कन्सल्टेन्सी बिजिनेसबाट मिल्लियोनेर बनेका गौरी जोशी किन एन आर एन को निर्वाचनबाट बाहिरिए?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

20th Jul 2017, Thursday | २०७४ श्रावण ५, बिहीवार २२:३३ हिमालयखवर संवाददाता वासिंटन डिसी (अमेरिका)- एनआरएन अमेरिकाको निर्वाचनमा नेतृत्वका लागि सबैभन्दा बलियो मानिएका गौरी जोशी अध्यक्ष पदको दौड वाट वाहिरिएका छन् । एनआरएन अमेरिका निर्वाचन समिति द्धारा बिहीबार राती सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा गौरीको नाम राखिएको छैन । यस सँगै गौरी एनआरएन अमेरिकाको नेतृत्वको दौडदौडबाट बाहिरिएका हुन् ।    उनको उम्मेदवारीलाई रितपुर्वक नभएको भन्ने आधारमा हटाईएको हो । निर्वाचन समितिले व्यक्तिगत रूपमा गौरीलाई के जानकारी दिएको छ यो सार्वजनिक भएको छैन । गौरीले यो साता कोलोराडो र न्यूओर्कमा चुनावी भेटघाट राखेका थिए । तर, विभिन्न अफवाह आएकाले शुक्रवार कोलोराडोमा हुने भनिएको कार्यक्रम रद्द गरिएको थियो ।   अनौपचारिक रूपमा ६ महिना अघिवाट नेतृत्वका लागि अनौपचारिक रूपमा तयारी गरेका गौरीले अहिलेसम्म आईपुग्दा लहर जस्तै आएको थियो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले आफू पुन उम्मेदवारी नदिने भनेपछि गौरी उनकै सल्लाहमा अध्यक्षमा उठ्ने निर्णयमा पुगेका थिए । गौरीले आफू उठ्ने चाहना सार्वजनिक गरेको केही महिना पछि डा पौडेलले उनलाई वरिष्ठ उपाध्यक्षमा बस्ने आग्रह गरेका थिए ।   अहिले वरिष्ठ उपाध्यक्षमा सहमतिमा आउन र तीन महिना पछि कार्यवाहक अध्यक्ष दिने प्रस्ताव डा पौडेलको थियो । पौडेलले आफू केन्द्र अर्थात् एनआरएनए आईसीसीमा जाने र त्यस बेला गौरीलाई कार्यवाहक दिने प्रस्ताव गरेका थिए । तर, गौरीले भने आईसीसीमा आफू डा केशवलाई सघाउन पुरा तयार रहेको हुदां अहिलेनै अध्यक्षमा समर्थन गर्न आग्रह गरेका थिए । डा पौडेलले सुरक्षित अवतरण खोज्दा दुई बिच सहमति हुन सकेन् ।    गौरीलाई यो चुनावी प्रतिस्पर्धामा जनसम्पर्क समिति, प्रवासी मञ्च लगायत युवा समूहको व्यापक समर्थक थियो । एनआरएन अमेरिकामा परिवर्तन चाहेका प्राय गौरीका पक्षमा थिए । गौरीले पनि अमेरिकामा बस्ने नेपालीका लागि एनआरएन अमेरिका भन्ने मुख्य एजेण्डा बनाएका थिए ।    गौरी समूहको अबको रणनीति के हुन्छ ? यो आउन बाँकी छ । गौरीको पक्षमा एनआरएन अमेरिकाको न्यायिक समितिमा निवेदन भने परेको छ । न्यायिक समितिले न्याय दिने आसमा गौरी पक्षधरहरु बिहीबार नै न्यायिक समिति गएका हुन् ।    उम्मेदवार को हुन पाउने को नपाउने भन्ने विवादमा क्षेत्रीय संयोजक सोनाम लामा पनि तानिएका छन् । निर्वाचन समितिलाई उनले पठाएको पत्र पछि एनआरएन पूर्व अध्यक्ष खगेन्द्र जीसीले क्षेत्रीय संयोजक लामालाई आफ्नो दायरा क्रस नगर्न इमेल मार्फत सुझाव दिएका थिए ।    जोशीलाई अन्याय भएको धेरैले अनौपचारिक प्रतिक्रिया दिएका छन् । हिमालयखवरले गौरी जोशीसंग प्रतिक्रिया लिने प्रयास गरिरहेको छ । कुनै पनि वेला सम्पर्क भए लगत्तै राखिने छ ।    टेक्सस ड्यालसमा बस्ने जोशी सफल व्यवसायी पनि हुन् । उनले समाजिक क्षेत्रमा पनि थुप्रै लगानी गरेका छन् । जोशी अहिले एनआरएन अमेरिकाका सल्लाहकार छन् । उनी नेपाली समाज टेक्ससका अध्यक्षपनि भएका थिए ।    निषेधको राजनीति  र विवादले एनआएन आउनेदिनमा झन् कमजोर हुनेमा धेरैले शंका गरेका छन् ।  निर्वाचन समिति प्रमुख वन्दिता दाहालले बिहीबार दिउसो आफ्नो फेसबुकमा दबाब परेको संकेत गर्दै अव छिट्टै उम्मेदवारको सूची आउने र आफूले स्वतन्त्र भएर काम गरेको दाबी गरेकी थिइन ।    यो पनि पढ्नु होला >>एनआरएन अमेरिकाको नेतृत्वका लागि अध्यक्षमा चार सहित १६७ जनाको उम्मेदवारको नाम सार्वजनिक   नामावाली हेर्नको लागि यहाँ थिच्नुहोला    एनआरएन अमेरिकाका उम्मेदवार बिच शनिवार अगष्ट ५  मा ड्यालसमा प्रत्यक्ष बसह हुने   भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस, युनाइटेड नेपलिज फेलोसिप लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा  एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ ।   त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी दिनेको अन्तिम सूचीपनि आईसक्ने हुनाले यस्तो नेपाली समुदायलाई भोट हाल्न सहयोग पुग्ने गरी बहस राखिएको भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।    अहिले अध्यक्ष पदमा उम्मेदवारी दिने सबैले उक्त बहसमा आउने बताएको आयोजकले जानकारी दिएका छन् । यो बहस सबै मिडियाका लागि खुला गरिएको छ ।    भिजन फर नेपाल फाउण्डेशनले दुई वर्ष अघि पनि एनआरएनका अध्यक्ष पदका उम्मेदवार बिच प्रत्यक्ष बसह कार्यक्रम सञ्चालन गरेको थियो । यस पटकपनि प्रारिम्भक बहस कार्यक्रम गरिसकेको छ । बहसले मतदातालाई आगामी नेतृत्वका लागि योग्य प्रतिनिधि छान्नका लागि सहयोग गर्ने भिजन फर नेपालले जनाएको छ । http://www.himalayakhabar.com/...

ktmpost · Jul 21, 2017 8:11 AM · 2,830 views

1 Reply

हो र तेस्तो छोड्ने भए किन बेक्कार मा ज़बर्ज़स्ती अरु लाई पैसा दिई दिई रात भर NRN account खोल्न अनि registration गर्न लगाएर......मान्छे को time बर्बाद गरेर.... क्ये काम नपाएको हो बुढो ले ...बरु राम्रो काम गर्नु नि नेपाली को लागि प्रेसिडेन्ट त यसै भै हाल्छ नि.....what a waste of other people time and energy

dharanedallas · Jul 21, 2017 8:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all