कुखुरी का!!! चराहरुको चिरबिर चिरबिर गहिरो निन्द्रा मा मस्त डुबेको म, चिरबिर चिरबिर अनि भाले को कुखुरी का ले झालास्य बिउझ्यैदिओ ! सिरक ले मुख छोपे, फेरी निदाउछु कि भनेर, अह कता को लग्थिओ निन्द्रा. उठ्नै ठिक होला भनेर उठे. सुतेर नै पो कॆ नै हुने हो र! २७ पुरा पुगेर २८ लागे म! लक्का जवान भएको जस्तो लाग्छ! समय पनि कति छिटो बितेको जस्तो लाग्छ. अस्ति भर्खर ६ क्लास बाट सात म जाना लागेको म जस्तो लाग्छ, सानो फुस्रो थिए सबै ले ये फुचे भनेर बोलाऊ थिए आफुलाई चै सारै रीष उथ्थिओ नाम ले बोलाए नि हुन्थियो नि. ये, साची मेरो नाम चै सम्भव. आमा ले असह्द्यै रहर गरेर राख्नु भाको रे ६ क्लास मा एउटा भुस तिघ्रे थिओ साले ले मलाई काम अरौथ्यो म आफु फुच्चे अनि त्यो चै ठुलो भएर होला सायद मोरोले सारै पेल्थिओ. भक्तपुर को कता तिर को ज्यापू हो क्यारे "थान वा" गर्दै धमकौथिओ अहिले भेटे त एक लात्ती हान्थे साला भित्ता म झुन्डेको ऐना हेरेर पो म सम्झदै रैछु. कैले कै पुरानो कुरा सम्झन नि रमाइलो हुन्छ. येसो पेट तिर हात गयो लौन नि पेट त ह्वात्तै बडेछा ओहो अब त राम्री मोरी हरु ले नहेर्ने भए हैन अलिक पेट त घटाउने पर्यो भात बेलका नखान पर्यो अब. to be continued...
madal11 · Apr 14, 2017 8:37 PM · 6,019 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion