विधिको शासन भएको देश हो अमेरिका। त्यसैले, मलाई बोल्न कुनै डर छैन। मसंग सबै प्रमाण छन। कसरी मेरै संस्थाका महासचिव (मुनिन्द नेम्वाङ) र कोषाध्यक्ष ( विजय थुलूङ ) मिलेर यति ठुलो रकम आर्थिक अपचलन गरे भनेर। अझ सबैभन्दा रोचक कुरा त के भने चोरलाई रंगेहात पक्डिएपछि माफी माग्नु त कहां हो कहां उल्टै अनर्गल प्रचार गरेको भन्दै त्यसलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन्। धेरै संचारमाध्यमहरुमा मेरो हस्ताक्षर भएको चेकहरुलाई प्रमाणको रुपमा पेश गरिएको छ तर यहां के स्मरण गराउन चाहन्छु भने ती चेकहरु संगठनकै कामका लागि निकालिएको हो जसको रसिद सबै सुरक्षीत छ। संस्थाको ट्याक्स फाइल गर्न पटक पटक मैले कोषाध्यक्षलाई अवगत गराउंदा पनि उनले आनाकानी गरेपश्चात मलाई शंका लागेर म आफैं संस्थाका साथीलाइ सँगै लगेर बैंक स्टेटमेन्ट हेरेको हुँ। त्यतिखेर मात्र थाहाँ पाए, कि यी दुई व्यक्ति मिलेर संस्थाको खाताबाट झण्डै ४५ हजार ९ सय डलर (४६ लाख रुपैया) विना जानकारी निकालिसकेका रहेछन्। मैले तत्कालै केन्द्रिय समितीको आपतकालिन बैठक डाकेर यसको कुरामा छलफल गर्न चाहें तर उहांहरु आउनु भएन बरु उल्टै मिडियाबाजी गरेर चरित्र हत्या गर्न तिर लाग्नुभयो। जनसम्पर्क समितीको विधान अनुसार बैंकको खाताबाट रकम निकाल्नका लागि कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्छ र, एर्काे एकजना अध्यक्ष वा महासचिवमध्ये एकले हस्ताक्षर गरेको खण्डमा पैसा निकाल्न मिल्छ। झण्डै ४६ लाख रुपैंया कोषाध्यक्ष र महासचिवले निकालेका छन् र ती चेकहरु पनि बैंक स्टेटमेन्टबाट खुलिसकेको छ। भुकम्पपीडितको नाममा पैसा खायो भनेर जुन चरित्र हत्या गर्ने प्रयास गरिएको छ यसमा मेरो कुरा समावेश नै नगरी एकहोरो केहि संचारमाध्यमहरुले समाचार प्रवाह गरिरहेका छन्। यसमा मेरो आपत्ति छ। यसबारे म स्पष्ट पार्न चाहन्छु । १८ लाख रुपैंया हामीले पार्टीको भुकम्प राहत कोषमा जम्मा गरिदिएका छौं। २.९ लाख ३० हजार रुपैंया जस्तापाता र अन्य कुरा किन्न नेपालमै खर्च गरेका छौं। त्यो हिसाव पनि हामिसँग छ। ४ लाख ५० हजार रुपैंया जाडोमा कम्बल लगायत किन्न दोलखा जिल्लामा पठाएका छाैँ। यी तीन चेकहरुमा मेरो हस्ता छन्। संस्थाले गत साता संस्थाका केन्द्रिय सदस्य अमृत भट्टराई (मिचिगन) को संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । यो समितिलाई १० दिनभित्र सबै यथार्थता बुझेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ। थप तथ्य उक्त कार्यदलले सबैलाई जानकारी दिनेछौँ। कार्यदलले जसलाई दोषी मान्छ उसलाई कारवाही गरिनैपर्छ । यदि उक्त कार्यदलले मलाई दोषी मान्छ भने म त्यसलाई सहर्ष स्वीकार गर्छु। सेतोपाटीकालागि दिपिका श्रेष्ठसँगको कुराकानीमा आधारीत http://global.setopati.com/ame...
ktmpost · Jul 7, 2017 8:47 AM · 2,993 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion