भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । उखानको खोला फर्किएला वा सुकेर जाला, यमन श्रेष्ठ भने १२ वर्षको अमेरिका बसाइपछि चार वर्षअघि नेपाल फर्किए । अमेरिका छोड्न उनलाई आफ्नै भागदौडको जिन्दगीले उक्साएको थियो । पढ्न गएका उनी काम पनि गर्थे । कामको धपेडी कस्तो भने, उनलाई आफूले कस्तो जिन्दगी बाँचिरहेको र कता गइरहेको भन्ने पत्तै हुन छाड्यो । आफ्नो नजरमा आफैं हराएको जस्तो । त्यहीबेला उनलाई नेपालबाट बा-आमाको खबर आयो, ‘हामी बूढा-बूढी यहाँ नराम्रोसँग बिरामी पर्यौं ।’ उनका बुवा हुन्, चर्चित हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ । बुवालाई पार्किन्सन र आमालाई क्यान्सर भएको थियो । दुवै रोग दीर्घकालीन असर पारिराख्ने । आमाको समस्या त अझ कडा प्रकारको थियो । पाँच वर्षअघिको त्यो पारिवारिक ‘भूकम्प’ ले अमेरिकामा यमनलाई तीव्र झट्का दियो । मदनकृष्णले छोरालाई सोधे, ‘तँलाई आमा ठूलो कि अमेरिका ठूलो ?’ उनको मनमा अरु कुरा केही थिएन पनि, ‘पक्कै पनि ड्याडी-ममी ठूलो ।’ सन्तानको नाममा यमन र एक छोरी मात्र भएकाले रोगले गाँजेको बेला बा-आमालाई सहाराको खोजी हुनु स्वाभाविकै थियो । यमन पनि उता दिक्क थिए, नेपालमा आफ्नो घर-परिवार हुँदाहुँदै विदेशमा बनिबनाउ नाताहरुमा चित्त बुझाएर बस्नुपर्दा । उनी केही समयमै देश फर्किए । नेपालमा रहँदा, अमेरिका बस्दा र त्यहाँबाट फर्केपछि पनि यमन सधैं गीत-संगीत र अभिनयकै दुनियाँमा रमाउँदै आए । त्यसमा पनि पिता मदनकृष्णकै पथ पछ्याउँदै आफ्नो काममा हास्य रस मिसाउने गरेका छन् । हरदम रमाइलो गर्ने, रमाइलो सोच्ने र अरुहरुलाई पनि रमाइलो बाँड्ने यी पिता-पुत्रले घरमा पनि रमाइलो माहौल बनाउने गरेका छन् । कहिले गीत गाउँछन्, कहिले छलफल गर्छन् । पछिल्लो समय भने जटिल रोगले पीडा थपिदिएपछि त्यो रमाइलो सिलसिला तोडिए झैं भयो । घरको वातावरणमा हाँसोको हरियाली हरायो । ‘मैले कलाकारिता यात्रामा खासै पीडा भोग्नुपरेको छैन’, यमन भन्छन्, ‘मेरो लागि सबभन्दा ठूलो पीडा भनेकै ड्याडी-ममी बिरामी भएको अहिलेको अवस्था हो ।’ तर, सुरुमा यो अप्रत्याशित कुराले गाह्रो भए पनि अहिले परिस्थितिको सामना गर्ने र व्यवस्थापन गर्दै जाने क्रममा परिवार अभ्यस्त हुँदै गएको छ । पीर आफ्नो ठाउँमा भए पनि सामना गर्नतिर लाग्दा समय सामान्य रुपमा बितिरहेको हुन्छ । ००० अमेरिकाबाट फर्किएपछि कहाँ के गर्ने भनेर यमनलाई निकै सकस पर्यो । एमबीए पढे पनि एउटा कोठामा ‘बन्दी’ भएर जागिरे जीवन बिताउन उनलाई मञ्जुर थिएन । नयाँ ठाउँमा निश्फिक्री घुम्दै हिँड्ने मन थियो उनको । त्यसमा पनि सानैदेखि कलाकारिता र संगीतमै मन बसेकाले त्योभन्दा बाहिर सोच थिएन । त्यतिबेला टेलिभिजनमा विभिन्न हास्य टेलिशृंखलाको चकाचौध थियो । उनले विभिन्न टिमसँग आफू पनि अभिनयमा इच्छुक रहेको कुरा राखे । तर, कसैले पत्याएनन् । अनेक कुरा गरेर अलमल गरिरहे । यस्तैमा दुई वर्ष बित्यो । यसै क्रममा केदार घिमिरे ‘माग्नेबूढा’ ले उनलाई हास्य सिरियल ‘खिचडी’ को लागि शीर्ष गीत बनाइदिन प्रस्ताव गरे । नेपालीहरुको खासखुसे प्रवृत्तिबारे व्यङ्ग्य गरिएको यमनको कुनै बेलाको गीत ‘मुख र कान भेट भो कि’ बाट प्रभावित भएर केदारले नयाँ गीत बनाउन लगाएका थिए । गीत बनाउने क्रममा यमनले टेलिफिल्ममा खेल्ने समेत इच्छा देखाए । यसपालि उनले निराश हुनु परेन । अनेकतिर धाए पनि केदारसँग गएर मन मिल्यो । ‘खिचडी’ केही भाग बनेपछि केदारले अर्को सिरियल पनि सुरु गर्ने भए । नाम राखियो, ‘खासखुस’ । यसमा त उनको भूमिका अझ बढ्यो, उनी कथा/संवाद लेखक भए । खासखुसको कथा उनी र केदार मिलेर लेख्छन् । ‘मदनकृष्णको छोरा भएको हिसाबमा मैले कहीँ पनि सजिलै ठाउँ पाउँथेँ होला नि, तर आफैंले गर्नुपर्यो । आफ्नै प्रयासमा गरेको काममा छुट्टै खुसी छ’, उनले खुसी साटे । खासखुसको सुरुका केही भाग टीभीमा देखिए पनि अहिले यो सिरियल युट्युबमा हेर्न सकिन्छ । अहिलेसम्म ५० इपिसोड बनिसक्दा देश-विदेशमा रहेका दर्शकबाट पाइरहेको मायाबाट यमन निकै खुसी देखिन्छन् । खास दर्शक विदेशमा बस्ने नेपालीहरु छन् । सिरियलमा उनी ‘मन माड्साब’ बनेर देखा पर्छन् । जो पढाउने माड्साब नभई गाउँमा अलि जान्ने-बुझ्ने व्यक्ति हुन् । ‘जान्ने-बुझ्ने जस्तो देखिए पनि उसले सधैं दुःख पाइरहेको हुन्छ । त्यही हेर्दा मान्छेहरुलाई हाँसो उठ्दो रहेछ’, अरुको दुःखमा रमाइलो मान्ने आम मानवीय प्रवृत्तितर्फ उनी संकेत गर्छन् । पछिल्लो समय टेलिभिजन च्यानलका साथै युट्युबमा हास्य सिरियलहरुको लहर नै चलेको छ । कुनै समसामयिक राजनीतिक विषयमा त कुनै सदाबहार सामाजिक विषयमा बनाइएका छन् । बनिरहेका सिरियलहरुको मूल्यांकन गर्न आग्रह गर्दा उनले सादगी झल्काउँदै स्विकारे, ‘मैले जजमेन्ट के गर्नु, म आफैं त सिकारु छु ।’ ००० प्रख्यात हास्य कलाकार जोडी महमध्येको एक मदनकृष्णको छोरा हुँदा उनले यसको लाभ र हानि दुवै पाटो झेलेका छन् । सकारात्मक र नकारात्मक दुवै अनुभव सँगालेका छन् । मुख्य कुरा त उही क्षेत्रमा काम गर्दा जतिसुकै राम्रो गरे पनि हस्तीको छायामा परेर आफ्नो पहिचान नै हराउँछ । उनको भोगाइ योभन्दा पनि फरक छ । एक जमानामा उनी गीतहरु लेखेर संगीत भरेर गाउँथे । मह सञ्चारको टेलिफिल्महरुमा पनि गीत लेखे । ती सबैमा मान्छेहरु टिप्पणी गर्थे, मदनकृष्णले नै लेख्देको र गर्देको होला ! आफूले गरेको काममा जस जति सबै बुवालाई मात्र दिँदा उनलाई दिक्क लाग्थ्यो । अहिले भने उनलाई त्यस्तो नरमाइलो लाग्न छोडेको छ । ‘मान्छेहरुले मदनकृष्णको छोरामा सीमित गरेर चिन्दा पनि मलाई समस्या लाग्दैन, बरु खुसी लाग्छ’, उनी भन्छन् । ‘खासखुस’ मा पनि युट्युबमा दर्शकको थरीथरी कमेन्टहरु आइरहेका हुन्छन् । कसैले कतिले केही थाहा नपाई यत्तिकै हेर्छन्, कतिपयले मदनकृष्णको छोरा भनेर चिन्छन् । कति जनाले चाहिँ त्यस्तो महसुर कलाकारको छोरा भएपछि अभिनय त रगतमै भइहाल्छ नि पनि भन्छन् । उनको स्वर र हाउभाउमा पनि मदनकृष्णको छाप भेटिन्छ । घरैमा दिग्गज कलाकार हुँदा यमनले यसको फाइदा पनि देखेका छन् । आफूले गर्दै आएका काममा बुवाको सरसल्लाह लिने गर्छन् । ‘खासखुस’ को कथा लेख्दा सुरुवाती समयमा सरसल्लाह लिन्थे । पछिल्लो समयमा सिरियल देखाउँछन् मात्र । सिरियल हेरेर मदनकृष्णले कहिले अनुहार उज्यालो बनाउँछन् त कहिले नाक खुम्च्याउँछन् । छोराले पनि बुवाले पछिल्लो समय लेखिसकेर सम्पादनको चरणमा रहेको आत्मकथा पढेर प्रतिक्रिया दिने गर्छन् । मान्छेहरुले बुवासँग जोडेर आफ्नो सिर्जनशीलतामा शंका गरे पनि यमनले आफ्नो कलाकर्म आफ्नै पौरखमा अघि बढाउँदै आएका छन् । ०४२ सालतिर १०/११ वर्षकै उमेरमा बाल नाटक प्रतियोगितामा उत्कृष्ट अभिनयको पुरस्कार पाएका उनले त्यसपछिका दिनमा कतै भनसुन गरिदिन बुवालाई कुनै आग्रह गरेनन् । फलस्वरुप कतै अवसर पनि पाएनन् । ‘कला क्षेत्रमा कहिले पनि ड्याडीको ज्याक लगाइएन’, उनले इमानदारी देखाए, ‘बरु कहिलेकाहीँ ड्याडीलाई लिएर सरकारी कार्यालयहरुमा जाँदा एकैछिनमा काम भएका उदाहरणहरु छन् ।’ हुन्छ के भने, कार्यालयमा गएर मदनकृष्ण लाइनमा अरु सेवाग्राहीसँगै बसिरहेका हुन्छन्, कर्मचारीहरुले उनलाई ससम्मान भित्रै लगेर कामहरु झटपट पार लगाइदिँदा रहेछन् । त्यस्तो बेला छोरा यमनलाई काम छिटो भएकोमा एकातिर खुसी लागे पनि सिस्टम मिचेर काम लिएकोमा दुःख लाग्दो रहेछ । राज्यको नियममा सबै समान हुनुपर्ने उनको धारण छ, ‘व्यक्तिविशेषलाई प्राथमिकता नदिई सरकारले सबैलाई समान रुपमा सेवा दिए हुन्थ्यो जस्तो लाग्छ । तर, नेपालमा त्यस्तो छैन ।’ ००० सानोमा नाटकहरु लेख्दै, खेल्दै आए पनि समय क्रममा पछि गीत लेखनमा यमनको रस बस्यो । तर, उनले मनले खाएको गीत बनाउन पाएनन् । उनको चाहना हुन्थ्यो लभ सङ बनाउने । तर, घरमा गुनगुनाउन र सुनाउन संकोच लाग्ने भएपछि उनले मनको इच्छा मनमै मारे । संगीतको तलतल बुवाकै शैलीमा कमेडी गीतहरु गाउँदै पूरा गर्न थाले । संगीतमै एउटा शैली बनाएकोले उनले मह सञ्चारको कार्यक्रम र गाईजात्रे महोत्सवमा रमाइलो गायन पस्किने गरेका छन् । उनले संगीतको औपचारिक अध्ययन गरेका छैनन् । एक जमानामा संगीतकार राम थापाको ‘गितार कर्ड्स’ नामक किताब पढेर गिटार बजाउन सिकेका थिए । गीत कम्पोज गर्नुका साथै उनले आफ्ना गीतहरु आफैं एरेन्ज पनि गरेका छन् । आफ्नो एकल कम्पोजमा दीप श्रेष्ठ, सुक्मित गुरुङ, कुमार कान्छा जस्ता गायक-गायिकालाई समेटेर उनले ‘नौलो बस्ती’ नामक एल्बम पनि निकालेका थिए । मह सञ्चारका ‘फिफ्टी फिफ्टी’, ‘विष’ जस्ता टेलिफिल्महरुमा अभिनय गरेका यमनले मह जोडीको चलचित्रमा संगीत पनि दिएका छन् । चलचित्र ‘फिलिम’ को ‘कहिले कृष्ण कहिले मोहन कहिले गिरिधर’ र ‘दैव हरे के गर्नु’, नलिना चित्रकारले गाएको ‘गोली काली सानी मोरी’ गीत उनले कम्पोज गरेकामध्ये याद गरिने गीतहरु हुन् । गीत कम्पोज गर्नुका साथै उनले रमाइलो शैलीका गीत पनि गाएका छन् । आफूलाई कम्पोजर र गायक दुवै मान्छन् । अभिनयसँगै संगीतलाई पनि निरन्तरता दिने उनको सोच छ । उनी योजना बनाएर हिँड्ने व्यवस्थित मनुवा होइनन् । अहिले कसरी खुसी हुने भन्ने सोचेर काम गर्छन् । जिन्दगीमा उनको आफ्नै मन्त्र छ, ‘मान्छे खुसी भएर बाँच्नुपर्यो । सपना देख्नु चाहिँ पर्छ, तर ठूल्ठूलो सपनाले मान्छेलाई दुःखी बनाउँछ । मेरो ठूलो सपना भनेकै कसरी खुसी हुने भन्ने हो ।’ पर्दामा हाँसेको र अरुलाई हँसाएको देखिए पनि कलाकारको जीवनमा पनि अनेक परिस्थिति आउँछ । अन्नपानीको शरीरमा उतारचढाव आइरहन्छ । त्यस्तो बेला आत्तिनुको साटो उज्यालो पाटो खोजेर मन बलियो पार्छन् यमन । पाँच वर्षअघि बुवा-आमालाई जटिल रोगले च्यापेको थाहा पाउँदा उनले आफूलाई यसैगरी थामथुम पारे । आफ्नो हँसखुम जीवनको राज खोले, ‘हामी आफ्नो जिन्दगीको ड्राइभर आफैं हो अर्थात् जस्तो सोच्यो त्यस्तै हुन्छ । खुसी हुनु भनेको पनि कुनै कुरा सिक्नु जस्तै एउटा कला हो । जुन कला जान्न सकिन्छ ।’ यति भनेर उनी पिताकै झल्को दिने गरी मुस्कुराए । http://www.onlinekhabar.com/20...
ktmpost · Apr 27, 2017 9:36 AM · 26,984 views
Kina farkey bhanda pani kina aaye bhannay acha mma cha..
sidaNepali · Apr 27, 2017 11:07 AM
tirsuli ko maccha khana maan lagera farkeko re.
mancini · Apr 27, 2017 11:17 AM
People aren't happy in the USA so he must have gone back to seek happiness. If you can find happiness back in your country, why not. Last edited: 30-Apr-17 05:05 AM
sazdbaz · Apr 30, 2017 5:00 AM
यो लेख व्यक्तिगत बिज्ञापन हो अनि शिर्सक " फर्केर के गरे " भन्ने राखेको भए बेस हुन्थ्यो | छाट काट र टास गर्ने हरुलाई टास्न पाए पुग्यो | सबै भन्दा पहिले प्रश्न खनिएको थियो : वाह यिनले पनि पैत्रिक सिन्गासन सजिलै हासिल गरेछन अनि बिज्ञापन पढ्दा किम इल सुंग नै हुन् कि जस्तो लाग्यो ? मेरो व्यक्तिगत सोच मात्रै हो है ! अर्को कुरा लाखौ लाख नेपालि बिदेसिएका छन् तिनमा खाडि मुलुकमा जाने हरुको पर्दैनन् किनकि यिनी हरु काम गर्न गएका र घर फर्कनु अनिवार्य हुन्छ | यो मेरो फस्ट कजन सित जोडिएको कथा : उनि IEEE को कन्फरेन्स मा आएका थिए उनले आफ्ना कालिग र घर परवारलाई मा फर्किन् भनि आएका रहेछन , यिनले चै किन फर्कनु पर्यो भनि बताए ठिक हुन्छ | तर यीनले हामीलाई भनेर अमेरिका छिरेका होइनन अनि किन फर्किए भनेर जानु पर्ने बिसय पनि होइन र हारो चासो को बिसय पनि होईन | नेपाल किन फर्किए भन्दा पनि फर्किए पछि बाउको बिडो थाम्न सफल भए भन्ने भएको भए के के गरेछन भनि पुरै लेख पडीन्थ्यो कि ?
Magorkhe1 · Apr 30, 2017 7:12 AM
America bata kina farke madam kirsna ko chora matra hoina America bata kina farkenaan hari banda ka chOra ..
prita7 · Apr 30, 2017 11:57 AM
Kathmandu ma ghar huney, bau bajay ko ijjat power huney haru farkanchan
sidaNepali · May 1, 2017 5:54 AM
Madan Krishna ko chora ko bau pani last time performance garera farkekaa thiye. Tyo kuro samachar ma kina ayena?
funtush · May 1, 2017 3:08 PM
I heard they made Carores from their trip to the US last time...I hope all the best for yamen..he is a nice guy ..always have been
sidaNepali · May 1, 2017 3:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion