हावा गफ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हावा गफ तपाइलाई थाहा छ किन संगीत ले मन छुन्छ? किन गीत ले मन छुन्छ ? तेही कुरा कथा को रुप मा भन्यो बहने एकै छिन पछि मान्छे ले बिर्सन्छ तर तेसै लाइ गीत को रुप मा भन्यॊ भने धेरै पछी सम्म सम्झिन्छ, तेस्तै मान्छे लाई संगीत मन पर्छ , बिथोभन र मोत्जार्ट को सिम्फोनी हरु आज २०० वर्ष पछि पनि मान्छे ले सुनी रहेका छन महाभारत र रामायण हरु कविता को रुप मा नै लेखिएका छन् सबै धर्म मा प्रार्थना हरु गीत मै लेखिएकोछ किन होला ? लेख्ने चलन बिकास हुनु भन्दा पहिले नै हरेक कुरा हरु लयात्मक रुप मा गरिन्थ्यो , वेद त लयात्मक तै छ , गीत गाए जस्तॊ गाइन्छ वेद, किन होला ? अझ पुरानो जमाना मा नियम कानुन पनि लयात्मक रुप मै लेखिएको छ किन होला . यस को साधारण जबाफ त के हो भने सम्झन सजिलो हुन्छ भनेर तेसो गरेको , लयात्मक रुप मा लेखिएको कुरा सम्झन धेरै मिहेनत गर्न पर्दैन भनेर. र एक ताल सम्झे पछि धेरै पछि सम्म सम्झी रहिन्छ भनेर तर किन लयात्मक रुप लेखिएको /भनिएको कुरा हरु सम्झिन सजिलो हुन्छ ? किन घोक्न सजिलो हुन्छ ? कारण के हो ? बच्चा बेला सुनेको गीत कण्ठ आउछ , पढेको आउदैन किन होला ? कसै लाई कुनै संगीत ले एकदम मन छुन्छ , धेरै ताल सुन्न मन लाग्छ किन होला ? हाम्रो दिमाग मा पानि गीत /संगीत को मेमोरी स्टोर गर्न सजिलो हुन्छ , बर्सौ अगाडी सुनेंको को गीत गुन्गुनाउन सजिलै सकिन्छ तर जाच को लागि १० ताल पढेर कण्ठ परेको बिषय एक दुइ हप्ता मै बिर्सिन्छ / यस्को अर्थ लयात्मक रुप मा सुने को बिषय हम्रो मेमोरी मा सजिलै स्टोर हुन्छ पढेको भन्दा किन यस्तो ? निस्कर्ष मा के देखिन्छ भने हाम्रो ब्रेन ले लयात्मक रुप मा सुने को कुरालाई पढेको कुरा भन्दा भिन्दै प्रकार ले मेमोरी मा स्टोर गर्छ, यो कुरा मानब पुर्खा लाई ब्यबहार मा थाह थियो , तेसैले उनीहरुले भगवान को प्रार्थना लयात्मक रुप मा लेखे , कतिपय नियम कानुन पनि लयात्मक रुप मे लेखे जसले गर्दा गाएर ति कुरा हरु सम्झन सजिलो भयॊ , यो लेख्ने चलन बिकसित हुनुभन्दा अगाडी को कुरा हो हाम्रो ब्रेन ले प्रकाश को तरङ्ग (पढेको, अर्थान आँखा ले हेरेको ) लाई भन्दा लयात्मक ध्वनी को तरङ्ग ( अर्थात , सुनेको ) कुरा लाई राम्रो संग सम्झना (मेमोरी ) मा राख्न सक्ने रहेछ . तर यस को कारण के होला ? किन यस्तो हुन्छ ? बिज्ञान ले कुनै पनि परमाणु को दुइ प्रकार ले आफ्नो उपस्थिति ( existence ) जनाउछ. एक particle को रुप मा र अर्को wave को रुप मा , तेस्तै बिज्ञान ले के पनि भन्छ भने mass जाति धेरै हुन्छ त्यो बस्तु को particle उपस्थिति धेरै हुन्छ र wave उपस्थिति कम हुन्छ , तेस्तै एकदाम सानो बस्तु को wave उपस्थिति धेरै जुन्छ र particle उपर्थिति कम हुन्छ. प्रकाश को किरण पुरै wave हो येस्को particle उपस्थिति हुदैन, atom ले wave र particle दुवै रुप मा थाहा पाइने गरि आफ्नो उपस्थिति जनाउछ . हाम्रो ब्रेन पनि विभिन्न रासायनिक पदार्थ हरुले बनेको हुन्छ र ति रासायनिक पदार्थ हरु परमाणु हरुले बनेको हुन्छ. यस्को अर्थ के हो भने हाम्रो ब्रेन बनाउने रासायनिक पदार्थ हरु को पनि केहि न केहि wave गुण हुन्छ तेस्करण जब हामि लयात्मक रुप मा सूचना (information ) प्राप्त गर्छौ तेस्ले हाम्रो ब्रेन को रासायनिक पदार्थ हरु को wave संग interaction गरेर enforced हुन्छ र राम्रो संग मेमोरी मा बस्छ प्रकाश को रुप मा प्राप्त इन्फोर्म्शन को पनि तेस्तै हो तर प्रकाश को तरङ्ग को के कमजोरी छ भने यो opaque बस्तु बाट प्रवाहित हुन सक्दैन तेस्करण प्रकाश को रुप मा प्राप्त सूचना हाम्रो ब्रेन को opaque बाताबरण बाट प्रवाहित भएर स्टोर गर्ने ठाम सम्म आइपुग्दा कम्जोर भै सक्छ र राम्रो संग स्टोर हुन सक्दैन अथवा हाम्रो ब्रेन यस्तो wave को रुप मा प्राप्त सूचना राम्रो संग राख्न सक्दैन तर ध्वनी को तरङ्ग भने opaque बाताबरण मा सजिलै संग प्रवाहित हुन्छ अझ opaque बाताबरण मा यस्को स्पिड बढ्छ र हाम्रो ब्रेन पनि ध्वनी wave को रुप मा प्राप्त सूचना राम्रो संग स्टोर गर्न सक्छ. बच्चा हरु पनि गीत चाडै सिक्छन अन्त्यमा हाम्रो ब्रेन ध्वनी wave मा आएको इन्फर्मेसन राम्रो संग र तुरुन्तै प्रोसेस र स्टोर गर्न सक्छ

Bichitra_Kumar · Jul 9, 2017 12:57 PM · 11,106 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all