१५ जून, सिड्नी । प्रवासी जीवन त्यति सजिलो छैन । यस्तो ब्यस्त जीवनमा पनि प्रवासमा रहेका नेपालीहरूले बिभिन्न क्षेत्रहरूमा आफ्नो उपस्थिति जनाइहेका छन् । यसै क्रममा पोखरा घर भएका न्यूजिल्याण्ड निवासी दिपेश पराजुलीको जीवनमा नयाँ मोड शुरू भएको छ । उनी जीवनमै पहिलो पटक चलचित्रमा देखिएका छन, त्यो पनि हलिउड चलचित्रमा । हलिउडका चर्चित नायक टोम क्रुजले बनाएको चलचित्र ‘मिसन ईम्पोसिबल-६’ मा न्यूजल्याण्ड निवासी यी नेपाली दीपेशले गांउलेको भूमिका निभाउने अबसर पाएका हुन् । ‘यो चलचित्रको शूटिंग न्यूजिल्याण्डमा नै हुने र एउटा कस्मिरी अनुहारको खोजी भैरहेको थाहा पाए पछी मैले फोटो सहित दरखास्त दिए । अन्ततः त्यही फोटोले नै मलाई हलिउड चलचित्रमा पुर्यायो ।’ दिपेशले न्यूजिल्याण्डबाट भने । यो चलचित्रको जून १६ बाट न्यूजिल्याण्डमा छायांकन शुरू भएको छ भने दिपेशले अब क्रमश अभिनय यात्रालाई निरन्तरता दिदै जाने बताए । २०७४ असार १ गते ९:११ मा प्रकाशितhttp://www.onlinekhabar.com/20...
ktmpost · Jun 15, 2017 8:22 AM · 5,906 views
केटिहरु.... भन्नुस त् ...यो गेड़े क्रुज हेन्सम कि हाम्रा दिपेश पराजुली ब्रो हेन्सम ?
Nas · Jun 15, 2017 6:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion