काठमाडौँका नयाँ मेयरले सार्वजनिक स्थलमा फ्री वाईफाई ल्याउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ । साथै नेपालीसँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने निर्णय पनि अनुमोदन भएको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ । रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ । बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । हालका अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको बैठकको ठहर छ । बैठकले महानगरको घर तथा टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विर्सजन र व्यवस्थापन गर्ने निर्णय गरेको छ । ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बाषिर्क १२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने अर्को निर्णय छ । भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फि्र वाइफाइको व्यवस्था गर्ने निर्णय पनि भएको छ । महानगरका सबै वडा तथा विभागबाट प्रवाह हुने सेवालाई छिटो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने अर्को निर्णय छ । सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि पहिलो नगरकार्यपालिकाको बैठकको निर्णय छ । http://www.onlinekhabar.com/20...

ktmpost · May 31, 2017 7:59 AM · 12,773 views

2 Replies

Wifi bhanda pahile paani lyaunu hosh mayor jyu

funtush · Jun 1, 2017 9:02 AM

Until then wiwi will do.

BadhiJanne · Jun 1, 2017 12:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all