त्यहाँ खुलाइएको छैन ।  विगतमा पनि भूकम्पको समयमा यस्तै हजारौ व्यक्ति तथा संस्थाले राहतका नाममा रकम संकलन गरेका थिए । तर, त्यो रकम कहाँ गयो भन्ने पश्न अहिले पनि उठिरहेको छ । भूकम्प पीडितका नाममा उठाइएको लाखौ डलर कसले कहाँ खर्च गर्यो वा कुन व्यक्तिले राहतका नाममा पाए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । विगतमै राहतका नाममा संकलित रकम पारदर्शी नभएको गुनासो आइरहेका बेला फेरी बाढी पीडितका नाममा रकम संकलन सुरु भएपछि यसको पारदर्शितामा अझ ठूलो प्रश्न उब्जिएको सरोकारवाला बताउँछन् ।  कुनै व्यक्ति वा संस्थाले कमाउ धन्दाका लागि यस्तो अभियान चलाएको हुन सक्ने सरोकारवालाको बुझाइ छ । देश तथा विदेशमा रहेका हजारौ व्यक्तिवाट संकलित लाखौ रकम कसरी खर्च भइरहको छ भन्ने कुनै तथ्यपरक आधार नदेखिएकाले सहयोग संकलनमा शंका रहेको उनीहरु बताउँछन् । यता सरकारले पनि विभिन्न व्यक्ति तथा संस्थाका नाममा रकम संकलन र आफुखुसी वितरण सुरु भएपछि त्यस्तो कार्यलाई बन्द गर्न निर्देशन जारी गरेको छ । त्यसरी संकलित रकम पारदर्शि नदेखिएको र आफुखुसी विभिन्न गैसरकारी संस्थाका नाममा राहत वितरण सुरु भएपछि सरकारले ‘वान डोर’ नीति लिएको हो ।

NepalPsycho · Aug 14, 2017 10:46 PM · 3,017 views

1 Reply

धन्दा

NepalPsycho · Aug 16, 2017 12:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all