१९ जेठ, काठमाडौं । जर्मन अधिकारीहरुले १४ वर्षीया नेपाली किशोरीलाई त्यहाँको एक विद्यालयबाटै उठाएर नेपाल डिपोर्ट गरेका छन् । विभुषी रानाको जन्म जर्मनीमै भएको थियो । र, उत्तरी राइन वेष्टफेलिया राज्यको एक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । उनलाई त्यहाँको संघीय प्रहरीले कक्षाकोठाबाट पक्राउ गरेर आमाबुबासँगै नेपाल पठाएको हो । उनीहरुलाई फ्राङर्फट विमानस्थलबाट नेपाल पठाइएको जर्मनका सञ्चार माध्यमहरुले जनाएका छन् । विभुषीको परिवारको जर्मनीमा बस्ने अनुमति सन् २०१३ मा सकिएको थियो । उनीहरुले त्यहीँ बस्न पाउनु पर्ने माग गर्दै अपील गरेका थिए, जुन मार्च २०१६ मा खारेज भएको छ । यो परिवार १५ वर्ष अगाडि जर्मनी पुगेका थिए र शरण माग गर्दै विभिन्न समयमा अपील गरेका थिए । शहरको कानुनी विभागका प्रमुख डानियला लेसमाइस्टरले यो परिवारलाई नेपाल फर्काउनु बाहेक अर्को विकल्प अधिकारीहरुसँग नभएको बताएका छन् । जर्मन कानुन अनुसार कुनै पनि व्यक्तिलाई डिपोर्ट गर्नु अघि पूर्व सूचना दिइँदैन । पूर्व सूचना दिएमा उनीहरु भाग्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । साथै डिपोर्ट दिनको समयमा गर्ने गरिन्छ । विभुषीको १८ वर्षका दाजु पनि छन् तर, उनलाई भने नेपाल पठाइएको छैन । यसको कारण प्रष्ट नभएको समाचारमा उल्लेख छ । विभुषी अध्ययन गर्ने विद्यालय स्टाइनबार्टका पि्रन्सिपल राल्फ बुखथालले प्रहरीले पक्राउ गर्नु अघि केही पहिले मात्र आफूलाई सूचना दिएको बताए । उनले भने, प्रहरीले समाउँदै गर्दा म अब कहाँ जानु भनेर प्रश्न सोधेकी थिइन् ।’ विभुषीलाई प्रहरीले पक्राउ परेपछि उनकी एक साथी बेहोस भएको र डाक्टरलाई बोलाउनु परेको थियो । २०७४ जेठ १९ गते १५:५४ मा प्रकाशितhttp://www.onlinekhabar.com/20...
ktmpost · Jun 2, 2017 6:30 AM · 2,799 views
आँखा झिम्काइ वरी थुतुनो चुस्स पार्ने केटिहरुलाइ रिपोर्ट मात्र हैन डिपोर्ट नै गर्न पर्छ .... कि कसो केटाहरु हौ !!
Nas · Jun 2, 2017 6:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion