Mayuree Mahal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"मयुरी महल" -घर घरमा “मयुरी महल” ताज महल या रानी महल जस्तो महल होइन तर प्रेमको लागि एक अद्भुत प्रेमी मदनले निर्माण गरेको काल्पनिक बिम्ब हो । यो एउटी भारतीय युवतीको नेपाली युवासंगको प्रेम र त्यागमा समर्पित अनुसन्धानात्मक सामाजिक उपन्यास हो । नेपालबाट सिता र भृकुटी भारत र चिन गए जस्तै भारतबाट नेपाल आएर टुहुरो युवकसंग बिबाह गरेर, सम्पूर्ण दक्षिण एशियाभरि आफ्नो उद्द्योग व्यापार बढाउन सफल नारीको यात्रा, रोमान्स, अध्यान र अत्यन्तै चुनौती पूर्ण जीवन गाथा नै मयुरी महल हो । दक्षिण एशियाली नारीहरुको सामाजिक संस्कृतिक अवस्था, जीवन संघर्ष, अन्तरदेशीय बिबाह र अन्तरदेशीय ब्यापारसंग सम्बन्धित उतार-चडाबका सत्य घटनाहरुको औपन्यासिक स्वरुप नै मयुरी महल हो । यसैगरी टोपी, मेहेन्दी, होलि अनि हिन्दु, बौद्ध र इस्लाम सभ्यताको ऐतिहासिक विकासक्रमको बैज्ञानिक परिक्षण हो । दक्षिण एशियाका ८ वटै राष्ट्रको एकिकरणको आधार हो अथवा दक्षिण एशियाली राष्ट्रियता र नया राष्ट्रवादको नया आयाम हो । मयुरी र मदनको इंडिया, पाकिस्तान, बंगलादेश, मल्दिव्स, भुटान, श्री लंका, अफगानिस्तान र नेपाल ८ वटै राष्ट्रको रोमान्चकारी हनिमुन यात्रा बिवरण हो। त्रिभुवन विश्व बिद्यालय ग्रामिण विकास केन्द्रिय बिभाग किर्तिपुरका, उप प्राध्यापक डा. भरत प्रशाद बडालद्वारा लिखित तथा अमेजन अमेरिकाद्वारा विश्वभर वितरित यो पुस्तक शाहित्य, अनुशन्धान, समाज शास्त्र , ब्यबस्थापन, राजनीति शास्त्र र ग्रामिण विकासका बिद्यार्थीलाई अत्यन्त उपयोगी छ भने विदेशमा रहेका दक्षिण एशियाली समुदायहरुलाई आफ्नो संस्कृति र शभ्यता माथि परेको पश्चिमी प्रभाब न्यूनीकरणका लागि पनि त्येतिकै उपयोगी छ । उक्त पुस्तक जुन १ तारिख देखि विश्वभरि उपलब्ध छ, तर पाठकहरुले अनलाइन अडर गर्नु पर्ने छ भने यसको मूल्य अमेरिकामा १४.९५ डलर तोकिएको छ। यो पुस्तक हरेक पाठकको घरमै आइपुग्ने छ कतै बजार धाइ रहनु पर्दैन ।

Dr-Bharat P Badal · Jun 5, 2017 10:47 PM · 1,946 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all