बस्टन सप्ताह अगस्ट ६ देखि १२ मा सबैलाई स्वागत!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.youtube.com/watch?... १४ जुलाई, बोस्टन । बोस्टनमा आगामी अगष्ट ६ देखि १२ सम्म साताव्यापी बहुधार्मिक, बहुसांस्कृतिक तथा आध्यात्मिक महोत्सव हुंदैछ । उक्त महोत्सवलाई ‘श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव-बोस्टन सप्ताह २०१७’ भनिएको छ । बोस्टन सप्ताह २०१७ मा नेपाल लगायत विश्वभरीका नेपाली समुदायवीच अत्यन्तै लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवतको प्रवचन हुने छ । बोस्टन सप्ताह आयोजक मूल समितिका अनुसार सप्ताहमा श्रीमद्भागवत प्रवचन बाहेक कलश यात्रा तथा झाँकी प्रदर्शन, रुऽी पाठ, चण्डी पाठ, बौद्ध तथा किराँत धर्म शिक्षा, लामा पाठ, ब्रज्रयान गुरूजू पूजा, लाखबत्ती, मूर्ति प्राण प्रतिष्ठा र अखण्ड ध्यान -रिले मेडिटेशन) जस्ता बिशेष कार्यक्रमहरू समेत हुनेछ । यसले धार्मिक सहिष्णुता कायम हुने विश्वास लिइएको छ । त्यस्तै भक्तजनहरूको लागि तुला दान, दश दान, चौरासी पूजा, सामुहिक ब्रतबन्ध, ब्रत समापन, र गुन्यूचोलो जस्ता अनुष्ठान सेवाहरूको पनि व्यवस्था गरिएको छ । ब्रतबन्धको लागि आवश्यक सामग्री सप्ताहमै उपलब्ध गराइने छ भने गुन्यूचोलो चाँही सेवा लिन चाहने आफैंले ल्याउनुपर्ने आयोजक मुल समितिको भनाइछ । सप्ताहको आधारिक वेभसाइटमा उल्लेखित कार्यतालिकानुसार अनुष्ठान सेवाहरू सप्ताहको अन्तिम दिन गरिने छ भने मूख्य भागवत प्रवचन वाहेकका कार्यक्रमहरू तोकिएको बिशेष समयमा मूख्य प्रवचनलाई असर नपर्ने गरि गरिने छ । न्यूईङ्गल्याण्डको ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीहरुको जनसंख्या उल्लेख्य रुपमा बढेसँगै आˆनो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न आˆनै मन्दिर तथा सांस्कृतिक केन्ऽको आवश्यकता महसुश भएकोले बोस्टनमा नेपाली सामुदायिक केन्ऽ स्थापनार्थ सन् २०१२ मा पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यूईङ्गल्याण्डको स्थापना भयो । साढे १ मिलियल डलर संकलन गर्ने लक्ष्य एउटै प्राङगणमा एकातिर पशुपतिनाथको मन्दिर र अर्काेतिर बुद्धको स्तुपासहितको सामुदायिक भवनको स्थापनार्थ फाउण्डेशनले अहिलेसम्म द्यौसीभैलो लगायतका कार्यक्रमहरू मार्फत करिब एक लाख ८५ हजार अमेरिकी डलर जम्मा गरिसकेको छ । उक्त रकम सामुदायिक भवनको लागि अत्यन्तै नपुग भएकोले ठूलै रकमको जोहो गर्न बोस्टन सप्ताहको आयोजना गरिएको संस्थाको अध्यक्ष बिष्णुमणी आचार्यको भनाइ छ । सप्ताहबाट करिब १.५ मिलियन डलर उठाउने लक्ष्य रहेको छ । १००१ सदस्यीय मूल समिति फाउण्डेशनका महासचिव बिरोचन नेपालका अनुसार बोस्टन सप्ताह आयोजनाको लागि गत जुन १९ तारेख वेस्ट रक्सबरी स्थित हिमालयन बिस्ट्रोमा बसेको पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यूईङ्गल्याण्डको कार्यसमितिको पूर्ण बैठकले फाउण्डेशनका कोषाध्यक्ष शुशिल पौडेलको संयोजकत्वमा, पुष्कर न्यौपानेलाई महासचिव, र रञ्जन थापालाई कोषाध्यक्ष तोकी ३ सदस्यीय बोस्टन सप्ताह तयारी समिती गठन गरेको छ । तयारी समितिले बोस्टन सप्ताह २०१७ आयोजनाका लागि १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरेको छ । जसमा यस क्षेत्रमा बस्ने नेपालीहरुको उल्लासपूर्ण सहभागिता रहेको छ । कार्यसंचालन र ब्यबस्थापन सहजताको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु बनाइएको छ । बोस्टन क्षेत्रमा लामो समय बस्दै आएका लोक गायक मिन केसीको शव्द र स्वरमा गाइएको ‘सबैले बजाउँदै ताली, सप्ताहमा आउनुस है यसपाली’ भन्ने लोक गीत मार्फत यस क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरूलाई सप्ताहमा निमन्त्रणा गरिएको छ । सप्ताह मेडफड्स्थित शिवालय मन्दिरमा हुनेछ । सप्ताहको तयारी तीव्र कलश यात्रालाई बिशेष महत्व दिंदै सप्ताहको तयारी तीब्र रूपमा अगाडी बढेको छ । सप्ताहमा आ-आफ्नो जातीय तथा साँस्कृतिक भेषभुषा सहित १००८ महिलाहरूले १००८ कलश लिएर मन्दिर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । आयोजक मूल समितिका सदस्य पुष्कर न्यौपानेका अनुसार कलश यात्रा सप्ताहको पहिलो दिन अगष्ट ६ तारेख आइतबार स्थानस्य समय नुसार बिहान ११ः३० बजेदेखि दिउँसो १२ः३० बजे समापन हुनेछ । मिमिडया र सोसल मिडिया लगायत सप्ताहको प्रचारप्रसारको शुरूवात गत आइतबार, जुलाई ९ ताखिख समरभिल आर्ट काउन्सिल र स्थानीय नेपाली संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीको संयुक्त पहलमा आयोजित नेपाल मेलामा बोस्टन सप्ताहको डेस्कै राखी गरिएको थियो । उक्त मेलामा सप्ताहमा स्वेच्छि तथा अनुष्ठान सेवा लगायत सहभागिताको लागि सयौंले दर्ता फारम भरेका थिए । यसको साथै प्रचारप्रसारको लागि विभिन्न माध्यमहरू प्रयोग गर्दै अन्य कम्युनिटीकाहरूमा पंहुच बढाउन समेत थालिएको छ । सप्ताहको तर्फबाट आज यसका प्रमुख कर्ता हरि काˆलेले महेश सुवेदीलाई उपवाचकको रुपमा, रमेश खनाललाई गणेशको रुपमा तथा श्री दिनेश ढुङ्गेललाई पूजाचार्यको रुपमा आधिकारिक निमन्त्रणा दिए । उक्त निमन्त्रणा सबैले स्वीकार गरी मन, वचन तथा कर्मले यस सप्ताहमा काम गर्ने दृढता ब्यक्त गर्नुका साथै यस सप्ताहको क्रममा भक्तजनबाट आफूले पाउने दक्षिणा समेत सप्ताहलाई दिइने घोषणा गरेका छन् । सप्ताहमा कलशको महत्व प्रमुख कर्ता काफ्लेका अनुसार सप्ताह महायज्ञको कलश र कलशमा भएको जलको ज्यादै महत्व छ । सबै देवीदेवताहरूको आहृवान गरेर वहाँहरूको उपस्थितिमा सप्ताह सम्पन्न गरिएको हुन्छ । उक्त अवसरमा राम्रा नराम्रा सबै ग्रहहरूको पूजा पनि गरिएको हुन्छ । वास्तवमा अग्नि (सूर्य) र जल हरेक प्राणीको जीवनसंग सम्बन्धित भएकोले संसारका सबै धर्ममा पूजा-प्रार्थना गर्दा जललाई नजिक राखिन्छ । जलले धूलो मैला सफा गर्ने मात्र नभएर श्वास प्रश्वास र आँखाको दृष्टिलाई समेत सुन्दर राख्छ भन्ने आम बुझाइ छ । धार्मिक दृष्टिकोणको कुरा गर्दा यस सप्ताहभर विभिन्न मन्त्रद्वारा कलशमा भएको पानीलाई शक्ति सम्पन्न पारिन्छ । यो जल आफ्नो कोठा -घरमा राखियो भने परिवार सबैको दुःख दूर हुने र सबैको मनमा आनन्द प्राप्त हुनेछ, अधूरा कामहरू पूरा हुनेछन्, सबैको मन शान्तभावले पूर्ण भई पढाई वा जागिर गर्नेहरूमा आत्मविश्वास र लगनशिलता बढ्नेछ । अध्यात्म दर्शन र वैदिक परम्परामा विश्वास गर्नेहरूका लागि त यो जलयुक्त कलश हरिश्चन्ऽ राजाको प्रार्थनाबाट धर्तीमा आएकी गंगा नै हो । यो जलले सिञ्चन गरेपछि शत्रु, रिस, राग, असन्तोष, अहमता, अहंकार सबै विस्तारै नष्ट भएर जानेछ । यस कुरामा विश्वास गर्नेहरू वाहेक द्विविधा (शंका) हुनेहरूले समेत यस अवसरमा प्रयोग गरेर हेर्न मेरो सुझाव छ तर प्रयोग भने विधिपूर्वक श्रद्धाले गर्नु पर्दछ । यदि विधि पुर्‍याउन गाह्रो भए श्रद्धापूर्वक चै हूनुपर्छ । सप्ताह आयोजक मूल समितिका अनुसार बोस्टन सप्ताहमा भजन मण्डलीको समेत व्यवस्था भइसकेको छ । सप्ताहमा आउने भक्तजनहरूलाई हरेक दिन महाप्रसाद र जलपानको व्यवस्था गरिने छ । भोजन र जलपानको स्पोन्सर गर्न दाताहरूलाई आहृवान समेत गरिएको छ । पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यूईङ्गल्याण्ड नरउड सवकमिटीले सप्ताहको दोस्रो दिन भोजन, जलपान लगायत स्वयंसेवा गर्ने प्रतिवद्धता आएको छ । साभार अनलाइन खबर http://www.onlinekhabar.com/20... Event info @ http://sajha.com/sajha/html/in...

Sajha Info · Jul 16, 2017 6:36 PM · 12,521 views

6 Replies

लौ रासन भासन र प्रबचन सित्तै पाउने छोडन हुन्न भन्थे पाकाले , बोस्टन बासि नछोड यस्तो मौका !

magorkhe1 · Jul 17, 2017 9:56 AM

विदेशमा बस्न भएर नी हाम्रो धर्म संस्कृति बचाउने एस्तो महान कार्यको आयोजना गर्न हुने समितिका सम्पूर्ण धर्म र राष्ट्र प्रेमी व्यक्ति महोदयहरुलाई म नाज ब्रोको तर्फ हार्दिक नमन ! आज देशको धार्मिक अस्तित्व बेचेर खाने नपुंसक नेताहरुलाइ विदेशमा बसेर नि आफ्नो मात्री धर्मको जगेर्ना गर्ने हाम्रा बोस्टन बासिहरुले एक एक पोका गु सिंहदर्बारमा उपहार स्वरूप पठाई दिन पर्छ ताकि तिनीहरुले उहाहरुको गु प्रसाद सरह चाखे आफ्नो धर्म प्रतिको वफादारिता फिर्ता आउंथ्यो कि ? म येही धागो बाट आयोजक महोदय्हरुलाई हाम्रो राष्ट्रलाइ पुन: सनातन हिन्दु राष्ट्र घोसना गर्न नेपालका खाते सरकारलाई तिब्र दवाब दिन पनि आव्हान गर्दछु ! अन्त्यमा सम्पूर्ण बोस्टन बासीहरुले पूर्ण जागरुकताका साथमा यो महोत्सभमा सहभागिता जनाउन हुन् हार्दिक आग्रह पनि गर्दछु !

Nas · Jul 17, 2017 10:26 AM

तर खबरदार ! यहा मल्टि मिल्येंन डलरको कारोबार हुने रहेछ ! जब पैसाको कुरा आउँछ तब हामी नेपालीहरु आफ्नो जन्मजात खातेपना देखाउन थालि हाल्छ ! अस्ति भर्खर मात्र साझामा निउयोर्कका केहि रांडीका किरोहरुले नेपालमा भुकम्पको लागि उठाको पैसा हिना मिना गर्यो भन्ने पढेको थिए ! तेस्तो दैनिय अवस्थाको लागि उठाको पैसा त् खान सक्छन भने, अरु थोकमा उठाको पैसा त् झन् खान किन न बेर ! साला त्यो खाते ये.येन.येको हालत नि भ्रस्तचारले तेही भाको होइन र ! थुक्क मुजीहरु ! तेसैले म के भन्न चहान्छु भने, त्यहा भोलि गएर उठाको रकममा एक पेनि पनि तल माथि भो भने, हाम्रा बोस्टन बासीले चाक बाट मात्र होइन मासी बाट पनि गु झारीवरी भ्रस्टचारीको घाँटीमा कोचाउने हुनेछ ! याद गर्नुस है समितिका आदरणीय महोदयहरु !

Nas · Jul 17, 2017 1:23 PM

धार्मिक महानुभाब अनि दिन बन्धु का गुण गान गायक हरु लौ तास्नुस उनका प्रबचन | सुने पछि कमेन्ट गरौला ! Last edited: 22-Jul-17 08:57 PM

magorkhe1 · Jul 18, 2017 1:50 PM

Schedule / कार्यतालिका &nbsp;Sunday, August 6&nbsp;10:00 – 12:30 PM&nbsp;Kalash Yatra and Jhanki&nbsp;कलश यात्रा तथा झाँकी1:00 – 2:30 PMInauguration&nbsp;उद्घाटन&nbsp;3:00 – 6:00 PM&nbsp;Bhagwat Pravachan&nbsp;भागवत प्रवचन&nbsp;6:00 – 7:00 PM&nbsp;Break for Prasad&nbsp;प्रसाद ग्रहण&nbsp;7:00 – 9:30 PM&nbsp;Bhagwat Pravachan&nbsp;भागवत प्रवचन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलि&nbsp;Monday, August 7&nbsp;12:30 – 3:00 PM&nbsp;Introduction to Buddhism and Buddha’s Story&nbsp;बुद्ध कथा तथा बौद्ध धर्म परिचय&nbsp;3:00 – 6:00 PM&nbsp;Bhagwat Pravachan&nbsp;भागवत प्रवचन&nbsp;6:00 – 7:00 PM&nbsp;Break for Prasad&nbsp;प्रसाद ग्रहण&nbsp;7:00 – 9:30 PM&nbsp;Bhagwat Pravachan&nbsp;भागवत प्रवचन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलि&nbsp;Tuesday, August 8&nbsp;12:30 – 3:00 PMPracticing Buddha Teachings in Daily life / Meditationबौद्ध शिक्षाको दैनिक प्रयोग / ध्यान&nbsp;&nbsp;3:00 – 6:00 PMBhagwat Pravachanभागवत प्रवचन&nbsp;&nbsp;6:00 – 7:00 PMBreak for Prasad&nbsp;प्रसाद ग्रहण&nbsp;&nbsp;7:00 – 9:30 PMBhagwat Pravachan&nbsp;भागवत प्रवचन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलिWednesday, August 912:30 – 3:00 PMBauddha Chanting / Poojaलामा पाठ / पूजा3:00 – 6:00 PMBhagwat Pravachanभागवत प्रवचन6:00 – 7:00 PMBreak for Prasadप्रसाद ग्रहण7:00 – 9:30 PMBhagwat Pravachanभागवत प्रवचन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलिThursday, August 1012:30 – 3:00 PMBajrayana Guruju Poojaबज्रयान गुरुजु पूजा3:00 – 6:00 PMBhagwat Pravachanभागवत प्रवचन6:00 – 7:00 PMBreak for Prasadप्रसाद ग्रहण6:00 – 7:00 PMBreak for Prasadप्रसाद ग्रहण7:00 – 9:30 PMSai Bhajanसाई भजन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलिFriday, August 1112:30 – 3:00 PMKiraat / Limbu Poojaकिराँत / लिम्बू पूजा3:00 – 6:00 PMBhagwat Pravachanभागवत प्रवचन6:00 – 7:00 PMBreak for Prasadप्रसाद ग्रहण7:00 – 9:30 PMBhagwat Pravachanभागवत प्रवचन&nbsp;9:30 – 10:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलिSaturday, August 128:00 – 3:00 PMAnusthanअनुष्ठानहरू12:00 – 1:00 PMBreak for Prasadप्रसाद ग्रहण3:00 – 6:00 PMBhagwat Pravachanभागवत प्रवचन6:00 – 7:00 PMLakhbatti, Aarati, Hawanलाखबत्ती, हवन&nbsp;7:00 – 8:00 PM&nbsp;Aarati &amp; Pushpaanjali&nbsp;आरती तथा पुष्पाञ्जलि8:00 – 10:00 PMBhajan, kirtan and celebrationभजन, कीर्तन तथा उत्सवRituals done on the last day:अन्तिम दिन गरिने अनुष्ठानहरूSamuhik Bratabandhaसामुहिक ब्रतबन्ध<td style="box-sizing: inherit; padding: 0.25em; border-width: 0px 1px 1px 0px; border-style: solid; border-color: r

Sajha Info · Jul 22, 2017 4:39 AM

तुला दान पनि रहेछ लौ खुद्रा खुदरी को सदुपयोग गरौ | साच्चै जोखीइञ्छ ?

magorkhe1 · Jul 23, 2017 4:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all