जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । प्रचण्डले सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दियो । दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’ यो पनि पढ्नुहोस् प्रधानमन्त्री बन्नुअघि केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ प्रधानमन्त्रीले भने- संसदमा बोल्न पाइनँ, सीधै जनतामा आएँ (सम्वोधनको पूर्णपाठ) देशबासीलाई प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडियो) तर, आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’ उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे । सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत रहने समेत बताएका छन् । http://www.onlinekhabar.com/20...
ktmpost · May 24, 2017 6:15 AM · 2,288 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion