अमेरिकामा पढ्न जाने तरीका अमेरिकी राजदुत द्वारा खुलाशा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अलाइना बि. टेपलेट्ज लेखकबाट थप पढ्न अमेरिका जाने विचार छ? महिलाको जीत, सबैको जीत विपद् व्यवस्थापनमा नेपाल संयुक्त राज्य अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष मनाउँदै गर्दा यस महिना हामी शैक्षिक विषयमा केन्›ित छौँ। अहिले झण्डै १० हजार नेपाली विद्यार्थी अमेरिकामा पूर्णकालिक अध्ययनका लागि भर्ना भएकामा हामीलाई गर्व छ। दक्षिण एसियाली मुलुकबाट प्रतिव्यक्ति औसतका आधारमा अमेरिकामा अध्ययनका लागि भर्ना हुने विदेशी विद्यार्थीमा नेपाली विद्यार्थीकै संख्या उच्च छ। तसर्थ यस आधारमा अमेरिकामा यस वर्ष पनि भारत, बंगलादेश र पाकिस्तानका विद्यार्थीभन्दा नेपाली विद्यार्थी धेरै छन्। उच्च शिक्षा पूरा गरी घर फर्कँदा नेपाली विद्यार्थी आफ्नो देशको वृद्धि, विकास र समृद्धिमा प्रत्यक्ष योगदान गर्न अत्यावश्यक सिप सिकेर आउँछन्। इन्जिनियरिङ, अर्थशास्त्र, सूचना प्रविधि, पत्रकारिता, शिक्षा, चिकित्सा विज्ञानलगायत क्षेत्रमा अगुवा र प्रवर्तक बन्छन्। नेपाललाई अहिले यस्तै योग्य नागरिक खाँचो छ।  अमेरिकी विश्वविद्यालयमा प्रवेश पाउने सजिलो वा छरितो तरिका छैन। त्यसैले यस्तो आश्वासन दिने कन्सल्टेन्सीको सेवा आवश्यक छैन। नेपालमा शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न पाउँदा हामीलाई गर्व छ। खासगरी प्रारम्भिक कक्षा पठन सिप विकासमा हामीले सहयोग गरेका छौँ। हाम्रा कार्यक्रमले सिकाइमा सुधार ल्याउन सघाउनुका साथै सबै बालबालिकाका लागि अवसर वृद्धि गर्छन्। प्रारम्भिक कक्षा पठन सिप विकासमा केन्›ित हुँदै, बालबालिकाको शिक्षामा समावेशिता र अभिभावकको सक्रिय सहभागिता प्रवर्धन गर्दै र संघीय संरचनामा नेपालको रूपान्तरण हुँदै गर्दा सरकारको शिक्षा प्रणाली व्यवस्थापन मजबुत बनाउँदै अमेरिकामा अध्ययन गर्न योग्य नेपाली विद्यार्थीमा गुणस्तर, आयतन तथा विविधताका हिसाबले वृद्धि हुने आशा छ। कतिपय नेपाली विद्यार्थी र अभिभावकलाई यति धेरै नेपाली विद्यार्थी कसरी अमेरिका पुगे भन्ने लागेको होला। उनीहरूले प्रवेशाज्ञा (भिसा) कसरी पाए? यसको रहस्य के थियो? म यसबारे प्रस्ट पार्न चाहन्छु किनभने यसबाट विविध पृष्ठभूमिका योग्य विद्यार्थीलाई अमेरिकामा पढ्ने चाहना भएमा समान अवसर पाउन मद्दत पुग्नेछ। कुनै रहस्य छैन हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थी अमेरिका जान्छन्। त्यहाँ जानका लागि परिश्रम, अध्ययन गर्ने विषयबारे उपयुक्त सोचविचार, सचेत आर्थिक योजनाका साथै राम्रो ग्रेड र टेस्ट स्कोरसहितको शैक्षिक रेकर्डको सम्मिश्रण चाहिन्छ। यस्ता अवसरलाई कसरी अघि बढाउने भन्नेसम्बन्धी सूचनाका थुप्रै निःशुल्क स्रोत छन्। कहाँ आवेदन दिने र त्यहीँ किन भन्ने कुरा महत्वपूर्ण छ अमेरिकामा उच्च शिक्षा अघि बढाउने सोचमा हुनुहुन्छ भने आफैँसँग प्रश्न गर्नुहोस्– अमेरिकामा किन अध्ययन गर्ने? कुनकुन कलेज वा विश्वविद्यालयले मेरो आवश्यकता पूर्ति गर्छन्? र मलाई आर्थिक सहयोग चाहिनेवाला छ? यी महत्वपूर्ण प्रश्न हुन्। जति छिटो यिनको जवाफ खोज्न थालियो त्यति बेस हुन्छ। यो काम तपाईँलाई गाह्रो लागेमा हामी सहयोग गर्न सक्छौँ। संयुक्त राज्य अमेरिकाको शैक्षिक प्रतिष्ठान (युसेफ) स्थित एजुकेसन युएसए कार्यालयले हप्ताको एक दिन अमेरिकामा अध्ययन गर्ने विषयमा सूचनामूलक कार्यक्रम आयोजना गर्छ। साथै, त्यहाँका शैक्षिक सल्लाहकारले निःशुल्करूपमा यी विषयमा मद्दत गर्न सक्छन्। एजुकेसन युएसएसम्बन्धी विस्तृत जानकारी https://educationusa.state.gov... उपलब्ध छ। निःशुल्क पनि हुन्छ? आवेदन गर्न मन लागेको कलेज रोजेपछि पढाइ खर्च कसरी बेहोर्ने भन्ने निर्धारण गर्नुपर्छ। नेपालको तुलनामा अमेरिकी विश्वविद्यालय निकै महँगा हुन्छन्। त्यस कारण त्यहाँको पढाइ शुल्क, बसाइ खर्च र अन्य सम्बन्धित खर्च धान्न सकिन्छ कि सकिँदैन भन्नेबारे पर्याप्त सोच्नुपर्छ। तपाईँ अत्यन्त तेजिलो विद्यार्थी हुनुहुन्छ र शैक्षिक रेकर्ड बलियो छ भने उत्कृष्ट अमेरिकी विश्वविद्यालयले पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गर्छन्। तर यो 'निःशुल्क रकम' भने होइन। यो त तपाईँको लामो समयको उत्कृष्ट शैक्षिक उपलब्धि र एसएटी अनि जिआरइ जस्ता स्तरीकृत परीक्षामा तपाईँले हासिल गर्नुभएको सफलताबापतको कमाइ हो। सही मात्रामा योजना र खोज/अनुसन्धान गरेमा अमेरिकाको पढाइ कम खर्चिलो पनि हुनसक्छ। तर शुल्क तिर्न सकिएन भने त्यो तपाईँका लागि सही रोजाइ नहुन सक्छ। हरेक कलेजको आवेदन प्रक्रिया फरकफरक हुने हुँदा समय लाग्न सक्छ। खासगरी विद्यार्थीले सिफारिसपत्र र ट्रान्सक्रिप्ट सङ्कलन गर्नुपर्छ, निबन्ध लेख्नुपर्छ र आवश्यक अन्तर्राष्ट्रिय परीक्षा दिनुपर्छ। त्यस कारण समय बढी लाग्छ। अमेरिकी कलेजबाट प्राप्त हुने अफर सचेत सोचविचार र परिश्रमको परिणाम हो। यसमा आवेदन दिने विद्यार्थी र आवेदनको गहन पुनरावलोकन गर्ने अमेरिकी विश्वविद्यालय दुवैको मेहनत परेको हुन्छ। भिसा अन्तिम कदम आवेदन गरी मान्यताप्राप्त अमेरिकी कलेजबाट स्वीकृत भएपछि मात्र अध्ययन भिसाका लागि आवेदन दिनुपर्छ। भिसा अन्तर्वार्ता प्रायः छोटा हुने हुँदा संक्षिप्त र इमानदार जवाफ दिनु राम्रो हुन्छ। अन्तर्वार्ताका क्रममा कुन विषय पढ्न चाहनुहुन्छ र त्यस क्षेत्रमा तपाईँको रुचि हुनुको कारण के हो, पढाइको खर्च कसरी बेहोर्नुहुन्छ र अध्ययन पूरा भएपछिको योजना आदि बताउनुपर्नेछ। अध्ययन भिसासम्बन्धी थप जानकारीका लागि जततउकस्ररलउ।गकझदबककथ।नयखरखष्कबकरलयलष््क्कष्नचबलत(खष्कबकर हेर्न सकिन्छ। भिसा प्राप्त गरेपछि भ्रमणको चाँजो मिलाउनेसँगै आफ्नो नयाँ विश्वविद्यालयको वेबसाइटमा जानुहोस्। एजुकेसन युएसएले पनि अध्ययनका लागि अमेरिका जाने तयारी गरिरहेका विद्यार्थीका लागि निःशुल्क प्रिडिपार्चर ओरिएन्टेसन (प्रस्थान गर्नुअघिको अभिमुखीकरण) उपलब्ध गराउँछ। कन्सल्टेन्सी आवश्यक छ? भिसा कन्सल्टेन्सीहरू कमाइ गर्न बसेका हुन्छन्। प्रायःजसो तिनीहरूले नेपाली विद्यार्थीलाई छात्रवृत्ति वा अन्य आर्थिक सहायता प्रदान नगर्ने कलेजमा पढ्न जाने सुझाव दिन्छन्। सत्य कुरा के हो भने अमेरिकी विश्वविद्यालयमा प्रवेश पाउने सजिलो वा छरितो तरिका छैन। त्यस कारण अध्ययन भिसा सजिलैसँग ग्यारेन्टी गर्न सकिन्छ भन्ने कुरै आउँदैन। यस्ता कुरा गरी रकम असुल्न खोज्नेहरूबाट टाढा रहनु उपयुक्त हुन्छ। नेपालमा प्रावि तहको भर्ना दर लैङ्गिक समानतासहित झन्डै अन्तर्राष्ट्रिय स्तरकै छ। तर पनि प्रारम्भिक कक्षाका थुप्रै बालबालिकालाई सजिलोसँग र बु‰नेगरी पढ्न समस्या भइरहेको छ। नेपालले शिक्षा र सिकाइको गुणस्तर सुधारमा ध्यान दिने क्रमलाई निरन्तरता दिन जरुरी छ। खासगरी छात्रा अनि सीमान्तकृत र अपाङ्गता भएका विद्यार्थीलाई विशेष ध्यान दिनुपर्छ। नेपालको नयाँ संघीय संरचना र स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण हुँदै गर्दा अनवरतरूपमा उच्च गुणस्तरीय शैक्षिक सेवा सुनिश्चित गर्नका लागि सचेत व्यवस्थापन, रूपान्तरण योजना तथा क्षमता अभिवृद्धि आवश्यक पर्छ। संयुक्त राज्य अमेरिका आफ्ना विकाससम्बन्धी परियोजनामार्फत यस्ता प्रयत्नमा सहयोग गर्न पाउँदा सम्मानित महसुस गर्छ। तर आफ्नो विद्यालयको पारदर्शी व्यवस्थापन तथा स्वामित्वमा अभिभावक तथा समुदाय अझै बढी संलग्न हुनुपर्ने देखिन्छ। यसो भएमा उनीहरूलाई आफ्ना क्षेत्रका विद्यार्थीका आवश्यकता अझै राम्ररी सम्बोधन गर्ने र सिकाइको गुणस्तरमा सुधार गर्न पाठ्यक्रम तथा शैक्षिक सामग्री अनुकूल र प्रभावकारी बनाउने अवसर प्राप्त हुनेछ। यस्तै सुधारमार्फत भावी पुस्ताका नेपाली विद्यार्थीले संयुक्त राज्य अमेरिका वा आफ्नो रोजाइको कुनै पनि स्थानमा अध्ययन गर्न सक्षम बनाउनेखालको उच्च गुणस्तरीय शिक्षा पाउनेछन्। नेपालका लागि अमेरिकी राजदूत http://www.nagariknews.com/new...

ktmpost · Jul 7, 2017 7:55 AM · 3,613 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all