शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ पलपल तडपाउन बताश चल्छ तिम्रो नामको तिम्रो नाम भ'का मान्छे सबै आफ्नै हुनकि जस्तो सुन्छु जब अनयसै आभाष चल्छ तिम्रै नामको राती राती सपनीमा माफी माग्दा तिम्ले अचेल बिर्सेंर पिडा मनमा भिन्नै मिठास चल्छ तिम्रै नामको जीवन रित्तो अनि आत्मा खोक्रो बनाइ गयौ मेरो जिद्दी मनमा अझै पनि बास चल्छ तिम्रै नामको - मृगतृष्णा
Mrigtrishna · Apr 6, 2017 8:46 AM · 19,072 views
ल धेरै राम्रो छ प्रस्तुति, मेरो तर्फबाट पनि एउटा सानो है त | पिडारुपी दुर्गन्धको पर्याय भा'छ जीवन आजकल त्यसै बीच कहिलेकाहिँ सुवाश चल्छ तिम्रै नामको Last edited: 06-Apr-17 01:16 PM
Altijdgoede · Apr 6, 2017 1:15 PM
मलाई त यतीनै काफी भो प्रभु- "शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको" दरो गयो हजुर दरो..........
Public · Apr 6, 2017 5:18 PM
मिठो गजल लिएर आउनु भो मृगतृष्णा जी . एक शेर मैले पनि यहि खेतमा चराउने अनुमति चाहें, हापेको एउटा सानो हात न रहेछु म त माया ठुलो खालमा तास चल्छ तिम्रै नामको Last edited: 11-Apr-17 10:39 AM
ThahaChaena · Apr 10, 2017 12:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion