काठमाडौं – पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ शनिबार दिउँसो अचेत भएपछि थापथलीस्थित नर्भिक अस्पताल पुर्याइयो। सृष्टिको दायाँ हातको हत्केलामाथि नाडीमा चोट लागेको थियो। हातको नसाको केही भाग काटिएर अचेत भएकी उनको आकस्मिक अप्रेशन गरियो। त्यसपछि उनलाई डिलक्स वार्डमा सारियो। पूर्व मिस नेपाल एवं अभिनेत्री सृष्टिको उपचारमा डाक्टर ज्योती रायमाझीको टोली परिचालन भएको थियो। तथ्य एकातिर र बताइएको कथ्य अर्कोतिर देखिँदा सृष्टि बेहोस हुनुको कारण अझ रहस्यमय बनेको छ। घटनाबारे सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आइरहँदा सृष्टिका धेरै शुभचिन्तक चिन्तित छन्। सृष्टिलाई राखिएको डिलक्स वार्डमा भेटिएका उनी निकट अभिनेता सौगात मल्लले दराज लडेर किच्दा ऐनाले दाहिने हातमा घाउ भएको दाबी गरे। उनी यस्तो दावी गरिरहँदा असामान्य देखिएका थिए। हडबडाउँदै कुराकानी गरिरहेका उनी नर्भस देखिन्थे। तीन दिन अस्पताल बसेर सृष्टि मंगलबार नर्भिकबाट डिस्चार्ज भएकी छिन्। त्यसको भोलिपल्ट मंगलबार नागरिकन्युजले यस विषयमा केही थप तथ्य उजागर गरेको छ। घटनाको प्रकृति सौगातले दावी गरिएझै सामान्य थिएन। अस्पताल प्रशासन र सृष्टि निकटबाट आएका भनाइ र तथ्य केलाउँदा अझै पनि त्यहाँ धेरै प्रश्नहरु अनुत्तरित रहन्छन्। आखिर सृष्टिलाई भएको के हो? अस्पताल स्रोतले मंगलबार पुष्टि गरेको छ। स्रोतका अनुसार सृष्टिको नाडीमा लागेको चोटको प्रकृति दराज खसेर सिसाले काटिएको जस्तो थिएन। घाउ हुँदा काटिएको चोटको प्रकृति सिसाको मोटाइ अनुसारको थिएन। त्यो पालतो धार भएको धारिलो सामाग्री प्रयोग गरेर काटिएको प्रकृतिको थियो। ‘चोटको प्रकृति ब्लेड लगायतकाको पातलो धार भएको सामानको प्रयोग गर्दा लाग्ने प्रकृतिको थियो,’ नर्भिक अस्पताल स्रोतले नागरिकन्युजसँग भन्यो ‘नाडी काटिएकाले काट्दा बल प्रयोग भएको देखिन्छ।’ प्रायः हातको नाडी काटेर आत्महत्या प्रयास गरेका घटनामा यस्तो प्रकृतिको चोट देखिने गरेको अस्पताल स्रोतले बतायो। लडेर लाग्ने चोटपटक लगायतका सामान्य प्रकृतिको घटनामा पनि उपचारका लागि अस्पताल पुग्दा प्रहरीलाई घटनाबारे जानकारी दिनु अनिवार्य हुन्छ। त्यसैका लागि अस्पतालमा आउने बिरामीको अवस्थाअनुसारको जानकारी लिन प्रायः हरेक अस्पतालमा प्रहरी प्रतिनिधि खटिएका हुन्छन्। सृष्टिको घटनाबारे प्रहरी भने बेखबर छ। उनी बस्ने क्षेत्र पुल्चोकका प्रहरीलाई घटनाबारे जानकारी छैन। न त अस्पताल क्षेत्र पर्ने महानगरीय प्रहरी बृत्त सिंहदरवार या महानगरीय प्रहरी परिसर काठमाडौंलाई यसबारे केही बताइएको छ। तथ्य एकातिर र बताइएको कथ्य अर्कोतिर देखिँदा सृष्टि बेहोस हुनुको कारण अझ रहस्यमय बनेको छ। घटनाबारे सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आइरहँदा सृष्टिका धेरै शुभचिन्तक चिन्तित छन्।
Ma Nepali · Jul 5, 2017 7:11 AM · 15,403 views
WTF!!! Where does it say she was pregnant? Why put that kind of thing in the title? Just to get a click? What did you get out of this? I don't know exactly what happened, she says she had some kind of "altercation" with a cupboard. I believe her. Stop putting fake news!!
BadhiJanne · Jul 5, 2017 9:27 AM
सनसनी समाचार लेखेर पत्रिका बेच्ने र चलाउने क्रियाकलाप , जसलाई पितापत्रकारिता पनि भन्न सुहाउदैन |
MaGorkhe1 · Jul 5, 2017 11:33 AM
https://www.facebook.com/Offic...
Ma Nepali · Jul 5, 2017 4:35 PM
Maile padkako chaina shristi lai....uu meri bachha ki aama kadapi huna sakdina...
ustadamirkhan · Jul 5, 2017 7:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion