अलपत्रकारितको ज्वलन्त उदाहरण हालसालै पानी को बेग संग उदांगियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटै घटना, दुई एङ्गल : के फोटोले आफै बोल्छ? By Salokya, on July 25th, 2017 आज काठमाडौ पोस्टको पहिलो पेजमा छापिएको सन्जोग मानन्धरको एउटा फोटो निकै चर्चाको विषय बन्यो। उही मिडिया हाउसको अर्को पत्रिका कान्तिपुरको भित्री पेजमा छापिएको हेमन्त श्रेष्ठको अर्को फोटो पनि थियो। त्यसको भने खासै चर्चा भएन। खासमा यो उही समय खिचिएको तर फरक एङ्गलका फोटो थिए। धेरै चर्चामा आएको फोटो यो थियो। फोटो आफै बोल्ने खालको रहेको भन्दै यसको प्रशंसा भयो। तर फोटोले हैन फोटोको क्याप्सनले केही बोलिरहेका थिए, जसलाई धेरैले वास्तै गरेनन्। फोटो हेर्दा ह्विलचियरमा रहेका मानिसलाई विद्यार्थीले सहयोग गर्न खोजेको जस्तो देखिन्छ। तर क्याप्सनमा भने सहयोग गर्न विद्यार्थीले गरेको प्रयासलाई ह्विलचियर प्रयोगकर्ताले अस्वीकार गर्दै गरेको लेखिएको छ। कान्तिपुरमा छापिएको हेमन्त श्रेष्ठको अर्को फोटो हेरौँ- यो फोटोले देखाउँछ त्यहाँ अरु पनि पैदल यात्रु थिए। तर उनीहरु ह्विलचियर प्रयोगकर्तालाई सहयोग गर्न आएका छैनन्। जसले सहयोग गर्न खोजेका थिए उसले पर्दैन भनेको माथिकै फोटोको क्याप्सनले बताउँछ। फोटोमा देखिन्छपानी कम भइसकेको ठाउँमा ह्विलचियर जाँदैछ र नतानिकन पनि ऊ आफै जान सक्षम छ। शायद् त्यसैले तिमीहरुको दया चाहिँदैन भनेर ‘पर्दैन तान्न’ भनेका हुन् कि। दुवै फोटो एउटै समयमा खिचेको देखिन्छ। दुवै फोटोमा विद्यार्थीले ह्विलचियर तान्न खोजेको र ह्विलचियरमा भएकोले हात उठाएर पर्दैन भन्दै गरेको देखिएको छ। पहिलो फोटोमा अरु दृश्य नसमेटिएकोले पानी डरलाग्दो देखिएको छ। दोस्रोमा त्यस्तो छैन। तर दुवै फोटो एकै समयमा खिचिएको छ। अझ पहिलो फोटोमा क्यामेरा बोकेका एक व्यक्ति पनि देखिएको छ। तर उसले फोटो खिच्दै गरेको छैन। एकै समयमा खिचेको देखिएकोले त्यो क्यामेरा भने अर्कै व्यक्तिको हुनुपर्छ।  के स्वभाविक घटना नभएर तान्न लगाएर यो फोटो खिचिएको हो? ट्विटरमा यस्तो प्रश्न पनि उठेको छ। पहिलो फोटोको माथिल्लो दायाँ छेउमा हेर्दा पानी देखिन्न। तर दोस्रो फोटोमा हेर्दा पानी नभएको इँटा छापिएको ठाउँ निकै पर देखिन्छ। यस्तो कसरी भयो? फोटो आफै बोल्छ भन्ने उखान भए पनि यस्ता प्रश्नले फोटोले आफै बोल्दैन भन्ने देखिएको छ। http://www.mysansar.com/2017/0...

ktmpost · Jul 31, 2017 9:47 AM · 3,106 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all