एकजना ‘बाहुन’ले चुनाव हुन नदिने रे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओलीले भने- एकजना ‘बाहुन’ले चुनाव हुन नदिने रे ! 'कांग्रेस आफू हार्ने स्थानमा चुनाव हुन नदिने प्रपञ्च रच्दैछ' सन्देश श्रेष्ठ  १८ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ । ओलीले १९ वर्षपछि हुन लागेको निर्वाचन असफल पार्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनले निर्वाचन हुन नदिन देशी बिदेशी शक्तिहरु लागेको बताएपनि कुन शक्ति भनेर खुलाएनन् ।एमाले कास्कीले शुक्रबार पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ।’ कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने प्रयास गरिरहेको पनि आरोप लगाए । संविधान संशोधनको बिरोध गर्दै ओलीले कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने अडान दोहोर्‍याए । उनले भने, ‘कसैको निगाहमा उसलाई खुशी पार्न हुने संशोधन स्वीकार्य छैन ।’ ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन छन्, उनले चुनाव हुन्न दिन्न रे, कसैले भनेर चुनाव रोकिदैन ।’ उनले भने । केहि समययता ओली र भट्टराईबीच आरोप प्रत्यारोपको शृङखला चलिरहेको छ । यसअघि पोखराका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो । सभाका कारण करीब ३ घण्टा पोखराको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त भएको थियो । तस्वीरः उमेश पुन २०७३ चैत १८ गते २०:२१ मा प्रकाशित (२०७३ चैत १९ गते ७:४४मा अद्यावधिक गरिएको)

_____ · Apr 1, 2017 4:03 AM · 10,055 views

2 Replies

को हो त्यो बाहुन ?

NepaliBaje · Apr 1, 2017 5:00 PM

त्यो को हो ? हुन् को ? बा हुन् , बा होईनन | तेसैले को हुन् भनेर खोज्दै जादा फलानो ठाउमा बस्ने फलानो पो हो कि भनि गलफत्ती हुँदा अर्कोले सुझाब गरेछ बा हुन् बा होईनन भनि फेरी सोधाइ अधमरो हुन् पुगेछ अर्थात हो वा होईन बीच पेण्डुलम झैँ कुरा को निर्क्योल गर्न नसकिएको अबस्थामा निस्किएको कुरा हो यो बा हुन् अथवा बा होईनन | तेसैले ओलीले गरेको कुरा बा हुन् कुनै खास व्यक्ति हुन् वा होईनन छुट्याउन नसकेको अबस्थामा बा हुन् तर बा होईनन चै लुप्त हुन् गइ उनले आफुले आफैलाई सोधेका कुरा हुन एक व्यक्तिले चुनाब हुन् नदिने कुरा सुने पछि गरिएका कुरामा बा हुन् XYZ बा होईनन XYZ तर उनको प्रयास चै चुनाब रोक्नु हो | तेसैले झट्ट सुन्दा छुद्र बाचक शब्दको प्रयोग गरिएछ भनि आफ्नो जातिको प्रतिष्ठा मा घात गर्न खोजेको आरोप लगाउनु र जाति बादी नभई फलानो नै हो वा होइनन भन्न खोजेका हुन भनि निर्धक्क हुनुस अनि जातिवादी कुरा गरेको आरोप लगाई आफुलाई रिस को झोकमा न होम्नुस | बा हुन् बा होईनन , उनि स्पस्ठ छैनन् | तेसैले बा होईनन तिर बढी झुकाब राखी माथिको लेखला पुन पढी मन शान्ति मा लगाउनुस | मेरो माथा पनि थन्किएको थियो जाति बादी कुरा गर्यो भनेर तर मेरो निर्क्यौल चै ओली आफैमा स्पस्ट छईनन कि उनले ठानेको मान्छे तेही नै हो भनि तेसैले बा हुन्, बा होईनन तिर लागे |

MaGorkhe1 · Apr 2, 2017 4:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all