रत्न राज्य लक्ष्मि क्याम्पस प्राध्यापक बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । रत्न राज्य लक्ष्मि क्याम्पस आरआरका प्राध्यापक विष्णुप्रसाद आचार्य बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन् । एमए तहमा अध्ययनरत छात्रामाथी साउन १२ गते क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी यौन दुराचार गरेको आरोपमा महानगरीय प्रहरीको अपराध महाशाखाले पक्राउ साउन १८ गते बुधबार क्याम्पसबाटै पक्राउ गरेको हो । यौन दुराचारमा परेकि छात्राको उजुरीको आधारमा प्रहरीले प्राध्यापक आचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका प्राध्यपक अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । पक्राउ परेका प्राध्यापक आचार्य कसरी भयो यौन दुराचार ? यौन दुराचारमा परेकी छात्रा बिरामी भएर कक्षामा एक्लै बसेकि थिइन । त्यही मौका छोपी प्राध्यापक आचार्य कक्षामा प्रवेश गरेका थिए । प्राध्यपक आचार्यले ढोका थुनेर विभिन्न प्रलोभन देखाउँदै यौन दुचारको प्रयास गरेका पीडितको पक्षबाट प्रहरीमा परेको उजुरी यस्तो उल्लेख छ । उजुरमा उल्लखे भए अनुसार प्राध्यापक आचार्यले कक्षा कोठामा चार बजे पछाडी अन्य कोही साथी नभएको मौका छोपि छात्रालाई ‘तिमि म सँग यौन सम्पर्क राख त्यसको बदलामा तिमिलाई आवश्यक गर्ने सबै नोट उपलब्ध गराउछु, जसका लागि उचित समय मिलाएर खबर गर्नु’ भनेका थिए । पीडितको पक्षबाट परेको उजुरी अनुसार प्राध्यापक आचार्यले उत्त छात्रालाई यौन हिंसा जन्य उदेश्यले ‘तिमि कक्षामा अनुपस्थित हुँदा मलाई पढाउन रहर हुँदैन, म जस कारण प्राध्यापकिय प्रवाह दिन सक्दिन, जस कारण दैनिक कक्षामा आउने गर, म तिमिलाई मुटु देखि नै माया गर्छ’ इमेल समेत गरेका थिए । प्राध्यापक आचार्यले छात्रालाई लेखेको इमेल यसरी बारम्बार प्राध्यापक आर्याले यौन दुराचारको प्रयास गरेपछि पीडित र पीडित पक्षका बिद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरी पछि प्राध्यापक आचार्य पक्राउ परेका हुन । http://www.nepalhd.com/2017/08...

ktmpost · Aug 4, 2017 8:34 AM · 4,185 views

1 Reply

त्यो इमेल पधदा त् तेस्तो केहि नराम्रो लेखेको त् देखिंदैन ! झन् म तिमीलाई कति इज्जत र माया गर्छु भनेर प्रेम जताउन भाका छन् शिक्षक महासयले ! साँचो प्रेम गर्न भाको जस्तो छ ! मेरो बिचारमा यो अरु केहि नभएर बिचरा सरलाई फसाउन झुठो बोलेको हुनपर्छ नकचरिले !  Last edited: 04-Aug-17 11:57 AM

Nas · Aug 4, 2017 11:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all