राष्ट्रपति भण्डारीले सुविधाको गाडी दुरुपयोग गर्दै बेचेको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राष्ट्रपति भण्डारीले सुविधाको गाडी दुरुपयोग गर्दै बेचेको खुलासा यो सवारी साधन राष्ट्रपति भण्डारीले संसद सुविधाको नाममा लिएको सवारी साधन हो । अहिले अवैध रुपमा विक्रि गरिएको फेला परेको छ । काठमाडौं । संसद तथा राज्यको विभिन्न अंगमा भएका व्यक्तिहरुले पाउँदै आएको भन्सार कर छुटको सवारी साधन व्यापक दुरुपयोग हुँदै आएको छ । यहि दुरुपयोग गर्नेहरुको पंक्तिमा यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संलग्न भएको रहस्य तीव्रखबरले फेला पारेको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरी कर छुट सुविधाको सवारी साधन निजी प्रयोगको लागि खरिद गर्ने गरिएको भएतापनि त्यस्ता सवारी साधनहरु बेचेर दुरुपयोग गर्नेहरुको फेहरिष्टमा लामो छ । यतिवेदा राष्ट्रपतिलाई महंगो सवारी साधनको माग भैरहँदा भएको तीव्र आलोचनासंगै उनले संसद सुविधामा खरिद गरेको सवारी साधन २३ लाखमा विक्री गरेर दुरुपयोग गरेको खुलासा भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा मिति २०५३ अशोज २० गते संसद सुविधा अन्तर्गत दर्ता कायम भएको बा २ च ९५७५ नम्बरको ल्याडक्रुजरलाई उनले झापा विर्तामोड स्थायी घर भई हाल काठमाडौं सरस्वतीनगर बस्ने मेगेन्द्रराज लिङदेनलाई विक्री गरेको बर्षौ भईसकेको छ । सुविधाको सवारीसाधन भएको र पास गर्न नमिल्ने भन्दै राष्टपति भण्डारीले घरायसी कागज बनाएर बेचबिखन गरेको तीव्रखबरलाई प्राप्त कागजातमा उल्लेख छ । राष्टपति भण्डारीले सुविधाको सवारी साधन यसरी दुरुपयोग गर्दे बेचबिखन गर्दै अर्काे सुविधाको सवारी साधनपनि खरिद गरेको बताइएको छ । सुविधाको दुरुपयोगका थप समाचार तीव्रखबरले खोजी गरिरहेको छ । श्रोत : तीव्रखबर http://www.dainikheadlines.com...

ktmpost · Jul 12, 2017 8:46 AM · 3,885 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all