नेवार थर र सिम्रौनगढ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेवार थर र सिम्रौनगढ शनिबार, ०७ साउन २०७४, १३ : १३&nbsp;|&nbsp;&nbsp;निर्मल श्रेष्ठ &nbsp;मौजुदा संविधानको एउटा सुन्दर पक्ष भनेको पहिचानको उठान हो। संविधानले पहिचानलाई सुरक्षित गरेको छ भने आफ्नो पहिचानका लागि सबै जागरुक छन्। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो। विभिन्न जातजातिको बसोबास रहेको यस इन्द्रधनुषीय मिलनभित्र नेवार जाति पनि एक हो। काठमाडौं खाल्डोलाई नेवारको उद्गमस्थलको रूपमा लिने गरिन्छ। काठमाडौं खाल्डोमा नेवार कहाँबाट आए भन्नेबारे विभिन्न मान्यता रहेका छन्। उच्च वर्गका नेवारले आफूहरू भारतबाट आएको भन्ने गर्छन् भने उत्तर पूर्वतिरबाट आएको भन्ने मत पनि रहेको छ। साथै, कसैले 'नायर' भन्ने ठाउँबाट आएका हुन् भन्ने गर्छन्। हिन्दू नेवारले तिब्बेटो–बर्मिज समूहका बुद्धिस्टभन्दा आफूलाई उच्च मान्ने गर्छन्। 'नायर विचार'सँग जोडिएका नेवारले नेवार नायरसँग नजिक रहेको ठान्दछन्। भाषागत रूपमा नेवारी भाषा, तिब्बेटो–बर्मिज भाषासँग सादृश्यता रहेकाले नेवार उत्तरतिरबाट आएको भन्ने मत रहेको छ। तर, नेवारी भाषाको धेरैजसो<span style="fon

_____ · Jul 23, 2017 6:12 AM · 5,244 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all