गत शनिबार बिहान ११ बजेतिर उनको फोन अयो। म अर्धनिद्रामै थिएँ, लगातार फोन आइरहँदा पनि फोन उठाइनँ। तर फोन धेरैचोटि बजेपछि उठाएँ। फोन रिमाको (नाम परिवर्तन) थियो र सदाझैँ ऊ आत्तिएर बोलिरहेकी थिई। ‘रिमा, हेर न म त अझै ओछ्यानमै छु।’ ‘ओहो! अल्छि दिदी यतिबेरसम्म पनि सुतिराखेको। त्यसो भए पछि फोन गर्छु नि।’‘होइन, भन न के भयो। म सुनिराछु, अब उठ्छु पनि ११ पो बजिसकेछ।’ ‘साला, त्यो पाखेले अहिले आएर मलाई डिभोर्स दिन्न रे। मलाई त तनाव माथि तनाव भएको छ। लौ न दिदी कसरी डिभोर्स लिने होला?’ ओहो, बिहानबिहानै कस्तो नराम्रो शब्द सुन्नुपरेको। तर उसको मुखबाट राम्रो शब्दहरु कहिले पो झरेको छ र। सधैँ फोनमा कुरा गर्दा एउटालाई न एउटालाई सत्तोसराप गरेकै हुन्छ। जुरुक्क उठेर फोन लाउड स्पिकर गरें। बाहिर टनटलापुर घाम लागिरहेको रहेछ। एकछिन होल्डमा राखेर हिजो बेलुका धोएको लुगा सुकाउन बाहिर निस्कएँ। बाँकी लुगा धुन हाल्दै उसँग कुरा गर्न थाल्छु। ‘आज कस्तो मज्जाको घाम लागेको रहेछ। यसो विचतिर जाऊ घुम्न, तनाव कम हुन्छ कि।’ ‘आफ्नो मनमा पानी परेको छ दिदी, यस्ता मुला घाम लागेको के नै अर्थ?’‘मुला, साला, चोर, खाते...यस्ता शब्दहरु अझ प्रयोग गरिरहेको छौ है?’“सरी दिदी तर कस्तो रीस उठेर आउँछ। रिसले आँखा नै देख्दिनँ, आफ्नै दारा किट्छु अनि यस्ता राक्षसलाई गाली गर्न मन लाग्छ। यिनीहरू यसको लायक नै छ।’ ‘अब कोसँग डिभोर्स चाहियो?’ ‘छ, एउटा इन्डियन।’ ‘त्यसो भए तिमीले दोस्रो बिहे पनि गरेरै छाड्यौ है? भनेको मानिनौ है? कहिले बिहे ग¥यौ अनि अब फेरि डिभोर्स माग्दैछौ, ल भन कुरा के हो।’‘त्यही त हो नि दिदी सबै कहानी तपाईँलाई थाहा नै छ नि। न बस्ने ठेगान थियो, न गतिलो जागिर, न कलेजको फी तिर्न सकेकी थिएँ, घरमा बेलाबेलामा फोन गर्यो के छ खबर भनेर सोध्यो के हुनु तँलाई र ज्वाइँलाई पठाउन लागेको ऋण बाँकी नै छ रे, ज्वाइँ अर्की लिएर बसेको वर्ष हुन लागिसक्यो, डिभोर्स भइसक्यो, न यो कुरा भन्न सकेको छ, ज्वाइँलाई फोन दे भन्दा सधैँ काममा छ भनिदिन्छु, कति ढाँट्नु, साथीहरु र बहिनीहरु सोध्छन् फेसबुकमा खै त तेरो र भिनाजुको फोटो राखेको, कि नराखेको? म त साफ गाली गरिदिन्छु अनि चुप लाग्छन्। उसको याद अझ पनि आउँछ अनि म्यासेज गर्न मन लाग्छ। अबदेखि झगडा गर्दिन फर्केर आउन त्यस किचकन्नि भूतलाई छोडेर भन्दा पीआर दिलाउनेलाई छोडेर फेरि तँ झुम्रीसँग आउँछु रे। जा, अब त तँ मरेपनि बाल छैन भन्छ दिदी। कति रुनु, कति आत्तिनु।’‘डिभोर्स नदिइहाल। घरसल्लाह गर्नुपर्छ। ठन्डा दिमागले कुरा गरौँला, केही उपाय गरौँला भनेकी पनि थिएँ त, होइन?’‘गल्ती भयो दिदी, दुई सेमेस्टरको पैसा दिन्छु डिभोर्स दे भन्यो। अर्कोसँग सुत्न गइसकेकोलाई राखेर पनि के काम बरु पैसा लिन्छु भनेर सजिलै डिभोर्स दिए तर यस्तो समस्या आउँछ भन्ने के थाहा?’ ‘अनि अर्को साथी कसरी भेट्यौ त?’ ‘त्यही किचन ह्यान्डमा काम गर्दा। एक भारतीयले ‘मै तुमको साथ दिउँगा’ के के भनेर फकायो, सम्भावनाहरु देखायो, मेरो कलेजको फी, रेन्ट तिर्न सहयोग गर्छु पनि भन्यो, धैर्यता गर्ने परिस्थिति नै थिएन, कसैकोे सल्लाह लिने स्थितिमा पनि थिएन, मन चन्चलमात्रै भएको थियो अनि कसैलाई नभनी लिभिङ्ग टुगेदरमा बसें अनि पेपर म्यारिज पनि गरें।’ ‘डिभोर्सचाहिँ किन चाहियो अब उसँग?’ ‘बस्नै मन लागेन दिदी। खालि रिस मात्रै उठ्छ। स्वास्नी जसरी राख्न खोज्छ। मलाई यसको स्वास्नी बन्नु नै छैन। माया नै छैन, यसको मुख देख्नेबित्तिक्कै घिन लाग्छ खै किन हो।’ ‘पिट्छ? हातपात गर्छ? मुख छोड्छ?’ ‘सालेले छोयोस् त मात्रै, त्यसको हातखुट्टा भाँचेर सुटकेशमा पोको पारेर पठाइदिन्छु।’ त्यस्तो डोमेस्टिक भ्वाइलेन्स केही होइन। जस्ट त्योसँग बस्न मन मरेर आयो। मनमा शान्ति छैन, दिदी। मनपेट रातभरी पोलिरहन्छ किन हो किन?’ ‘डिभोर्स दे भन्दा के भन्छ त?’ मलाई बीच बाटोमा छोडेर कहाँ जान पाउँछ रे। भारत लगेर परम्परागत शैलीमा विवाह पनि गर्छु भन्छ। एक सेमेस्टरको पैसा तिरिदिएको छु र बाँकी सेमेस्टरको पैसा पनि आधा दिने सहमति भइसकेको छ अहिले आएर केही कारण बिनानै बस्न मन लागेन भनेर हुन्छ? यदि मसँग खुसी छैन भने अर्को भिसा थप्ने बेलामा सोचौंला भन्छ। भिसा सकिन अझ बाँकी छ, अहिले नै घुटन भइसक्यो, अझ वर्ष दिन बस्न सकिन्छ र? भन्नुस् त।’‘उसँग पनि डिभोर्स लिएर के गर्ने सोचमा छौ त अब?’ ‘थाहा छैन। ह्या नेपाल गइदिन्छु दिदी। त्यो भातेलाई अष्टे«लियासम्म ल्याएँ डिपेन्डेन्टमा। इङ्गिलसको नाममा एस र नोभन्दा केही आउँदैनथ्यो। त्यो पहिलेको कुराले म पागल भइसकें। अब मर्न मात्रै बाँकी छ।’ ‘तिमीलाई कति भन्नु यस्तो शब्द नबोल, यस्तो हरेस नखाऊ, अलि गम्भीर हुन सिक। अरुको सल्लाह सुन्ने गर। अरुले भनेको मान।’ ‘म पागल भइसके साँच्चै दिदी अब त। मलाई त घरीघरी सबै मानिसलाई चिथोर्न मात्रै मन लाग्छ। त्यसले छोडेर नगएको भए म यस्तो हुन्थिन। मसँग सुत्यो। मलाई जुठो बनाएर हिँड्यो। त्यसको त कहिले भलो नहोस्, नर्कमा बास होस्।’ ऊ रुन थाली। धेरै कुराको आत्माग्लानी रहेछ। रुदै भनी–दिदी, मेरो यही मुखाले बानीले मैले दुःख पाएकी हुँ। घरमा आमाबुबा सधै चिन्ता लिनुहुन्थ्यो यसको यो मुखले दुःख पाउँछे। यहाँ आउने बेलामा पनि एयरपोर्टमा ज्वाइँ यसको मुखचाहिँ साहै्र छुचो छ, मन सफा नै हो, यसले केही भनी भने बरु हामीलाई फोन गर्नुहोला बरु सम्झाउँछौ तर मिलेर बस्नु ल भन्नुभयो। मोरोले पनि हुन्छ ढुक्क हुनु भन्थ्यो, देखाइहाल्यो नि जात।’‘तिमीलाई काउन्सिलिङको जरुरत छ जस्तो छ। एउटा मनोवैज्ञानिक चिकित्सक छन् नेपाली, फोन गरिदिउँ जान्छौ?’ ‘मलाई त कोही नेपालीलाई भेट्नै मन लागेको छैन। अलिअलि भएको इज्जत पनि फालिन्छ, भयो जान्नँ।’ ‘डाक्टरलाई भेटेर कसरी इज्जत जान्छ? कस्तो कुरा नबुझेको तिम्रो अशान्ति मनको उपचार हुन्छ।’ ‘भयो दिदी, मलाई मेरो समस्या यहाँ समाजमा धेरैलाई बताउनु छैन। मिल्छ भने त्योसँग कसरी छुट्कारा पाउने होला उपाय खोजिदिनु नत्र भए म आफैं केही सोचौँला।’ ‘म तिमीलाई कल गर्छु चाँडै। मैले पहिले नै भनिसकें तिमीमा धेरै खुबी छ, आत्माविश्वास छ, तिमीले धेरै गर्न सक्छौ। एक्लो जीवनलाई सजाय होइन कहिलेकाहिँ गतिलो अवसरको रूपमा लिएर खुसी होऊ। तर तिमीले मेरो कुरा सुनिनौं।’ ‘यस्ता खुबीसुबीलाई गोली मारिदिनुस्। हुन्छ दिदी, विल सी यू सुन। टेक केयर। बाई।’साढे १२ बजे छ। उसँग एक घण्टाभन्दा बढी कुरा भएछ। मलाई थाहा छ– अब एक दुई महिनापछि फेरि मलाई सम्पर्क गर्नेछ र फेरि अर्को तनाव सुनाउने छ।गत वर्ष अक्टोम्बरको कुरा हो। म श्रीलंकामा थिएँ। भाइबरमा उसको १२ मिसकल आएको रहेछ। उसको बानीचाहिँ एकचोटि फोन उठेन भने फोन गरिरहन छ।े कल ब्याक गरें। उसले मलाई लगभग सात आठ महिनापछि कल गरेकी थिई। भनी– रुममा बस्नेहरुसँग झगडा भयो। कारण, उनलाई एकजना साथीले किचन फोहोर गर्यो भनेर गाली गरेछ अनि तेरो घरमा तँनै बस भनेर भाडा फालेर उ हिँडिछ, रातीको ११ बजे। आज एकदिनलाई बास दिनुन भनेर मलाई स्टेशनबाट फोन गरेकी रैछ। रातको एघार बजे रिसले आँखा नदेखेकी केटी स्टेशनमा छ र जाने कहाँ, खाने कहाँ केही ठेगान छैन। मैले हत्तनपत्त उसलाई एकरात सुत्ने व्यवस्था गरिदिएँ। पछि म श्रीलंकाबाट आएपछि उसलाई म्यासेज गरें, फोन गरें तर उसले फोन पनि उठाइन, म्यासेज पनि रिप्लाई गरिन। चार महिनापछि मात्र सम्पर्कमा आई। थाहा छैन अब कति महिनामा फेरि ऊ मसँग सम्पर्कमा आउँछ।दुनियाँले स्वर्ग ठानेको यो विदेशीभूमिमा यहाँको परिस्थिति, व्यवस्थापन र यो माटोमा सङ्घर्ष गर्न नसक्दा आफूले आफूलाई नै काबु राख्न नसकेको थुप्रै त्यस्ता घटना छन्। मनभरि कति पीडा छ यहाँ, मान्छेहरु दिनदिनै छट्पटिरहेका छन्, चिच्याउँछन्, रुन्छन्, कराउँछन् आफंैभित्र लड्छन्, आँसुको मुल्य खोज्दै भौतारिरहन्छन् र शान्ति कतै भेट्दैनन्। कठै जीन्दगी! http://global.setopati.com/aus... प्रकाशित मिति: मंगलबार, फाल्गुण २४, २०७३ ०७:३८:३४
ktmpost · May 31, 2017 8:08 AM · 36,982 views
Timi jasto DIDI bhayecha pachi Tanab bhai halcha ni...."अब एक दुई महिनापछि फेरि मलाई सम्पर्क गर्नेछ र फेरि अर्को तनाव सुनाउने छ।" Didi/friend ko naam ma kalanka
Jahbless · May 31, 2017 3:54 PM
येत्रो लामो आर्टिकल पढनै पर्दैन ! यि नानीको अनुहार हेर्दा त् लोग्ने जोइला गाको हुन् पर्छ र त् रुइन होलि बिचरी !
Nas · Jun 1, 2017 10:22 AM
ओहो नास दाजु, तिमि फर्क्यो? मा त तिमि मुजी सहयोग लगेर खुस्क्यु कि भन्ने ठानेको! :)
dkhanal · Jun 1, 2017 10:31 AM
How dare you use someone's personal information that was shared with you in trust and confidence to come up with an arsewipe article in setopati or some shyyyyt Nepali online news so the world could see your fat pic and fart intellegence for 15 minutes of fame
sidaNepali · Jun 1, 2017 10:57 AM
Read the article. Read the comments following the article. Can't help but shake my head. Is this what we represent? Is this how we think? First comment blames it on the writer. I hardly see the writer at fault; forget the things the other character has done in the story- blame the writer. Second comment criticizes the writer's appearance. Seriously? Didn't even read what the article is about and just attack the writer because she is not the prettiest busty girl you have ever seen? Third comment is irrelevant. Fourth one is disappointed that the author used someone's personal information in public space without consent. Did the bloke even read this part :"रिमाको (नाम परिवर्तन)"
BadhiJanne · Jun 1, 2017 12:14 PM
Nepali community is small and tight. I am sure ppl around the victim have already recognized who the girl is by putting together the pieces . Eg: ra may was born in a royal Fam but had problems with his dad and he started living in the Thailand and heart attack. You guessed it I am talking about paras. Same here, not everyone might know her but I am sure a lot of her close ones can tell that it is her and it's not fair. Plus the whole article is a bs with out any statically research of data to claim her thesis. It's her sole opinion and I disagree with her.
sidaNepali · Jun 1, 2017 1:54 PM
thanks for the article. a good read, and your point of view is straight to the point. My thinking however is- i wonder how it is, for some those young domestic workers that go to foreign countries for work, and get mis treated. back to the article, In her case, i'd say she was just a young girl who's fighting sometimes with hubby just like everybody else. her hubby falls for green card; hence leave her; or vice versa. she tries to make her paper as well by paper marrying foreign national. she hates it; and process is taking long. fuk but this is typical situation of so many immigrant students here in US UK and Aus or anywhere else. life aint that bad really in Western countries; especially if she's a working lady. Divorce is a common thing in such countries. Actually, such an independence is craved by many; but very few are lucky to be strong like her.
my man · Jun 2, 2017 4:38 AM
"तिमि मुजी सहयोग लगेर खुस्क्यु कि भन्ने ठानेको" अहिले सम्म त् "प्यान्थर"ले नै जोगाइ राको छ भन्नु पर्यो डि.के हनाल ब्रो .... हे हे !
Nas · Jun 2, 2017 6:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion