डर लाग्न थाल्यो , अलिक भिड भाड हुने ठुला सहर तिर हिड्दा पछाडी बाट कसैले प्वाक्क हिर्काउछ कि जस्तो लाग्छ तेसैले होला बेला बेला पछाडी फर्केर हेर्दो रहेछु | सेलको नम्बर आफ्नो लिस्टमा भए देखि बाहेकको नम्बर आउदा पनि रिस उठ्न थालेको छ | साझा छिराई पनि कम हुदै गएको छ , आमाचाक्ली देखि हरियो बास समेत लेख्ने संग देखि रिस मात्र उठ्नु पर्ने अब त डर पनि थपिएको छ | घर परिवार इस्ट मित्र संगको ब्यबहार अनि सम्बन्ध रखाई बिजगणित को समीकरण जस्तै मिलाउनु पर्ने भएको ले समिकरणको हल निकाल्न नसकी टाढिदै जादै छ | मुल घरमा टिका नलगाई अन्यत्र टिका लगाउन नजाने चलन झैँ भएको छ | यहि समिकरणको हिसाब किताबमा मलाइ आमाले झैँ माया गर्ने मामा संग कुरा गछु भन्दा भन्दै बितेछन | उमेर पुगेकै हो बित्नु भयो भन्दा पनि आसिर्बाद लिन पाइएन भनेर दुख लाग्छ अनि किन फोन गरिएनछ भनि खोजि नीति गर्दा मूल कुरो डर नै रहेछ | नारा जुलुस मा सधै अगाडिनै हुन्थे , बंगारा हल्लाई पाउने पनि मै हुन्थे , कठाला समात्न आउने हाकिमको बंगारमा मुक्का बजार्न पछि नपर्ने मान्छे आज भोलि कसैले हर्न बजाए पनि आंग सिरिङ्ग हुन्छ | मुटु कम्जोर हुने मान्छे लाइ डर धेरै लाग्छ भनि डर भगाउन कहिले मचान , पालि घर मा एक्लै सुताउथे ,कहिले मुर्धा लैजाने बाटोमा राति राति हिडाउथे र मुटु बलियो बनाइएको थियो | अहिले यो लेख्दै गर्दा पनि submit गरौ नगरौ भनि दोधार होइन कस्ता कस्ता कमेन्ट आउने हुन् भन्दै , डराउदै submit गरेको छु | Last edited: 16-Jun-17 11:13 AM
MaGorkhe1 · Jun 13, 2017 6:27 PM · 44,509 views
I actually like your writings. I get to read things in your writings which i don't see in others. मुटु कम्जोर हुने मान्छे लाइ डर धेरै लाग्छ भनि डर भगाउन कहिले मचान मा एक्लै सुताउथे ,कहिले मुर्धा लैजाने बाटोमा राति राति हिडाउथे र मुटु बलियो बनाइएको थियो | Yo machan bhaneko ke ho? Sajha ma jhagada garera daar hataune ho ki?😀
mancini · Jun 13, 2017 6:50 PM
Sounds like decrease in testosterone..search internet to bump it up
sidaNepali · Jun 13, 2017 8:29 PM
This is probably your best writing till date. Very well written.
BadhiJanne · Jun 13, 2017 10:25 PM
That is Social Anxiety Disorder so called SAD- The disorder that isn't much discussed but is prevalent.
NepalPsycho · Jun 14, 2017 6:24 AM
उमेरले गर्दा पनि हो कि गोर्खे सर? १८-२० बर्षमा जे गर्न पनि आँट आउने, अनि गर्न खोजेको गरेरै, भएरै छाड्ने समय सम्झेर चालीस हाराहारीमा फरक लागेको मात्र होला. घर परिवार, केटाकेटी भए तिनीहरू, तिनीहरूबाट बनेका सम्बन्ध इत्यादीले धेरै फरक भैसक्यो जीवन. सबैतिर सन्तुलन मिलाउदा 'डर' बढेको होला. केहि बर्षयता मेरो पनि डर बढेको छ. वरपरको नेपाली समाज-सर्कल र संगत कस्तो छ त्यसले पनि फरक पारेको हो कि? लामो समय academia तिर बसेको म हाल अर्को सहरमा आएपछि आइ टी वालाहरूको भीडमा वाल्ल परेको छु. मेरो फिल्डमा तलब १ लाख भए मनग्य मानिन्छ. सबै वरपरका कोहि त पढेकै गतिला इन्जिनियर र कोहि भने इकोनोमिक्स पढे पनि क्यु ए छन्. क्या हो क्यु ए भनेर एउटालाई सोधेको, आइ टी नै हो भन्दियो, अरु केहि थपेन. बिश्वविद्यालयमा काम गर्छु भने पनि दर्जा भनेको थिइन, घन्टाको कति भनेर सोध्न भ्यायो साथि ले. नढाटी भनियो. प्रोग्रामिङ्ग गर्नु हुदो रहेछ,आइ टी मा आउनुस, त्यति त मैले काम गरेको कन्सल्टेन्सीले तुरुन्त दिन्छ, एक बर्षमा पछी (म अमेरिका बसेको नौ बर्ष को फेक एक्स्पिरिएन्स थपेर) ७०+/hr डलर पक्का रे. बेला मौकामा अरुलाई पनि तलब सुनाउने मौका दीइयो, मलाइ सुनाउन पाउदा उनीहरूको खुसी देखेर मनमनै हासियो. त्यसपछि हो, निकै राम्रो २०१४ देखि नया किनेर चलाएको जापानी गाडी पनि उनीहरूको मर्सिडिज र बि एम डब्लु को छेउमा रोक्दा केहि भानिपो हाल्छन कि भनेर डर लाग्छ. डेरामा बोलाएर खुवाउदा मानमर्दन होला कि भनेर बाहिरै भेट्न मात्र आँट आउँछ . कपडा इत्यादी सेल पर्खेर तर ब्राण्डेड नै लगाउने गर्छु, तैपनि सेल मा किनेको थाहा पाउने हुन् कि भन्ने डर लाग्छ. अमेरिकन पब्लिकले जस्तै झिनामसिना कुरामा फ्रिक आउट हुन्छन, संसारका अरु उदाहारण दिन पनि डर लाग्छ. अमेरिका बाहेक बाँकी बिश्व नेपाल जस्तै गोबर छ भन्ने ठान्छन, एक पटक खाँटी युरोप, अस्ट्रेलिया र पूर्वी एसिया गएर हेर भन्न पनि डर लाग्छ. त्यस बाहेक माथि गोर्खेज्यु ले भनेजस्ता कुरामा पनि थप डर लाग्छ. डरको कारण आफैले डर मानेर हो भन्ने थाहा भएकोले आत्तिएको भने छैन.
_ · Jun 14, 2017 10:38 AM
एक धर्के ब्रो : तपाइको कमेन्ट पढे पछि मेरो 2nd कजनको भनाइ सम्झे | आई ए , बिए पढेर आएका हरु IT भन्दै गफ हाकेको देखेर ४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो | आफ्नो फेस बुक खाता खोलिएको छैन यदा कदा श्रीमती जीले देखौउछिन | यो तेही माइजु संग जोडिएको गाथा हो | हैन हामि नेपालीको सोच हराएको हो कि, नया संकृति आएको हो ? कसैले सामाजिक संजाल मा परलोक को कुरा संग फोटो टासे छन् | पचासौ जनाले लाईक गर्न पुगे कसैले रोए को EMOJI राखे तर मृतका नजिकि नातेदारले भने हासेको EMOJI राख्न पुगेका रहेछन | तेही देखाउदै तिम्रा नातेदार हरुको दिमाग खुस्केको हो कि ४० सौ बर्स गुम्सिएको कुरा हरु निक्लिएका हुन भन्ने पनि सुन्नु पर्यो ? उनको हसाई देखेर अर्को डर थपियो | IT guy हु भन्नेमा Nas पनि पर्छ होला ? Last edited: 16-Jun-17 10:51 AM
Magorkhe1 · Jun 14, 2017 12:28 PM
"४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो" उसलाई पनि डर छ, पक्का इन्जिनियर मान्छे पर्यो होला. "कन्सल्टेन्सी वाला IT professional" ले कुन दिन घन्टाको कति कमाउछस भनेर सोध्ला भन्ने डर. मेरो कन्सल्टेन्सी मा आइज त्यो भन्दा बढि तलब दिन्छु भन्ला भन्ने झन् ठुलो डर. एक जाना ग्यास स्टेसन धनीले भन्दै थिए DV पर्ने सबै IT, ग्यास स्टेसन मा काम गर्ने नेपाली नपाइएला भन्ने डर अम्रिका बस्या छ, गाडीले हानला कि बाटोमा, वा कुन दिन कता गोली खाइएला भन्ने पनि डर. एच वान बी नहुनेलाई, नहोला कि भन्ने डर, भएपछी हरियो नहोला भन्ने डर, हरियो नै भए पनि ट्रंपको डर नेपाल जाउँ, कस्तो खातेजस्तो पैसा नलिई आएको भन्लान भन्ने डर, नजाउँ फेरी भेट्न नपाइ मामा बित्लान भन्ने डर डरै डर सबैतिर :D
_ · Jun 14, 2017 3:58 PM
हो ७०/८० घन्टाको सजिलै दिदो रहेछ , म पनि लागि टोपले हजार् पन्द्र सय मात्रै खर्च भयो होला | बुझ्दै जादा फेक रेजुमे बनाएर अन्तर्वार्ता दिनु पर्ने अर्को काम पाए पछि छोडिदिए | SAP FICO को लागि तयारि भन्दा पनि फेक रेजुमेको लागि तयार हुन् चार गुणा समय लाग्ने अनि अन्तर्वार्तामा भिड्नु पर्दा आफु तेही चोक गरिने होला ? एउटाले ओन्लिन्र staffing ले, यो software पनि राख भन्यो र राखेर पठाए तर अन्तर्वार्ता मा पनि पुगिएन | निकाल्न बिर्सिएछु , अर्को ठाउमा तेही रेजुमे पठाईएछ , अन्तर्वार्तामा सोधी हाल्यो, जबाफ दिन सकिन, तेतिखेरै धन्यबाद दिएर मुल ढोका देखाई हाले | सुनेको अन्तर्वार्ता फोन मा गर्ने रे अनि अन्तरर्वार्ता चै अर्को ले गरिदिएने रे ? कहा सम्म सत्य हो |
magorkhe1 · Jun 18, 2017 8:21 AM
MaGorkhe महाशय को पार्ट टाईम जब, यो असाईम फ़ाईल गर्ने हरूको लागी लेख र स्टोरी लेख्ने त होईन होला है? अन्यथा नलिऊँ होला , ब्रो को साझामा लेख पढे पछि त्यस्तै लाग्छ ।
atomic · Jun 18, 2017 8:43 AM
एटोम ब्रो : साझा छिर्नु समय काट्नु हो , पार्ट टाईम जब भन्दा पनी फरक नपर्ला ? कहिँ लेखेको थिए " श्रीमतीलाई के थाहा मलाइ साझा लागेको छ भनेर" अर्थात साझा पनि एक किसिमको नसा नै हो जस्तो लाग्छ | जीबनका भोगाइ र दाया बाया देखिएका कुरा हरु मात्र हुन र यदि पर्नै गएका भए उनीहरुलाई नै लक्षित गरेको हॊईन | भोग्ने अमेरिका र स्वप्निल अमेरिका नदीका दुई किनारा हुन् भन्न पछि चै परको छुईन |
magorkhe1 · Jun 18, 2017 10:58 AM
गोर्खेको बटारिएको ब्यक्तित्तो भए पनि यो लेख मैले १० चोटी जति पढे होला जति पढ्यो उति राम्रो लाग्छ, दम छ यो लेखाँ । येस्ता लेखले पुन : जीवन पाउनु पर्छ।
logankobaje · Jan 15, 2021 1:27 PM
आजभोलि बाजे जस्ताले मेरो लेख राम्रो लाग्यो भनि लेखेको देख्दा कहिँ मेरो साझा छिर्ने नाम मा पनि बाउ बाजे बजई थप्ने त होईनौ भनि अर्को डर थपियो |
Magorkhe1 · Feb 11, 2021 9:37 PM
मैले हजुर मूजिले लेखेको भरमै नराम्रो वा राम्रो हुन्छ भनेर कैले भनेको छैन । जसले लेखे नि राम्रो लेखे पछि राम्रै हुन्छ । यो मूजि लेख ज्यादै मार्मिक छ, हजुर मूजि साझामा वा यो पिर्थ्वीमै नरहे पनि साझा रहुन्जेल यो लेख रही रहने छ अनि कोइ न कोइले येही लेख मार्फत हजुर लाई सम्झी रहने छ , येही हो मूजि हजुर लेखक सफलता ।
logankobaje · Feb 12, 2021 11:32 AM
डर लाग्छ तिम्रो मेरो साथ् छुट्ने हो कि डर लग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि किन तेसै तेसै आतिन्छ मेरो मन प्रिय तिमि बिना के होला यो जीवन -Legendary Nabin K Bhattarai https://www.youtube.com/watch?...
pandeyji · Feb 13, 2021 2:40 PM
साझाको नसा अफिमको भन्दा पनि ठुलो छ | नामर्यद र हुतिहारा हरु अध्यारोमा लुकेर पछाडी बाट छुरा हान्न पछिपर्दैनन | ( इनबक्स नया नया नाम बाट हरियो बास देखी आमा सम्मलाइ छुन छोडेनन भने बाउ लाइ भने छुदै छुएनन ), किनकी यो चक्रब्युह हो र सान प्रधान देखि बाहेक अरुको पहुच छैन | तेसैले जे जे लेखे पनि भयो भने सान प्रधान लाइ इनबक्स का कुरा मा कुनै चासो छैन किनकी यी व्यक्तिगत कुरा परे र उनले छुदै छुदैन | खप्न नसकी तेही कुरा कुराकानी मा ल्याउनु भयो वा टास्नु भयो भने तपाइले प्राईभेट कुरा खोल्नु भएको, साझाको नीति बिरुद्दका कुरा र आचार संहिता संग बाझिने हुनाले तपाइलाइनै साझा मा लेखन बाट बन्चित गराईन्छ | यो पनि एउटा अर्को डरको बिसय भएको छ | भन्छन नि टोले कुकुर हरु आपसमा खैला बैला गरे पनि टोले टोलेनै हुम भनि अर्को टोले बिरुद्द झुण्ड मात्र हॊइन नया आखडा र नया नया खाता खोलि संख्या बढाउन थाल्छन् र बक्षिम ( भुई बारुलो , जसले तोकेर गाइ बस्तु मार्न सक्ने क्षमता हुन्छ) खानीए झैँ खानिन्छन | काठमाण्डौ सहरमा ट्याक्सीले कसैलाई हिर्काए पनि वर्ग हितको संरक्षण को लागि कमाइ धमाई छोडेर ठुलो झुण्ड बनाइ उल्टो दोषि बनाएर मर्मत को पैसा पनि बटुलने परम्परा यो साझा मा पनि देखिन्छ| यो झुण्डको कर्तुत को अर्को डर थपिने मलाइ मात्र हो कि हजुर मुजीहरुलाई पनि हो ? अब भन्नु होला किन हाम्लाई मुजी भनिस भनेर ? जनवरी ६ मा अमेरिकी संसद मा अमेरिकी झण्डा हल्लाउदै राष्ट्रबादि बनि आक्रमण गरेर पानि माथिको ओभानो बने ( ठुला रास्ताबादी बनि आकर्मण गरे ) भने तपाइँ हरुले त्यो मुजी शब्द अगाडि " हजुर " शब्द राखेको चै नबिर्सनुस होला | मैले पनि यहि साझा बाट सिकेको हु | " हजुर मुजी , हजुर मा-चि**ने" लेखेर अस्लिल शब्दको प्रभाब लाइ कम पार्ने काम हो भने मुजी त भनि हाले भनि " रति साधनम" को स्वर्गीय आनन्द मृग मरिचिका भन्दा फरक नभए पनि आनन्द भोगने काम अरुले गरे झैँ मैले पनि गर्दै छु | यो व्यक्ति बिशेषमा भर पर्ने कुरा हुन्, मेरो मात्र यस्तो धारणा हो वा हजुर मुजी हरुको पनि यस्तै छ ? बटारिएको व्यक्तित्व ले बिभुसित गर्नु अघि आफ्नो ब्यक्तित्व को बिकास र सृजना गर्न छोडेर अरुको नाम मा पुच्छर थप्ने हरु संग झनै डराउनु पर्ने भएको छ | यस्तालाई भनिन्छ आफ्नो जिउको भैसी नदेख्ने अरुको आङ्ग को जुम्रा पनि देख्न सक्ने क्षमताबान ब्यक्तित्वका लौह पुरुष हुन् | तलाई खाने बाघले मलाइ पनि खान्छ भन्ने उखान बिनिसित्तई आएको होईन , ग्यान भया | बर्स दिन नाघ्यो डबल मास्क लागाएर काम र बाहिर गईयो अनि साथमा स्यानो प्याकेटको जेल पनि बोकियो र बेला बेलामा हातमा लागाएर आफन्तलाइ माथि पुर्याएको आफु चै नपुगुम भनेर डरै डरमा बर्स दिन पनि नघाईयो भने सुई खोपाई पछि अलिक राहत पाईएको छ | सबै भन्दा ठुलो डर त अतिथिले बोकेर आउने हुन् कि भन्ने ठुलै डर थियो , मै जस्ता डरपोक हरुलाई अथितिले सारेका कुरा सुन्दा के हालत भयो होला बिना तिथिका अतिथि घरमा देख्दा ? पहिले पनि अतिथि को धेरै गुण गान भएका छन् मैले थप्नु पर्दैन होला? एउटा कोवरकर ३ घण्टा पछि काममा झुल्कियो के भए छ भने उसको गाडीमा चेक इञ्जिन लाईट आएको काम भएर अटो गराज तिर हानिएछ, ३ घण्टा पछि साचो र ६० को बिल थमाउदै " यु आर अल सेट" भने पछि खुसि हुदै काम आयो | उसलाई पनि त्यो चेक इञ्जिन लाइटले कहिँ गाडिमा तल माथि भएर मारिने हो कि भन्ने डरैले होला, काम भन्दा अघि गराज तिर कुद्यो | भएको के होला भने ग्यास हालेर बिर्को राम्ररि क्लिक को आवाज नआई छोडेको कारणले खतराको जानकारी ड्यासबोर्डमा आएको होला | कुनै बेला कोईराला ज्यु को शत्रु नामक कथा पढेको थिए हजुर मुजीहरु कसैले पढ्न भ्याउनु भएको छ ? यदि भ्याउनु भएको भए मेरो कुरा बुझ्न धेरै दिमाग खापाउनु परछ जस्तो लागदैंन | अस्तु : Last edited: 03-May-21 11:55 AM
Magorkhe1 · Apr 24, 2021 4:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion