नेपालीहरू हिन्दु होइनन् दीपक सापकोटा शनिवार, असार १७, २०७४ 0 104957 पटक पढिएको समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष' र ‘असहमति' प्रकाशित छन् । ‘असहमति'लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित मैनालीसँग उनको सहकार्यमा पश्चिमा लेखकले नेपाली इतिहासबारे गरेका गलत टिप्पणीको संग्रह ‘ब्रेकिङ नेपाल' हालै प्रकाशित छ । समकालीन मुद्दामा फरक कोण प्रस्तुत गर्ने सिलसिलामै उनले ‘असंगति' लिएर आएका छन् । ‘असंगति'को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि दीपक सापकोटाले गरेको कुराकानीः तपाईंको लेखनको अभीष्ट के हो? - भित्री नेपाल, वास्तविक नेपालको खोजी । तपाईंको लेखनमा अनेकन विषय आउँछन्, सन्दर्भ पनि त्यत्तिकै हुन्छन् । विषयको</
_____ · Jul 1, 2017 3:59 PM · 3,936 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion