२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन  सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो । वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरुले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवन भन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू " इही संस्कार " अंगाली आएका नेवार समुदायका महीलाहरु बाहेकका अन्य महिलाहरुका लागि एउटा कष्टकर चुनौती हो भने सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । तर सतीले यो निर्णय पति भगवान शिव जिवित छंदै लिएर आत्मदाह गरेका थिए । जबकी सती प्रथामा पतिको मृत्यु पश्चात् दनदन बलिरहेको चितामा पत्निलाई उनको इच्छा बिपरित बलझफ्ती बस्नलगाईन्थिय । सती शब्दको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ । महिला हिंसाको सबैभन्दा चरमरुप को यो सती प्रथा अमानविय कु-प्रथाको हो । वैदिक सनातनी समाजमा विवाहित लोग्ने मरे पछि पत्निहरुले पतिको शवसँगै चितामा जलेर सह-गमन गर्नु पर्ने अथवा सतिब्रत( पतिब्रतामा)रहनु पर्ने वैदिक धर्म शास्त्रका ग्रन्थहरुमा उल्लेखित गरियकाभनियता पनि मृतक पतिको शवसँगै जिउँदै पन्तिहरुले आत्मदाह गर्नु पर्ने बाध्यत्मक आदेश नारीलाई दिएको भन्ने सनातनी बैदिक धर्माका चार मूल आधारहरु ऋगबेद, यजुर्बेद, सामबेद, र अर्थर्वबेद मध्य कुनै पनि बेदमा लेखेको छ भनेर कुनै बिद्वानले प्रमानित गरिएको समेत देखिन्दैनन् । तरपनि वैदिक प्राचिनकालदेखी नै आफ्ना लोग्ने मरे पछि पत्निहरु कोहि सति गै सह- गमन गर्थिय भने कोहि सती धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सब भन्दा चरमरुपमा रहेको सती प्रथाले जडा गाडियकाले यस समाजमा बिधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ । महिलाले विवाहित लोग्ने मरे पछि लोग्नेको लास सँगै जिउँदै जलेर सती गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रहि नरकिय जीवन यापन गर्नु पर्ने भनेर शास्त्रीय मान्यता रहेको भन्दै धर्म शास्त्रको अपव्याख्या गरेका कारण नै प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् । नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्य प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक समाजको अध्यन गर्दा स्पष्ट हुन्छ । जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । भनिन्छन् आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे । नेपालमा प्राचिनकाल देखि अन्धविश्वासी धारणाले जरा गाड्दै चल्दै आएको महीला हिंसाको चरम रुपको अमानविय र आततायी यो क्रू प्रथा २५ आषाढ १९७७ सम्म कायम थियो । निरंकुस र जहानिया शासनले कुख्यात भएका नेपालका राणा शासकका प्रथम राणा प्रधानमत्री जङ्गबहादुर राणाले वि.स १९१० मा सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए । जसनुसार १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । ततपश्चात पनि महिलाहरु चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन यो आततायी प्रथाले निरतरन्ता पाईनै रह्य । आततायी सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनेको ६० वर्ष पश्च्यात राजा त्रिभुवनको राज्यकालमा चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गते( ८ जुलाई १९२० ) देखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनीरुपमै यो प्रथा नेपालमा बन्द भयो । यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिन आसाढ २५ गते हुन । आततायी सती–प्रथाको कारण कैयौं निर्दोष महिलाहरुले नचाहँदा नचाहंदै पनि लोग्नेको शबसंगै जिउँदै चितामा जलेर आत्मदाह गर्दै महिला हिंसाको चरम यातनाको सिकारमा आफ्नो जिवनको आहुती दिएर गए । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन आततायी महिला हिंसाको प्रथाको अन्त्य भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ तर दुरभाग्य सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं । राज्यले पनि यसदिनलाई कुनै औपचारिक मान्यता दिएको पाईदैनन् । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ भन्ने स्पष्ट हुँदा हुँदै पनि यस दिनलाई ऐतिहासिक दिनकारुपमा आत्मासाथ गरि सती प्रथा उन्न्मुलनकर्ता तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई ससम्मान संझन नसक्नु भनेको नेपाली नारी उन्न्मुक्ती र नारी रस्वतन्त्रताको अपमान गरेको( सरह नै हो ) हो भन्दा अन्यथा नठहरला । सती प्रथाका उन्नमुलनदाता एक निरंकुस जहानिया राणा शासक भएकै कारण नेपाली नारिको उन्न्मुक्तिको र नारी स्वतन्त्रताको यस ऐतिहासिक माहानदिनलाई राज्यले ससम्मन संझना नगरी मौन् बस्नु भनेको बर्तमान लोकतान्त्रीक राज्यले पूर्वाग्रह राख्नु हो र यो न्यायोचित मान्न सकिनन् । अत: २५ आषाढको यस महानदिनलाई विशेष रुपमा मनाउँदै नारी मुक्ती दिनको रुपमा मनाउनेतिर सम्वद्ध सबैको ध्यान जाने कामना गर्नु अन्यथा ठहरिनेछैन । ~~~~±~±~± Last edited: 10-Jul-17 06:56 PM

Prakashman Shilpakar · Jul 10, 2017 6:55 PM · 11,840 views

1 Reply

प्रकाशमान ब्रो ... त्यो आइमाई जलाउने जात बाहुन र क्षत्रि मात्र थिए हो ? जनजाति र नेवारहरुले त् गर्दैन थिए नि होइन र ? ब्रोले भन्न भाको २५ असाधलाइ नै नारि उन्मुक्त दिवस मनाउन पर्ने रहेछ तर हामि खाते नेपालि बिदेशीको मात्र देखा सिकी गर्न जानेको छ ! अनि साथै म के पनि भन्न चाहन्छु भने हाम्रो बैदिक सनातन धर्म जसमा नारीलाई सबै भन्दा उच्ह स्थानमा राखी देवी समान आदर गर्ने धर्मले कहिले पनि एस्तो निच कार्य गर्न लगाको छैन ! येस्तई गरि इउरोपको डार्क एजमा हाम्री आइमाईहरु लाइ बोक्शिको आरोप लगाई स्टेकमा जिउदै जलाउथ्यो ! कसम होला .. एस्तो कुरा सुनेर मलाइ संसारकी सब स्त्री जाति पति आत्मा देखि नै माया जागेर आउँछ ! सक्ने भा त् सबलाइ अँगालोमा बाँधी राख्थे होला शिल्पकारजिउ !

Nas · Jul 12, 2017 11:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all