कहिले काही बिदाको दिन बिताउन पनि गाह्रो हुने, हिजो एक छिन घाम तापियो, चर्को घाम लागे पछि जाडो महिनाका लुगा फाटाहरु थनक्याउन लागे | तेसमध्हे एउटा स्वेटर पनि थियो | स्वेटर देखे पछि अचानक दिमागले "भिनाजुको स्वेटर" सम्झ्न पुग्यो| अर्थात् दिमाग बिगत चिहाउन पुग्यो | भिनाजुको स्वेटर के हो भन्ने कुरा मा आफै गलफती गर्न थालियो | कजेल छिरेको बेला पढिएको एउटा नेपाली बिसयको एउटा पाठ थियो कि अरु नै ? किन भिनाजुको स्वेटर उब्जियो, के थियो त कथा बस्तु थाहा पाउने पर्यो तिर दिमाग दौडियो | घोत्लिएर बसे, पहिलो कुरा पहाड बाट मधेश छिरे पछि सुनेको हिन्दि गित " सावनका महिना पावन करे सोर " आए पछि के चै रहेछ यो भनि पुरै गित सुने| प्रकृतिको बर्णन माध्यम बाट प्रेम कहानी जोडेको रहेछ अनि कुसुले रूमालमा येही गीतको अनुकरण गरेको रहेछ भन्ने पनि निधो गरे | के कारणले आज सम्झन पुगे भन्दा पनि कथा बस्तु के थियो र किन एति लामो समय पछि अतित को पाना पल्टियो ? कारणको खोजि नगरि बस्न सकिन| यहि साझामा कसैले पस्कनु भएको थियो "लयात्मक रुपमा लेखिएका र पढिएका कुरा दिमागमा लामो समय सम्म बसी रहन्छ| एस्मा मुनामदन को कुनै अन्श पनि जोडीएको छ जस्तो लाग्दैन् र यो त्यो श्रेणीमा पनि पर्दैन| यो कथा मा कुनै त्यस्तो बिसय बस्तु हुनु पर्छ अनि मेरो चाख को बिसय संग जोडिएकै कारणले सम्झन पुगेको हुला भन्दै यसमा कुनै व्यंग जोडिएको छ कि भन्ने आफ्नै तर्क जोडे | बेलुकी नजिकैको पोखरी तिर हिडन गए | हिड्नु के थियो बिगतका पाना हरु पल्टिदै थिए , बेला बेलामा बिपरित दिशा बाट हिडी रहेका हरु को "हाइ" ले बर्तमानमा ल्याउथ्यो | घर पुगे पछि कफी पिउदै थिए, तेलिभिजन अन थियो, स्वफुर्त खोजेको प्रश्नको उत्तर पाउछु | बिषय बस्तु यस्तो रहेछ | स्कुल बिदाको बेला बहिनि दिदिको मा गएको बेला चुल्बुली बैनीले भिनाजुलाई स्वेटर बुनिदिदा कहिले के बाहुला, कहिले घाटी कहिले हातको नाप लिने भन्दै बहिनि श्रीमान संग नजिकिएकि दिदीको कुरा रहेछ| सम्झनु हुन्छ यो कथा " ज्वाई तपाइको टोपी मेरो " वा रजनीशले आफ्नो पुस्तकमा समाबेश गरेको " ए मेरा लगौटी दोस्त गामसे आया है और यिनका लगाई गइ कुर्ता मेरा है " पहिलोमा टोपी र दोश्रोमा कुर्ता मागेर लागाएका रहेछन अनि दिमागको एक कुना इर्स्याको रापमा रापिएकाहरुको बर्णन थियो | दिदि पनि बैनी प्रति इर्स्यालु हुदै गएकी थीइन| एक दिन साझ् पख दिदि आधा बुनिएको स्वेटर ध्वार ध्वार पार्दै गरेको बेला के गरेकी दिदि भनि सोद्धा यो रंगको स्वेटर तेरो भिनाजुलाई सुहाउदैन म अर्को बनाइ दिन्छु भने पछि यो त तिम्लाई बनाइदिएको हो भिनाजुले त लगाएरै सुते | सबैको हेर्ने तरिका आफ्नै हुन्छ मैले चै यो कथालाई व्यंगको रुपमा लिएको रहेछु जस्तो लाग्यो | यो बिसय संग जोडिएको अर्को कथा सम्झन पुगे| यो दिमाग पनि कुठाउमा कु-कुरा सम्झन्छ | घोडाको निबन्ध लेख्दा जर्नेल साबले चड्ने घोडाको पुच्छर नभएको देखेको घोडा ठुटे हुन्छ भनि लेख्न पुगे झैँ " बुढीको साथि संग " पढे पछि मैले सम्झे "बुढाको साथि संग" लेख्न पुगेको थिए अनी त्यो सत्य घटना मै आधारीत सत्य कथा थियो| अब सोध्नु होला अहिले के चै सम्झिस त ? मैले सम्झन पुगे " भिनाजुको सुरुवाल " | मैले सुनेको कथा ४०-४५ बर्स पुरानो हुनु पर्छ | तेस बेला बाल बिबाह त होईन तर १७-१८ बर्समा बिहे गरि हाल्ने चलन थियो र यो चलनको पछाडी थप श्रमि हातहरु ( free labor) थप्नु थियो | कतिपय बिहे पछि काम को खोजीमा नेपाल सहर जाने कोहि आर्मीमा भर्ति हुने र चाडै छोरा छोरी हुने गर्थे | अनि जागिरे कति हरु कति समय पछि बिदा लिन पाए भन्ने कुरा छोरा छोरीको उमेरको फरकले जनाउथ्यो रे ? पहिलो छोरी भै भने सबै भाइ बैनी हुर्काउने जिम्मा तेही ठुल्दिदिको हुन्थ्यो | १७-१८ बर्स पछि कान्छो जन्मिए पछि साइलो लाइ हुर्काउने र माया गरे हुर्काउने दिदीको बिहे गरेर पराइ घर जानु पर्दा साइलाको मनस्थितीको गाथा यस्तो हुन्थ्यो | ठुल्दिदीको बिहे गरेर गए पछि दिदि भिनाजु ससुराली फर्किए पछि भिनाजुको सुरुवाल मुति दिएको थियो रे ? बिचराले के गरोस त सबै भन्दा माया गर्ने दिदि लगिदिए पछि ? दोष कसलाई देओस ? उस्को बालापन अनुसार रिस पोख्यो | कसैले मेरो "ग्रज " मा कमेन्ट गर्नु भाको थियो साझामा "खंदुकीहरुको को कुनै कमि छैन" | सुरुवाल मुत्ने हरु को कुनै कमि छैन भन्ने मलाइ मात्र लागेको होकी तपाइलाइ पनि तेस्तो लाग्छ ? यो भिनाजुको स्वेटर खाते ( मेरो सबै भन्दा अप्रिय शब्द हो तर आज ठिक ठाउमा प्रयोग गर्दै छु जस्तो लाग्छ ) नेपालि बाहुन छेत्री लाइ र उनका चरित्र लाइ चित्रण गर्न खोजेको हु | आमाचाक्ली गालि गलौज र अरुलाई हेपे पछि ठुलो हुईने कुरा बिस्वास गर्ने हरु जो साच्चै नै दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छैन तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु | बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु को कुनै कमि छैन | अनि साझामा सत्य कथा पदन आउने हरुलाई : सत्य कथा मा आधारित व्यंग हो | Last edited: 23-Sep-17 01:23 PM
magorkhe1 · Jul 10, 2017 12:56 PM · 29,743 views
सालाले सुरुवाल मुत्न आयो त ठिकै छ तर गाउले भुरा हरु आएको देख्दा साझाका २-४ आफ्नो नपुङ्सक्ता लुकाउन सिन्हनाद गर्दै पौरुस्वत्व देखाउन पछी नपर्ने नयाँ हाईब्रिड TiTe , Nepe , Gonpal लाई सम्झदै कोरेको हुँ | Last edited: 02-Oct-17 01:25 PM
magorkhe1 · Sep 18, 2017 10:05 AM
you seems to be good writer too.....
kattu · Sep 20, 2017 10:53 AM
साझा दिन बिताईको साधन भएको छ ( कहिँ लेखेको थिए साझा लाग्यो : यो पनि एउटा नसा नै भएको छ कि ?) | काट छाट गरेर धागो खोल्ने, तरुनी नितब्ब का सामग्री टास्ने काम मेरो चाखको बिसय नभएको ले व्यंग विधा मार्फत केहि लेख्ने जमर्का र यो धागोमा खंदुकी हरुलाई समेट्ने प्रयास मात्र हो | सुद्दा सुद्दी गर्न अझै बाकि छ तर पनि मिलाएर पढी दिनु भएको मा धन्यबाद |
MaGorkhe1 · Sep 23, 2017 12:44 PM
मिलाएर पढी दिनु भएको मा धन्यबाद ! सुद्दा सुद्दी गर्न अझै बाकि छ ? मिलाएर पढ्ने काम पाठक को ?
logan · Nov 18, 2019 12:17 PM
कति जनाको भिनाजु बनियो र सुरुवाल मुताईमा पारीयो त ?
Logan · Nov 18, 2019 5:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion