घर किनियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अम्रिका छिरेको लगभग ८-९ बर्ष पछि एउटा सानो, बस्न हुने झुपडी किनियो. आफ्नो मान्छे सोचेर ८-१० जना लाई ल है घर किने भनेर खुसि बाड्न खोजेको, २-४ जना le "मुजी ले show off गर्यो, जाबो एउटा घर किनेर फुर्ति लगायो" भन्न सुरु भै सकेछ. अनि लौ त नि, खुसि बाड्न खोज्दा show off गरेको जस्तो हुने रैछ भनेर अरु कसै लै भनिन. अब फेरी अरु २-४ जना ले "मुजी ले घर किनेर भन्दा नि भनेन, ठुलो भयो" भन्न भ्याई सकेछन. ब्याक यार्ड मा घाम तापेर सुन्तला खादै सोचें, "भने नि नहुने, नभने नि नहुने" अनि मुला, फोटो हल्दे फेसबुक मा. "राम्रो सोच्ने खुसि हुन्छन, नराम्रो सोच्ने डाह गर्ने हरु डाह गरेरै मर्छन. आफ्नो हात मा नभाको कुरा लाइ लिएर किन टेन्सन लिने हैन? हुन त आफ्नो लाइफ, अरु को अप्रुवल किन चाहिन्थ्यो र. "फलानो ले के भन्लान" सुन्दै हुर्के पछि येस्तै हो. त्येही बेला दिमाग मा अर्को सोच आयो "यो घाम मा सुन्तला संगै बदम पनि भाको भए अर्कै मज्जा आउथ्यो" छिमेकी दाजु ले फ्रेन्च डोर फ्रिज नै किन भनेर हेर्न गको होम डिपो तिर, प्राइस ट्याग देखेर गाको सातो बल्ल बल्ल आउदा फेरी फर्निचर कहाँ बाट किन्ने भन्ने तनाब छ. यो बेड सेड, काउच साउच कता बाट किन्दा राम्रो होला, लौ न बताइदिनु पर्यो साझा बन्धु हरु

rajbhai · May 19, 2017 3:11 PM · 14,355 views

3 Replies

RahulBhai लाई बल्ल डिभित् र निबृतिका बाले यहाँ मुख देखाउन सक्ने अनुमति देका थिए भन्थानेको त rajbhai पो परेछन्।

DVGorkhe · May 19, 2017 4:40 PM

Aru kohi haina tyahi hamro MaGorkhe ho yo. Jhukkauna khojda rahechha. Eta ko kura suru garera utako kura garne aru ko chha yaha?

BadhiJanne · May 19, 2017 4:46 PM

हैन तिनी हैनन्, लेखाइ शुद्ध छ ।

DVGorkhe · May 19, 2017 6:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all