यो पैसाको शताब्दी हो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डा. उपेन्द्र महतो लेखकबाट थप यो पैसाको शताब्दी हो गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा प्राध्यापक सूर्य सुवेदी, हेमराजजी, सुरेशजीको सक्रिय सहभागिता रह्यो, त्यो कसैले बिर्सन सक्दैन। तपाइँहरुको सक्रियता देशका लागि थियो म भन्दिनँ। तपाइँ जे गरिरहनु भएको छ, म जे गरिरहेको छु, कुनै समुदाय, समाज वा देशका लागि गरिरहेको छु भनेर सोच्नुभयो भने ढोँगी हो। सिधा बुझ्नुहुन्छ भने म आफ्नो लागि गरिरहेको छु। मैले गरिन भने कसले गर्छ ? भन्ने चिन्तनबाट काम गर्दै जाँदा सफलता हात लाग्ने हो। तपाइँहरुले धेरै देश घुम्नु भएको छ। काम गर्ने अवसर पाउनु भएको छ तर नेपाल जस्तो सुन्दर देश विश्वमै कहीँ छैन। नेपाल साँच्चै प्रकृतिले सबै कुरा मिलाएर बनाइदिए जस्तो छ। म मेडिकल डक्टर होइन तर मेडिकल सेक्टरमा लागेको छु। हाम्रो शरीरमा ७० प्रतिशतभन्दा बढी पानी छ तर जहाँ काटे पनि रगत आउँछ, पानी निस्कँदैन। तर जब मन दुख्छ, त्यतिबेला भने पानी आउँछ। आँखाबाट आँसु झर्छ। जुन कुरा मानिसको मनमा हुँदैन, उसले व्यक्त गर्न सक्दैन। त्यसकारण देश बनाउनलाई ठूलो सपना नदेखि हुँदैन। लामो समय लगाएर देश बनाउने हो भने त्यसलाई देश बनाएको भनिँदैन। तपाइँ हामीले देश बनाएन भने कसैले बनाउन सक्दैन भन्ने सोचेको छ भने त्यो पनि गलत हो। तपाइँ हामीले देश बनाउने ऐतिहासिक अवसर पाएका छौं। यस्तो अवसर सबैले पाउँदैनन्। सबैले नपाउने र ऐतिहासिक अवसर हाम्रो जीवनमा आएको छ। समय सधैँ उस्तै रहँदै, समयले आफैँ कोल्टै फेर्छ।  तपाइँले मेरोबारेमा के सोच्नु हुन्छ मलाई चिन्ता छैन। यो संसारमा मैले चिनेको भन्दा नचिनेको मान्छेको संख्या धेरै छ। जुन बेला म सुत्छु। एक्लै हुन्छु।  त्यतिबेला म आफूबाट केही कुरा लुकाउन सक्दिनँ। तपाइँले मेरोबारेमा के सोच्नु हुन्छ मलाई चिन्ता छैन। यो संसारमा मैले चिनेको भन्दा नचिनेको मान्छेको संख्या धेरै छ। जुन बेला म  सुत्न विस्तारामा जान्छु, एक्लै हुन्छु। त्यतिबेला म आफूबाट केही कुरा लुकाउन सक्दिनँ। मैले समाज र देशका लागि केही गरेको छु भने त्यसले मलाई सन्तुष्टि दिन्छ। आत्म सम्मान दिन्छ। सन्तुष्टि र आत्मसम्मान पैसाले किनेर पाइने विषय पनि होइन। हाम्रो मात्र नभएर सन्तुष्टि र आत्मसम्मान विश्वकै मान्छेका लागि महत्वको विषय हो। प्रत्येक युगमा एक व्यक्ति जन्मिन्छ। एक्लै जन्मिए पनि उसका सबै कार्यहरु समूहमा हुन्छन्। बुद्ध भनेको व्यक्ति होइन बुद्ध भनेको ठूलो समूह हो। त्यो बेलामा आवश्यकता भएकाले बुद्धत्व भएको हो। यदि बुद्धलाई कतिपय देशहरुले आत्मसात नगरिदिएको भए नेपालमा त्यसले अझै ‘रिकोग्नाइजेशन’ पाउने थिएन। नेपालमा केही गर्नका लागि धेरै विद्वता र धेरै पैसा हुनुपर्छ भन्ने होइन। तपाइँहरु अधिकांश नेपालका सहर र गाउँकै स्कुल अध्ययन गरेर विदेशमा आउनु भएको हो। अहिले गाउँसँग सम्पर्क कस्तो छ थाहा छैन तर गाउँको स्कुलमा गएर एक साताको समय दिनुहोस्। पैसा र ज्ञान बाँडेर सम्भव हुँदैन। ८ देखि १० कक्षाका विद्यार्थीलाई कुन विषयमा तपाइँको दक्खल छ, त्यसबारे केही ज्ञान सेयर गर्नुहोस्। त्यसले आउँदो पुस्तालाई म पनि यही स्कुलमा पढेको हुँ, साधारण परिवारमा जन्मेको हुँ, हार्डवर्ड, लिड्स, लिभरपुलजस्ता विश्वविद्यालयको प्रोफेसर हुनसक्छु भन्ने मनोवैज्ञानिक सन्देश कम्तिमा दिनेछ। तपाइँको जीवनको फड्कोबारे गाउँका बच्चाहरुलाई सुनाउनुभयो भने त्यसले आत्मविश्वास बढाउनेछ। सबभन्दा ठूलो कुरा आत्मविश्वास बढाइदिनु हो। तपाइँहरुले दिएको आत्मविश्वासले गाउँ बच्चाहरुलाई आत्मविश्वास दिन्छ, उनीहरुलाई हार्डवर्ड, अक्सफोर्ड विश्वविद्यालयको प्रोफेसर बन्न पे्ररणा दिन्छ। यही गाउँमा जन्मेको व्यक्तिले १०–२० जना विदेशीलाई पिएचडी गराउन सक्छन् भने म किन गराउन सक्दिन? भन्ने आत्मविश्वास जगाइदिन्छ। उनीहरुमा उत्साह जगाइदिनु र सपना देखाइदिनु नै ठूला कुरा हो। २१ औं शताब्दीको सबभन्दा ठूलो ब्यारोमिटर भनेकै व्यवसाय हो। यो पैसाको शताब्दी हो। हामी दुविधामा नपरौं प्राज्ञिक पनि एक किसिमको सम्पत्ति हो। पैसा र प्राज्ञको संगम नै सफलता हो। सामाजिक सञ्जालमा देखिएकै छ, जसको एउटा पनि ट्याक्सी छैन, ऊ चाहिँ सबभन्दा धेरै ट्याक्सीको मालिक बन्छ। जसको एउटा उद्योग छैन, उसैको संसारभरि व्यापार छ, जस्तो अलिबाबा। त्यो भनेको ज्ञान र पैसाको संगम हो। जब यी दुईको संगम हुँदैन, २१ औं शताब्दीमा हामी केही गर्न सक्दैनौं। सफलताका तीनवटा पिल्लर हुन्छन्, एउटा इमान्दारिता, त्यो मसँग छ। कसैले मलाई बेइमान बनाउन सक्दैन। कडा परिश्रम, समपर्ण र मेहनत प्रत्येक व्यक्तिसँग हुन्छ। कसैले मलाई गर्न दिएन भन्न पाइँदैन। एउटा भाग्य हो, त्यसलाई अवसरको रुपमा लिइन्छ। त्यो भगवानले प्रत्येक मानिसको जीवनमा एक पटक दिन्छ। एक पटक मात्र होइन, दुईपटक मानिसलाई भगवानले दिन्छ । आफू केही नगर्नेहरुलाई नेपालीलाई गाली गर्ने अधिकार छैन। आफूू पनि केही नगर्ने, गरिरहेकालाई पनि निराश पार्ने? तपाइँहरुको अनुभव त्यत्तिकै प्राप्त भएको होइन। विकसित देशमा आएर अध्ययन अनुसन्धान गरिरहनु भएको छ। देश संक्रमणकालमा छ, यस विषयमा तपाइँहरुलाई भन्दा बढी ज्ञान अरुलाई हुनै सक्दैन। यति धेरै ज्ञान भएका नेपालप्रति चिन्तन भएका साथीहरु एकै ठाउँमा भेला भएर नेपालका लागि केही गरौं भन्छन भने त्योभन्दा उत्साहजनक अरु केही हुँदैन। योजस्तो पे्ररणादायक कुरा अरु हुँदैन। अरुसँग कुरा गरौं वा नगरौं हामी आप्mनो छोराछोरीसँग छलफल गर्छौं नि। मैले सयवटा किताब लेखेँ, दुई हजार विद्यार्थीलाई डिग्री दिलाएँ भन्नुभयो भने उनीहरुको ध्यान आकर्षण नहुन सक्छ। मैले स्कुल बनाइदिएको छु, मैले एक महिना क्लास लिन नेपाल जाँदैछु भन्नुभयो पक्कै पनि उनीहरुले यसलाई ध्यानपूर्वक सुन्नेछन्। त्यसकारण पनि अबको युगमा छोराछोरीसँग कुरा गर्नका लागि पनि यी सामाजिक काम हामीले गर्नैपर्छ। स्वास्थ्य विज्ञान यति विकसित भयो कि संसारमा एकजना पनि स्वास्थ्य मानिस रहेनन्। स्वास्थ्य रहनका लागि हामी खुशी हुनुपर्छ। यहाँबाट जाँदा साथीहरुले पोजेटिभ इनर्जी लिएर जानुभयो भने त्यसले स्वस्थ रहन सहयोग पु¥याउनेछ। नेतालाई गाली गरेर देश बन्दैन। हामी कहाँ ध्वंशबाट आएको नेता पुस्ता छ। सिर्जनशील काम गर्नका लागि तपाइँ हामीजस्ता व्यक्ति चाहिन्छ। जसले जीवनमा केही न केही सिर्जनशील काम गरेका छन्। यहाँबाट नेपालमा जति नै मोटो नीतिगत कुरा पठाए पनि विद्यार्थीलाई अहिलै घचघच्याइएन भने त्यसले कुनै अर्थ हुँदैन। तपाईंहरु जुन नीतिगत कुरा गर्नु हुन्छ, त्यो हामीसँग पनि सेयर गर्नुहोस्। हामी तपाईंहरुसँगै छौं, हामी पनि घचघच्याउँछौं। तपाईंहरु नेपाल जाँदा पनि घचघच्याउन नछोड्नुहोस्। मलाई हिजोआज लाग्छ समृद्ध नेपालको नागरिक भएर बाँच्न त पाइँदैन होला, मर्न चाहिँ पाउँ। (वेलायतको लिभरपुलमा आयोजित ग्लोवल पोलिसी फोरम फर नेपालको दोस्रो सम्मेलनका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा उद्यमी डा.महतो दिएको मन्तव्यको सम्पादित अंश)

_____ · Jul 1, 2017 3:24 PM · 14,800 views

3 Replies

Ncell re telia sonera nepal bhitryaera arbau bhrastacar garne mahan prabasi nepali mahato jyu ki jay.

shiva_linga · Jul 3, 2017 9:41 AM

NO MONEY NO HONEY

NepalPsycho · Jul 4, 2017 12:53 AM

यिनका बाउ एक नॉ का हरामी हुन् !! छोरो को पैसा ले कुमारी केटि हरु को कमार्य किन्न लौठे आफ्ना आसे पसे हरु लै एक चोटी पैसा को कुरा र केटि को प्वाल लै चेद्दा केहि कैसे भाथ्यो.... पछि यिन ले पैसा को खेल बाट ति गर्रिब नानी को पुती को रगत नकालेको यिन का बाउलै बचाए !!!! तेसैले यो पैसा को सताब्दी नै हुनु पर्चा भन्ने हाम्लाई लगिराचा .....

ustadamirkhan · Jul 4, 2017 9:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all