आफ्नो कुमारित्व लिलामीमा राख्ने यी युवती, राखिँदैछ करोडौंको बोली जेठ ११ – आधा अष्ट्रेलियाली र आधा जर्मन मूलकी युवती किमले आफ्नो कुमारित्व लिलामीमा राखेकी छिन् । १८ वर्षीया किमको कुमारित्व लिलामीको सुरुवात ८६ हजार ६ सय ४० पाउन्ड (लगभग १ करोड १६ लाख रुपैयाँ ) राखिएको छ । किमले आफ्नो कुमारित्व लिलामीका लागि एक एस्कर्ट एजेन्सीसँग सम्पर्क गरिन् । वेबसाइटको भनाई अनुसार यसका लागि उनले मेडिकल जाँच पनि गराएकी छिन् जसमा किम कुमारी भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार किम ती पैसाले जर्मनी र भियनामा पढाई गर्नेछिन्, फ्ल्याट र कार खरिद गर्नेछिन् । साथै, ती पैसाले कलेजको शुल्क तिर्नेछिन् । बेलायती अखबार द सनका अनुसार किमको पढाई खर्च व्यवहोर्नका लागि उनको परिवारले निकै मेहनत गर्नुपर्छ । यति मात्र होइन, किमले यो लिलामीका लागि आफ्नी आमा हेली विलागूबी र पिता फिलिप स्कोफिल्डसँग पनि अनुमती लिएकी छिन् । किमका अनुसार उनी रोमन मोडलले अलेक्जेन्डर खेफरेनसँग प्रभावित भएर यो निर्णय लिएकी थिइन् । अलेक्जेन्डरले पनि आफ्नो कुमारित्व एस्कर्ट एजेन्सीमा नै लिलामी गरेकी थिइन् । अलेक्जेन्डरको कुमारित्व हंगकंगका व्यापारीले खरिद गरेका थिए । यसका लागि उनले ८० लाख पाउन्ड तिरेका थिए । वेबसाइटका अनुसार ती व्यक्तिसँग अहिलेसम्म ३ सयभन्दा बढि कुमारी युवतीको आग्रह आइसकेको छ । यी युवती अष्ट्रेलिया, युरोप, उत्तर र दक्षिणी अमेरिका, इस्लामिक र एशियाली देशबाट छ । वेबसाइटले किमसँग आफ्नो शुल्कको रुपमा लिलामीमा आएको मूल्यको २० प्रतिशत पार्टनरशिपको शर्त राखेको छ । http://www.ratopati.com/news/1... Last edited: 26-May-17 09:45 AM
ktmpost · May 25, 2017 11:21 AM · 13,984 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion