वोस्टनमा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वोस्टनमा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने कृष्णराज खनाल, १४ जेठ २०७४ वोस्टन, अमेरिका । नेपालका सुप्रसिद्ध पुराण वाचक पं.दीनवन्धु पोखरेलको प्रमुख आतिथ्यमा आगामी अगष्ट ८ देखि १४ तारिखसम्म वोस्टनमा श्रीमद्भागवत् सप्ताह महायज्ञ एवं आध्यात्मिक महोत्सव हुने भएको छ ।महोत्सवलाई सभ्य र भव्य बनाउनका लागि तयारी तीव्ररुपमा अगाडि बढेको आयोजकले जानकारी गराएको छ ।पशुपतिनाथ र बुद्ध मूर्तिसहितको नेपाली कम्युनिटी सेन्टर स्थापना गर्ने पुनीत उद्धेश्य लिएर केही वर्ष अघि स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्याण्ड (प्याब्फोन) को आयोजनामा यो महायज्ञ हुन लागेको हो ।सुशीलचन्द्र पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने अन्य उपसमितिहरु बन्ने क्रममा रहेको जानकारी आयोजकले गराएको छ ।वेद अथवा भागवतको वैज्ञानिक व्याख्या, बुद्ध दर्शनसम्बन्धी प्रवचन तथा अध्यात्मवाद र विज्ञानबीचको समायोजन जस्ता गहन विषयमा पं.दीनवन्धु पोखरेलले प्रवचन दिने कार्यक्रम रहेको छ ।यसबाहेक कर्मविधि, शालीग्राम पूजन, व्रतवन्ध, विवाह, चौरासी पूजा, तुलादान आदि कार्यक्रमहरु पनि आयोजना गरिनेछन् ।वोस्टनमा आध्यात्मिक महोत्सव पनि राखिएकोले यो अमेरिकाका अन्य स्थानमा आफूले वाचन गरेका कार्यक्रमभन्दा भिन्न हुने विश्वास व्यक्त गर्र्दै यसमा सबै समुदाय तथा जातिका मानिसहरु आएर वास्तविक जीवन जिउने पद्धति सिकेर जानका लागि पनि पं पोखरेलले अनुरोध गरेका छन् ।अध्यात्मवादबाट विमुख हुन लागेका युवा पुस्ताका विद्यार्थीहरुलाई पनि प्रवचन श्रवण गरेर लाभ लिन उनले अनुरोध गरेका छन् ।कार्यक्रम सफल हुनेमा संयोजक सुशीलचन्द्र पौडेल ढुक्क छन् । उनले भने - हामीले सोचेभन्दा बढी वोस्टनवासीहरुले जागरुकता देखाएका छन् त्यसैले यो भव्य रुपमा सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । उनले वोस्टनवाहेक अरु स्थानबाट पनि भागवत श्रवण गर्न भक्तजनहरु आउने विश्वास व्यक्त गरे ।वोस्टनमा कम्युनिटी सेन्टर स्थापनार्थ गठित प्याव्फोनले हालसम्म एक लाख ८४ हजार डलर जम्मा गरिसकेको छ भने यो सेन्टर स्थापनाका लागि अनुमानित बजेट १५ लाख डलर रहेको जनाइएको छ ।पं. दीनबन्धु पोखरेल पूर्वीय धर्म, अध्यात्म र दर्शनका ज्ञाता हुन् । उनी नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी चारै भाषामा धाराप्रवाह रुपमा बोल्न र प्रवचन दिन सक्छन् ।पं. पोखरेलले करिब १२ वर्षको अवधिमा देशका ६८ जिल्ला पुगेर हालसम्म पाँच सय भन्दा बढी धार्मिक अनुष्ठान एवं कार्यक्रमहरु आयोजना गरिसकेका छन् । उनको वाचन कलाको प्रसंशा र प्रभाव नेपालदेखि एसिया, युरोप र अमेरिकासम्म फैलिएका नेपालीहरुबीच पनि उत्तिकै छ ।

Boston Saptah · May 30, 2017 12:15 PM · 4,904 views

1 Reply

Yes: I heard they weigh in Tarju, one side guru (Thag) and other side coin. They know how to sell dharma new way. It is all marketing . One time an Astrologer claimed that in Klaratri he does aradhanaa naked. You see How impressive his claim is was? A true Devotee and truly blessed and acquired knowledge and wisdom. Last edited: 31-May-17 11:05 AM

magorkhe1 · May 31, 2017 10:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all