नेजा सामूदायिक पुरस्कार ग्रहण गरिसकेपछि लेखक शिव प्रकाश र पत्रकारहरु क्रमश मनोज अधिकारी र दिनेश कार्की। तस्बिरः सेतोपाटी गतवर्ष सेतोपाटी ग्लोबलमा प्रकाशित अमेरिकाको नेपाली समूदायमा बिमा ठगी सम्बन्धी समाचार लेखेवापत तीन पत्रकार सम्मानित भएका छन्। नेपाल अमेरिका पत्रकार संघ (नेजाको) ११ औं साधारण सभामा बोस्टनमा रहेका लेखक तथा पत्रकारहरु शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्की शनिबार सम्मानित भएका हुन्। सन् २००७ मा स्थापति नेजाले सामूदायीक पत्रकारिता पुरस्कार पहिलो पटक प्रदान गरिएको हो। भर्जिनियाको मनाससमा आयोजित कार्यक्रममा पत्रकार महासंघका महासचिव उजिर मगरले १ हजार १ सय ११ डलर पुरस्कार राशी रहेको चेक तथा प्रमाणपत्र तीनै पत्रकारलाई संयुक्त रुपमा प्रदान गरे। उनीहरुले उक्त पुरस्कारको सम्पूर्ण रकम चितवनस्थित अनाथ बालबालिकाको संरक्षण गर्दै आएको सानोघर सँस्थालाई प्रदान गर्ने घोषण गरे। गतवर्षको फागुनमा प्रकाशित अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै शीर्षकको समाचारलाई तीन सदस्यीय छनौट समितिले उत्कृष्ट ठहर गरेको हो। सन् २०१६ भरि प्रकाशित समाचार तथा लेखहरुमध्ये उत्कृष्ट एक चयनका लागि गठित पत्रकार राजेश मिश्र संयोजक रहेको छनोट समितिमा सञ्जय घिमिरे र कमला थापा सदस्य थिए। बिमा ठगीको सो समाचार अमेरिकाभर रहेका नेपालीबीच चर्चाको विषय बनेको थियो। उक्त समाचारमा बोष्टन, भर्जिनिया र न्यूयोर्क क्षेत्रमा विमाका एजेन्टहरुले सोझासोझा सयौं नेपालीलाई पोलिसीमा नभएका झुटा आश्वासन दिएर बिमा बेचेको खोजमूलक तथ्य प्रकाशित गरिएको थियो। समाचार प्रकाशित भएपछि पिडितहरुले बिमाका पोलिसीहरु धमाधम रद्द गर्दै सम्बन्धित निकायमा ठगीमा परेको भन्दै उजूरी दिएका थिए। उक्त उजूरीमाथि अहिले पनि छानवीन चलिरहेको छ। नेजाका महासचिव तोया दाहालले विभिन्न प्राप्त समाचार सामाग्रीमध्ये विमा ठगीको समाचार खोजमुलक, सन्तुलित, तथ्यपरक रहेका कारण छनौटमा परेको र भविष्यमा पनि यस्तै समाचारहरु लेख्ने विश्वास लिए। कार्यक्रममा पूर्व निर्वाचन आयूक्त भोजराज पोखरेल, पूराना पत्रकार योगेश उपाध्याय, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल लगायत करिब एकसय सञ्चारकर्मी सहभागी थिए। नेजाको साधारणसभा विधान संशोधन लगायतका विषयमा निर्णयहरु गर्दै आइतबार सकिनेछ। http://global.setopati.com/ame... अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु
ktmpost · May 6, 2017 8:51 PM · 2,605 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion