२१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेको छ । तर, विमानस्थलभित्र नै चितुवा हराएको छ । विमानस्थल प्रहरीका अनुसार विमानस्थलमा चितुवा देखिएपछि अहिले तीब्र खोजी भइरहेको छ । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् । जिल्ला वन कार्यालयका प्रतिनिधि पनि विमानस्थल पुग्दैछन् । सुरुमा रन-वे क्षेत्र नजिकैको पानी छिर्ने ड्रेनमै देखिएको चितुवा अहिले कहाँ पुग्यो भन्ने अन्योल छ । चितुवा छिरेपछि विमानस्थलको उडान-अवतरण आधा घण्टा प्रभावित भएको थियो । सबा ८ बजे विमानस्थलमा देखिएको चितुवा हराएको क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ । विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ । पटक-पटक विमानस्थलमा जंगली जनावर छिर्ने गरेका ेछ । चराले पनि विमानस्थलमा अवरोध गर्ने गरेको छ । यस्ता जनावर नियनत्रण गर्न विमानस्थलले शिकारीको ब्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । यसैका कारण विमानस्थलको ब्यवस्थापनका कारण विमानहरुले जोखिम बेहोर्नुपर्ने अवस्था छ । http://www.onlinekhabar.com/20...
ktmpost · Apr 3, 2017 8:37 AM · 1,231 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion